• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 14, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

काठमाडौं महानगर सहज स्वास्थ्य उपचारका लागि प्रतिवद्ध – मेयर

सुभाय् संवाददाता January 31, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं/ काठमाडौं महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ । आज अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गर्नुभएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले उपचार नपाएर मानवीय क्षति नहोस् भनेर महानगरले स्वास्थ्य सेवामा लगानी बढाएको बताउदै बढ्दो कोभिड जोखिमका कारण काठमाडौं महानगर महानगरबासीसँगै सबै देशबासीको सहज स्वास्थ्य उपचारका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
त्यस क्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सकारात्मक परिणाम देखिन थालेको भन्दै महानगरको तर्फबाट भएको सहयोगबाट शिक्षण अस्पतालमा आउने विरामीले तत्काल सेवा पाउने विस्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ , त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा. डा. दिव्यासिंह शाह , प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, स्वास्थ्य संस्था दर्ता तथा नविकरण समितिका संयोजक दीपक के. सी. सहित पदाधिकारी सहभागीता रहेको थियो ।
सिटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालविच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार अत्याधुनिक सीटी क्यान मेसिन खरिदका लागि महानगरले उपलब्ध गराएको आर्थिक अनुदानबाट अस्पतालले मेसिन खरिद गरेर पुस ११ गते जडान सम्पन्न गरेको हो । फ्लास टेक्नोलोजीमा आधारित मेसिन १ सय २८ स्लाइसको छ । स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ । सम्झौतामा वेला यसको लागत करीव ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।     साभार: कान्तिपुर हटलाइन

सम्बन्धित पोस्ट
  • त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण
  • त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन
  • बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र
  • अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली करिडोर पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउने UNOPS को प्रतिबद्धता

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    सुभाय् पोस्ट बिशेष

    त्रिशूलीमा बाढीपीडित १०० परिवारलाई भिक्षु महासंघको नेतृत्वमा राहत सामग्री वितरण

    त्रिशूली बजार र ढुङ्गे बजार क्षेत्रमा बाढीका कारण ८५ जनाको ज्यान गएको पुष्टि, ४८३ परिवारलाई सुरक्षित स्थानमा व्यवस्थापन

    बाढीपछि ढुङ्गे बजार क्षेत्र ,देविघाट बजारमा सरसफाइ रहिलो र गेग्रान हटाउने काम तीव्र

    अखिल नेपाल भिक्षु महासंघको संयोजनमा बाढीपीडित क्षेत्रमा राहत वितरण

    रसुवा–भोटेकोशी बाढीमा ज्यान गुमाएकाको चीरशान्ति र सुगतिका कामनासहित लागि रास्वपा काठमाडौंको दीपदान कार्यक्रम

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑