• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 12, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  खेलकुद

नेपाली खेलाडीहरुलाई अस्ट्रेलियामा सम्मान


सुभाय् संवाददाता May 16, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : १५ मिनेट

दोहोरो स्वर्ण पदक बिजेता मण्डेकाजी श्रेष्ठ एनआरएनएका अध्यक्ष नन्दु गुरुङबाट सम्मानित हुँदै


सिडनी/ दक्षिण एशियाली खेलकुद सागको सन् २०१९ को संस्करणमा दोहोरो स्वर्ण पदक जितेका मण्डेकाजी श्रेष्ठ लगायत अस्ट्रेलियन ओपन कराँटे प्रतियोगितामा सहभागी हुन आएका खेलाडी तथा टीम अफिसियललाई सिड्नीमा सम्मान गरिएको छ । एक औपचारिक कार्यक्रमका बीच सिटी क्षेत्रमा रहेको ३०७ पीट स्ट्रीट स्थित नमस्ते रेस्टोरेंटमा एनआरएन अस्ट्रेलिया र  स्पोर्ट्स एकेडमीले संयुक्त रूपमा आयोज़ित कार्यक्रममा मन्डेकाजी श्रेष्ठ लगायत साग खेलकुदका कास्य पदक बिजेता सुशील पौडेल , राष्ट्रिय खेलाडी शेखर श्रेष्ठ तथा टिम अफिसियल सुदिप गुरुङ्गलाई सम्मान गरिएको हो ।  ANFA Nepal को पुर्ब कोषाध्यक्ष र एथलेटिक्स संघको सचिव, फ़ुटबलर डा. राजु मानन्धर द्वारा सञ्चालित कार्यक्रममा एनआरएनए अस्ट्रेलियाका अध्यक्ष नन्द गुरूँग. एनआरएनए अस्ट्रेलियाका पुर्व कोषाध्यक्ष र प्रवक्ता डिला खरेल, एनआरएनए अस्ट्रेलिया का स्पोर्ट्स कॉर्डिनेटर प्रकाश काजी थापा, जन सम्पर्क समिति अस्ट्रेलियाका महामन्त्री रोहित खड़का, लुक्ला टीवी अस्ट्रेलियाका एमडी महेश प्रसाई (मैक्स बाबु) लगायतले स्वागत मन्तव्य राखेका थिए । मन्तव्यका क्रममा उहाँहरुले नेपालको खेलकूदको बिकाश र विदेशमा नेपालको इज़्ज़त बढ़ाऊन खेलेको भुमिकाको मुक्त कण्ठले प्रशंसा गरेका थिए ।
एनआरएनएका अध्यक्ष नन्दु गुरुङले खेलाडी देशका गहना भएको र देशको अप्ठ्यारो अवस्थामा खेलाडीहरुले देशलाई चिनाउन महत्वपूर्ण भूमिका खेलेको बताए ।
यसैगरी गत सातामात्र थिमिबाट काम तथा अध्यनको सिलसिलामा अस्ट्रेलिया बसोबास गदै आएका मध्यपुर थिमिका खेलप्रेमी दाजुभाईहरुद्वारा मध्यपुर थिमिका ख्यातिप्राप्त राष्ट्रिय कराते खेलाडी तथा सागका दोहोरो स्वर्ण पदकधारी मण्डेकाजी श्रेष्ठ सम्मान गरिएको थियो । रुपेन्द्र श्रेष्ठ को संयोजन तथा माधब श्रेष्ठको सह संयोजनमा भएको उक्त कार्यक्रममा नगद एक हजार अष्ट्रेलियन डलर सहित उनी विशेष सम्मानित भएका हुन । सम्मानित भएपश्चात पत्रकारहरुसँग कुराकानीमा अस्ट्रेलिया निवासी दाजुभाईहरुको तर्फबाट प्राप्त भएको उक्त सम्मानले आफू निक्कै खुशी भएको र खेल क्षेत्रप्रति आगामी दिनमा अझ गम्भीरताका साथ लाग्न प्रेरणा मिलेको प्रतिकृया जनाउनु भयो ।
मण्डेकाजी श्रेष्ठ (कराँते), वर्षका उत्कृष्ट पुरुष खेलाडी २०७६

मन्डेकाजी श्रेष्ठको निम्ति २०७६ साल फलिफाप सिद्ध भयो ।
उनले सागमा खेल जीवनकै उत्कृष्ट प्रदर्शन गरे । उनले १३औं सागमा दुई स्वर्ण जिते, टिम काता व इन्डिभिजुअलमा । १३ औँ सागमा नेपालको निम्ति पहिलो स्वर्ण पदक जित्ने पनि Dragonfly बने ।
त्यही वर्ष बङगलादेशमा भएको साफ च्याम्पियनसिपमा टिम कातातर्फ स्वर्ण र एकल काताय् काश्य पदक जिते । थाइल्यान्ड ओपन च्याम्पियनसिपमा सिनियर काता विधाको फाइनल खेले । च्यामिपयन हुन नसकेपनि च्याम्पियन्सीपमा मन्डेकाजी उत्कृष्ट खेलाडी घोषित भए ।
त्यसैगरी सोही वर्षको राष्ट्रिय खेलकुदको आठौं संस्करणमा पनि मन्डेकाजीं एकल कातामा स्वर्ण तथा टिम कातामा रजत पदक हात पारे । २०७६ सालमा उनले पाएको यति धेरै उपलब्धिलाई सम्मान गर्दै नेपाल खेलकुद पत्रकार संघले उनलाई यस वर्षको उत्कृष्ट पुरुष खेलाडी घोषणा गरे । यो मन्डेकाजीको खेल जीवनकै उत्कृष्ट वर्ष बनेको देखिन्छ ।  ( सम्मान कार्यक्रमका केही झलकहरु)

सम्बन्धित पोस्ट
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑