• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

अग्रिया सिंहले जिते ‘नेवाः नृत्य प्रतियोगिता २०२३’ को उपाधि

सुभाय् संवाददाता January 31, 2023 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

अग्रिया सिंह उत्कृष्ट नृत्यांगना
काठमाडौं/ काठमाडौंको बसन्तपुर क्षेत्रमा आयोजित ‘नेवाः नृत्य प्रतियोगिता २०२३’ को उपाधि अग्रिया सिंहले जितेकी छन् । नेपाल राष्ट्रिय खड्गी समाज काठमाडौं जिल्ला शाखाले काठमाडौं महानगरपालिकासँगको सहकार्यमा सम्पन्न गरेको प्रतियोगिता जित्ने सिंहलाई प्रमाण–पत्र, शिल्डसँगै नगद दस हजार प्रदान गरिएको छ ।
विभिन्न जातजातिका किशोरकिशोरीहरुको सहभागिता रहेको नृत्यको विधागत विषय भने नेपालभाषाको गीतसंगीतमा नृत्य गर्नुपर्ने रहेको थियो । नेपालभाषाको गीत ‘वांगु सिमाचाय् ह्याउंम्ह झंग’ बोलको गीतमा नृत्य प्रस्तुत गरेकी सिंहले सयभन्दा बढी प्रतियोगीहरुलाई पछाडि पार्दै एकल नृत्यतर्फको प्रतियोगिता जितेकी हुन् ।
बसन्तपुरको कुमारी घरसँगैको डबलीमा सम्पन्न भएको अन्तिम चरणको कार्यक्रम अघि भक्तपुर, कीर्तिपुर, कान्तिपुर र ललितपुर गरी चार ठाउँमा अडिसन राउन्ड भएको थियो । माघ ७ गते चारै ठाउँमा एकैचोटी सम्पन्न भएको अडिसनबाट छनोट भएका ४२ जना प्रतियोगीहरुबीच अन्तिम चरणमा प्रतिस्पर्धा हुँदा सिंहले उत्कृष्ट नृत्यांगनाको उपाधि हासिल गरेकी हुन् ।
त्यस्तै, ‘सुनां जित धाःवइ, सुनां जित काःवइ’ बोलका गीतमा नृत्य प्रस्तुत गरेकी रियाना मानन्धर दोस्रो हुँदै नगद सात हजारसहित प्रमाणपत्र र शिल्ड पाएकी छन् । त्यस्तै, तेस्रो हुने सुजाता नकर्मीलाई पाँच हजार तथा शिल्ड र अन्य दुई जना मध्ये स्वस्तिहिरा शिक्राकार र दृष्टि मानन्धरलाई सान्त्वना पुरस्कार स्वरुप दुईदुई हजार नगदसहित शिल्ड प्रदान गरिएको छ । प्रतियोगितामा उत्कृष्ट निर्णायक पुरस्कार सोहन शाही र रुमिका राईलाई दिइएको छ । पहिरणमा सुस्मा घले, अभिव्यक्तिमा सनिया शाही तथा उत्कृष्ट श्रृंगारतर्फको पुरस्कार एजस्वी प्रजापतिले हात पारे ।
राष्ट्रिय नाचघर तथा प्रज्ञा प्रतिष्ठानका निर्देशक नारायण देवी प्रधान, नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानका पूर्व कलाकार श्यामप्रसाद खड्गी, तीन दसकदेखि निरन्तर नृत्य क्षेत्रमा लाग्नुभएका भुवनदास श्रेष्ठ तथा वरिष्ठ नृत्य निर्देशक राजु शाह मुख्य निर्णायकको भूमिका थिए । त्यस्तै, अमरराज शर्मा राजोपाध्याय, बालकृष्ण बंशी, जुगल डंगोल तथा गोबिन्द ह्युमतले पनि नृत्यको मूल्यांकन गरेका थिए ।
विभिन्न ठाउँ कान्तिपुर, ललितपुर ,कीर्तिपुर,भक्तपुरमा माघ ७ गते शनिबार अडिसन सम्पन्न भएको थियो ।

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑