• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 20, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

नेपाल संवतको नयाँ वर्ष जो आफैमा एक आन्दोलन पनि थियो


सुभाय् संवाददाता October 26, 2022 मा प्रकाशित (३ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

सुरेश किरण


आज नेपाल संवत् ११४३ कछलाथ्व पारु । अर्थात नेपाल संवत्को नयाँ वर्ष ।
विश्वमा प्रचलित विभिन्न संवत्हरू मध्ये नेपाल संवत् मात्रै एउटा यस्तो संवत् हो जसको नामाकरण आफ्नै देशको नामबाट भएको छ । देशको नामबाट संवत् चलाइएको उदाहरण विश्वमा नेपाल बाहेक अरु कहीं पनि पाइँदैन । तसर्थ यसको नामबाटै थाहा हुन्छ, यो नेपालको आफ्नै माटोमा सिर्जित यहींको धरातलीय संवत् हो ।
अहिले नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रप्रमुख, सरकार प्रमुख लगायत सबैजसो राजनीतिक दल र अन्य निकायका प्रमुखहरूले शुभकामना व्यक्त गर्ने, वक्तव्य जारी गर्ने जस्ता कार्यहरू हुने गर्दछन् । नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा आयोजना हुने कुनै पनि कार्यक्रममा सरकार र राजनीतिक पार्टीया पदाधिकारीहरू सहर्ष उपस्थिति जनाउँदछन् । यो अहिले एक ठूलो उल्लास र उत्सवको रूपमा मनाइन थालिएको छ ।
तर आजभन्दा ३३ वर्ष अघिसम्म नेपाल संवत्को नयाँ वर्ष मनाउने शैली भने यस्तो थिएन । यसको नयाँ वर्षलाई उत्सव होइन आन्दोलनको रूपमा मनाउने चलन त्यतिबेला थियो । देशमा निरंकुश पञ्चायती शासन थियो । पञ्चायती शासनले देशमा ‘एक भाषा, एक भेष’ नीति लागू गरी अरु सबै जाति, भाषा, धर्मलाई अँथ्याएको समय थियो ।
राज्यको त्यो निरंकुश नीतिका विरुद्ध बोल्ने कसैको आँट थिएन । त्यस्तो बेला नेपालभाषा मंकाः खलः नामक एक संस्थाको आयोजनामा सञ्चालन गरिने नयाँ वर्षको भिन्तुना कार्यक्रम पञ्चायती व्यवस्था विरुद्धको आन्दोलन पनि बन्दै जान थालेको थियो ।
पहिले पहिले नेपाल संवतको नयाँ वर्ष कार्यक्रम कुनै स्कुलको बन्द कोठामा मात्रै मनाइने गरिन्थ्यो । नेपाल संवत् ११०० अर्थात आजभन्दा ४३ वर्षअघि मंकाः खलःले पहिलोपटक सार्वजनिक ¥याली सहित भिन्तुना कार्यक्रम आयोजना गर्न थालेको थियो । तत्कालीन सरकारले यसको लागि कुनै अनुमति दिएको थिएन । त्यसैले नयाँ वर्षको भिन्तुना कार्यक्रम आयोजना गर्दा हरेक वर्ष प्रशासनको हस्तक्षेप हुने गर्दथ्यो । आयोजकहरू पक्राउ पर्दथे ।
मंकाः खलःका तत्कालीन अध्यक्ष पद्मरत्न तुलाधर भिन्तुना कार्यक्रम आयोजना गरेकै कारण थुप्रै पटक प्रहरी हिरासतमा पर्नुभयो । जनकवि दुर्गालाल श्रेष्ठ, अगुवा मल्ल के. सुन्दरले धेरै पटक प्रशासनको धम्की खेप्नुपर्यो ।
पञ्चायतकालमा राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए । नेताहरू भूमिगत हुनुहुन्थ्यो । सत्ताको कडा दमनका कारण पार्टीहरूले भेला गर्ने, र्याली निकाल्ने जस्ता काम गर्नु असम्भव जस्तै थियो । त्यसैले राजनीतिक दलका भूमिगत नेता एवं कार्यकर्ताहरू पनि भिन्तुना कार्यक्रममै सहभागी भई राज्यद्वारा सञ्चालित विभेद र असमानता विरुद्ध आवाज उठाउने गर्दथे ।
नयाँ वर्षको उपलक्ष्यमा गरिने ¥याली तथा सभाहरूमा नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिनुपर्ने माग गरिन्थ्यो । पञ्चायती व्यवस्थाले आफूलाई राष्ट्रवादी दावी गरे पनि नेपाल देशकै नाममा स्थापित नेपाल संवत्लाई भने वेवास्ता गरेकाले यो राष्ट्रवादी व्यवस्था होइन भनेर आरोप लगाइन्थ्यो । राज्यले नेपाल संवत् मात्र होइन नेपालमा विद्यमान विभिन्न जातीय समुदायको भाषा, धर्म, संस्कृतिलाई मास्न खोजेका कारण यो फासीवादी व्यवस्था हो भनी प्रचार गरिन्थ्यो ।
यसरी पञ्चायती व्यवस्थाका विरुद्ध जनतामा जागरण सञ्चार गर्न नेपाल संवत्को भिन्तुना कार्यक्रम एउटा सांस्कृतिक आन्दोलनका रूपमा उपयोग हुँदै जान थालेको थियो ।
पञ्चायती व्यवस्थाको दमन चर्कंदै जान थालेपछि भिन्तुना ¥यालीमा ‘पञ्चायती व्यवस्था सीमा, झ्वकनीमा ! (पञ्चायती व्यवस्था मरिजाओस् !)’ भनेर समेत नारा लगाइएको थियो । यही भिन्तुनाको सांस्कृतिक र्‍याली हो जहाँ पञ्चायती व्यवस्थाको अन्त नहुन्जेल देशका सबै जाति, भाषा र धर्मले समान अधिकार उपभोग गर्न सक्ने छैन भन्दै जनतालाई जागरुक बनाउने कार्य हुने गर्दथ्यो ।
तत्कालीन पञ्चायती व्यवस्था विरुद्ध राजनीतिक रूपले प्रहार गर्ने काम भूमिगत दलहरूले गरिरहेको थियो भने गैर राजनीतिक मोर्चाबाट पञ्चायतलाई प्रहार गर्ने अघोषित फोरम यही भिन्तुना कार्यक्रम थियो ।
२०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछि भने नेपाल संवत् नयाँ वर्षको कार्यक्रममा राज्यका तर्फबाट पनि प्रतिनिधित्व हुन थालियो । २०४७ सालमा बसन्तपुरमा भएको भिन्तुना सभामा तत्कालीन अन्तरिम प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले प्रमुख अतिथिका रूपमा भाग लिनुभएको थियो । त्यसपछिका हरेक कार्यक्रमहरूमा बहालवाला प्रधानमन्त्री नै प्रमुख अतिथिका रूपमा उपस्थित हुने परम्परा शुरु हुन थाल्यो जो अहिलेसम्म पनि जारी नै छ ।
२०६२/६३ को आन्दोलनपछि जब देशमा गणतन्त्र स्थापना भयो, त्यसपछि भने बहालवाला राष्ट्रपतिले पनि भिन्तुना कार्यक्रमलाई शुभकामना व्यक्त गर्ने चलन शुरु भयो ।
यसरी नेपाल संवत् नयाँ वर्षको भिन्तुना कार्यक्रम एक सांस्कृतिक गतिविधि मात्र भए पनि यसको राजनीतिक योगदान भने अविस्मरणीय छ । देशमा प्रजातन्त्र वहाली गर्ने आन्दोलनमा समेत यसले जुन भूमिका निर्वाह गरेको थियो, त्यसलाई हरेक सरकारहरूले उच्च मूल्यांकन गर्नै पर्दछ ।                                                 (लेखक वरिष्ठ पत्रकार ,नेपाल भाषा टाइम्स दैनिकका सम्पादक हुनुहुन्छ ।) साभार : मैत्रीन्युज

सम्बन्धित पोस्ट
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    “अष्ट्रेलियामा आप्रवासनलाई नियन्त्रण गर्ने नीति केवल चुनाव जित्नकै लागि ल्याइएको हो ?”

    सुभाय् पोस्ट बिशेष

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑