• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

सनसनीपूर्ण फाइनल खेल – अर्जेन्टिना वर्ल्ड कप हात पार्न सफल


सुभाय् संवाददाता December 19, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ९ मिनेट

-मेस्सीलाई गोल्डन बल, एम्बाप्पेलाई गोल्डन बुट गोल्डेन ग्लोब एमी मार्टिनेजलाई                                                            -किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी
सनसनीपूर्ण खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिनाले तेस्रोपटक विश्वपको उपाधि जितेको छ । फ्रान्सका किंग्सले कोमान र औरेलियन टुअमानीले पेनाल्टीलाई अर्जेन्टिनाका गोलकिपर मार्टिनेजले छेकेदिएपछि अर्जेन्टिना ४–२ गोलअन्तरले विजयी बन्यो ।
सन् १९८६ पछि अर्जेन्टिनाले पहिलोपटक विश्वकपको उपाधि जितेको हो । त्यसअघि सन् १९७८ मा अर्जेन्टिनाले आफ्नो घरेलु मैदानमा उपाधि जितेको थियो ।
लुसेल स्टेडियममा भएको १२० मिनेटको रोमाञ्चक खेलपछि दुवै टोली ३–३ को बराबरीमा रोकिएका थिए । पहिलो हाफमा लियोनेल मेस्सी र एंखल डि मारियाको गोलको मद्दतले अर्जेन्टिनाले २ गोलको अग्रता बनाएको थियो । तर, किलियान एम्बाप्पेले दोस्रो हाफमा दुई मिनेटको अन्तरमा दुई गोल गर्दै खेल २–२ को बराबरी गरे ।
निर्धारित ९० मिनेटमा बराबरी भए पछि खेल अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा १०८ औँ मिनेटमा मेस्सीले पुनः अर्जेन्टिनालाई अग्रता दिलाए पनि एम्बाप्पेले पेनाल्टीमार्फत ह्याट्रिक गर्दै खेल ३–३ को बराबरीमा पुर्‍याएका थिए । त्यसपछि कुनै गोल हुनसकेन र खेल पेनाल्टीमा पुगेको थियो ।                                फ्रान्सले उपाधि जित्न नसकेपनि  खेलमा ह्याटि्रक गरेका फ्रान्सकाअ एमबापेले दर्शकको मन जित्न भने सफल भए ।
मेस्सीलाई गोल्डन बल, एम्बाप्पेलाई गोल्डन बुट गोल्डेन ग्लोब एमी मार्टिनेजलाई
विश्वविजेता अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सीले गोल्डन बलको अवार्ड हात पारेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी बन्दै उनले यो अवार्ड हात पारेका हुन् । मेस्सीले यो अवार्ड जितेको दोस्रो अवसर हो । सन् २०१४ को विश्वकपमा अर्जेन्टिना उपविजेता बन्दा पनि मेस्सीले यो अवार्ड जितेका थिए ।
विश्वकपमा आठ गोल गर्दै किलियान एम्बाप्पेले गोल्डन बुट जितेका छन् । फाइनल खेलमा उनले ह्याट्रिक समेत गरेका थिए । उत्कृष्ट गोलकिपरलाई दिइने गोल्डन ग्लोबको उपाधि अर्जेन्टिनाका एमी मार्टिनेजले जिते । उनले फाइनलमा फ्रान्सका दुईवटा पेनाल्टी रोक्नुका साथै खेलअवधिमा फ्रान्सका थुप्रै प्रयास विफल बनाएका थिए ।फर्नान्डेजले उदीयमान खेलाडीको उपाधि पाए ।
किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी
किलियान एम्बाप्पे विश्वकपको फाइनलमा चार गोल गर्ने पहिलो खेलाडी बनेका छन् । आइतबार राति अर्जेन्टिनाविरुद्ध ह्याट्रिक गर्दै उनले विश्वकपको फाइनलमा आफ्नो गोल संख्या चार पुर्‍याएका हुन्।
यसअघि सन् २०१८ को फाइनलमा गोल गरेका एम्बाप्पेले आजको खेलमा ८० औँ, ८१ औँ र ११८ औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेका थिए । ( समाचार फोटो साभार : एजेन्सी )

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑