• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 18, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

स्थानीयको कडा विरोधका वावजूद महानगरले भत्कायो बांगेमुढाको ‘त्वाःछेँ’, मंका: खल:द्वारा घोर भत्सर्ना


सुभाय् संवाददाता October 1, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

– तेजनारायण महर्जन
काठमाडौं / काठमाडौं महानगरपालिकाकाले बांगेमुढास्थित सार्वजनिक घर भत्काएको छ। यो घरसम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन छ। काठमाडौं महानगरपालिका–२५ बांगेमुढास्थित ‘त्वाः छें’ घर महानगरपालिकाले शुक्रबार डोजर लगाएर भत्काएको हो। वडा २५ ले बिहीबार घर खाली गर्न २४ घन्टे सूचना जारी गरेको थियो। म्याद गुज्रिएपछि शुक्रबार दिउँसो घर भत्काइएको हो।
वडाको सूचनापछि शुक्रबार बिहानैदेखि स्थानीय विरोधमा उत्रिएका थिए। तर महानगरपालिकाले प्रहरी बल लगाएर घर भत्काएको हो।
सार्वजनिक जग्गामा बनाइएको उक्त घर सम्बन्धमा वडा २५ कार्यालय र स्थानीयबीच पहिलादेखि विवाद रहिआएको छ। स्थानीयले उक्त घर सार्वजनिक नै रहनुपर्ने दाबी गर्दै आएका छन् भने वडा कार्यालयले उक्त घर रहेको जग्गामा वडा भवन बनाउने तयारी गरिरहेको छ। विवादकै क्रममा स्थानीयले सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन अवस्थामा छ। त्वाः छेँ समितिका अध्यक्ष प्राध्यापक रमेश श्रेष्ठका अनुसार अदालतमा विचाराधीन घर महानगरपालिकाले दादागिरी शैलीमा भत्काएर कानुनी राज्यको उपहास गरेको छ।
नेपालभाषा मंकाः खलःको पूर्वकार्यालय रहेको उक्त घर नेपाल जनजाति महासंघ स्थापना भएको ऐतिहासिक घर रहेको स्थानीय अस्मित मल्लले बताए। उनले काठमाडौं महानगरपालिकाकाले अदालतको आदेशलाई नै बेवास्ता गर्दै घर भत्काएको भन्दै स्थानीयले महानगरपालिका र वडा समितिविरुद्ध चाँडै नै अदालतको मानहानिसम्बन्धी मुद्दा दर्ता गर्ने बताए। वडा २५ का अध्यक्ष राजेश डंगोलले भने काठमाडौं महानगरपालिकाको नीतिअनुसार नै घर भत्काएको प्रतिक्रिया दिएका छन्। अदालतको आदेश वडा कार्यालयमा हालसम्म नआएको बताउँदै उनले लालपुर्जा र नक्सा नभएको घर भत्काउने महानगरको नीति भएको प्रस्ट पारे।( साभार )
त्वाछें बारे नेवा: क्षेत्रमा सक्रिय अमर बज्राचार्य लेख्छ्न् :
श्री ५ को सरकार भुमि सुधार मन्त्रालय नापि विभागबाट २०४४ सालमा साविक कामपा वडानं २८ हाल वडानं २५ कि. नं. ५९४ त्वाःछेँ ( सामुदायिक भवन ) कायम भइसकेको तर बिना प्रमाण स्थानिय वासिन्दाहरूको बिरोध बावजूद कानुन विपरित महानगर पालिकाले जवर्जस्ती भत्काएकोले अब कानुनी राज्यको प्रत्याभूति गर्न जनतालाई श्री ५ को सरकारको आवश्यकता महसुस महानगर पालिकाले गराई दिएको हो त ???                                          समुदायको जग्गामा स्थानीय समुदायले सामुहिक रूपमा चन्दा संकलन गरेर बनाएको यो त्वा:छें अर्थात टोलबासीको सामुहिक घर नेपालको आदिवासी जनजाति आन्दोलन मातृभाषा आन्दोलन  र नेवा: आन्दोलनको इतिहास बोकेको घर हो ।यसलाई भत्काउनु भनेको स्थानीय नेवा: समुदायको आस्था भत्काउने प्रयास गरेको सरह हो भनी एक स्थानीयले बताए । यस भवनको निर्माणको शिलापत्र पनि प्रमाणको रूपमा रहेको छ ।                          यसैबीच नेपाल भाषा मंका: खल:ले प्रेस बक्तब्य जारी गर्दै त्वा:छें भत्काएको कार्यप्रति क्षोभ प्रकट गर्दै घोर भत्सर्ना गरेको छ । यसमा मंका: खल:का मेयर बालेनको प्रशंसा गर्दै कविता लेख्नुभएका अध्यक्ष जनकवि दुर्गालाल श्रेष्ठको हस्ताक्षर रहेको छ ।

सम्बन्धित पोस्ट
  • लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    लिपिविद् श्यामसुन्दर राजवंशीको नजरमा चार महत्वपूर्ण शिलालेख

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑