• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 22, May, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / मुख्य समाचार

काठमाडौं महानगर सहज स्वास्थ्य उपचारका लागि प्रतिवद्ध – मेयर

सुभाय् संवाददाताJanuary 31, 2022 मा प्रकाशित (३ महिना अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं/ काठमाडौं महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताललाई अत्याधुनिक सीटी स्क्यान मेसिन प्रदान गरेको छ । आज अस्पतालमा पुगेर महानगरका मेयर विद्यासुन्दर शाक्यले अस्पतालका निमित्त कार्यकारी निर्देशक प्रा. डा. सुवासप्रसाद आचार्यलाई मेसिन खरिद गर्दाको रकम बराबरको चेक प्रदान गर्नुभएको हो ।
चेक हस्तान्तरण कार्यक्रममा बोल्दै महानगर प्रमुख शाक्यले उपचार नपाएर मानवीय क्षति नहोस् भनेर महानगरले स्वास्थ्य सेवामा लगानी बढाएको बताउदै बढ्दो कोभिड जोखिमका कारण काठमाडौं महानगर महानगरबासीसँगै सबै देशबासीको सहज स्वास्थ्य उपचारका लागि प्रतिवद्ध रहेको बताउनुभयो ।
त्यस क्रममा पूर्व उपप्रधानमन्त्री समेत रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले, महानगरले स्वास्थ्य क्षेत्रमा गरेको लगानीबाट सकारात्मक परिणाम देखिन थालेको भन्दै महानगरको तर्फबाट भएको सहयोगबाट शिक्षण अस्पतालमा आउने विरामीले तत्काल सेवा पाउने विस्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा क्रममा उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ , त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) का डिन प्रा. डा. दिव्यासिंह शाह , प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौडयाल, स्वास्थ्य संस्था दर्ता तथा नविकरण समितिका संयोजक दीपक के. सी. सहित पदाधिकारी सहभागीता रहेको थियो ।
सिटी स्क्यान मेसिन खरिद गर्न महानगर र अस्पतालविच २०७७ मंसिर ३० गते सम्झौता भएको थियो । सम्झौताअनुसार अत्याधुनिक सीटी क्यान मेसिन खरिदका लागि महानगरले उपलब्ध गराएको आर्थिक अनुदानबाट अस्पतालले मेसिन खरिद गरेर पुस ११ गते जडान सम्पन्न गरेको हो । फ्लास टेक्नोलोजीमा आधारित मेसिन १ सय २८ स्लाइसको छ । स्पेसिफिकेसनका आधारमा सार्वजनिक खरिद ऐनको प्रक्रियाबाट खरिद गरिएको मेसिनको मूल्य ६ करोड १७ लाख १६ हजार ५५७ रुपैयाँ परेको छ । सम्झौतामा वेला यसको लागत करीव ७ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको थियो ।     साभार: कान्तिपुर हटलाइन

सम्बन्धित पोस्ट
  • कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !
  • तिनतिकः महाबिकः ( बाखंचा)
  • मरु सत: चाल
  • नेवा: देय् दबूमा पवित्र बज्राचार्य
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    छगू जीवन तःहाकः लाकि चछि ?

    काष्ठमण्डपको कथा: मन्द:, सिँसत: हुँदै मरुसत:

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑