• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

काठमाडौँ महानगरपालिकाका मेयर शाक्यद्वारा कोभिड बिरुद्धको लडाइँमा सीसीएमसीले स्थानीय सरकारसँग समन्वय नगरेको आरोप !


सुभाय् संवाददाताJanuary 18, 2022 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / काठमाडौं उपत्यका कोरोनाको हटस्प्ट बन्दै गएको बेला पनि कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले स्थानीय सरकारसँग समन्वय नगरेको भन्दै काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कोभिड विरुद्धको साझा लडाईँका लागि सीसीएमसीलाई स्थानीय सरकारसँग सहकार्य र समन्वय गरी अघि बढ्न आग्रह गर्नुभएको छ ।
काठमाडौँ महानगर वडा-२३मा आयाेजित एक कार्यक्रममा सम्वाेधन गर्दै सीसीएमसीसँग उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
‘पहिलो र दोस्रो चरणको कोरोना संक्रमणका बेला सीसीएमसीले कोभिड–१९ संकट व्यवस्थापनका हरेक निर्णयमा स्थानीय सरकारसँग सल्लाह र समन्वय गर्ने गरेको थियो,’ उपत्यका नगरपालिका फोरमका अध्यक्ष समेत रहनु भएका प्रमुख शाक्यले भन्नुभयो, ‘अहिले काठमाडौँ कोरोनाको हटस्पट बनेको छ । तर, सीसीएमसीले हामीसँग समन्वय गरेको छैन ।’
उहाँले त्यसबारे गृहमन्त्रीलाई समेत जानकारी गराएको स्मरण गराउनुभयो । ‘मैले गृहमन्त्रीज्युलाई संघीय सरकारले हामीलाई उपेक्षा गरेको हो कि भन्ने विषयमा जानकारी गराएको छु,’ उहाँले भन्नुभयो, ‘स्थानीय सरकार जनताको घरदैलोको सरकार हो । संघीय सरकारले गरेका सबै निर्णय कार्यान्वयन गर्ने थलो भनेको स्थानीय सरकार हो । त्यसैले संघीय सरकारले हामीसँग समन्वय र सहकार्य गरेर अघि बढेको खण्डमा कोरोना रोकथाम र नियन्त्रणका लागि प्रभावकारी काम गरेर अघि बढ्न सकिन्छ ।’ प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले अघिल्लो पटक निशुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गरेको र यो पटक पनि आवश्यक परेको खण्डमा तयारी अवस्थामा रहेको बताउनुभयो । “हामीले त्यसका लागि गृहमन्त्रीज्यु, विभिन्न अस्पताल र नेपाली सेनासँग छलफल गरेका छौँ,’ उहाँले भन्नुभयो, ‘हामीले नेपाली सेना र अस्पतालहरुलाई तयारी अवस्थामा रहन भनेका छौँ । हामी पनि तयारी अवस्थामा छौँ । आवश्यक पर्यो भने तुरुन्तै निशुल्क आइसोलेशन र क्वारेन्टीनहरु सञ्चालन गर्न सक्छौँ ।’
शाक्यले नेपाल मात्रै होइन अहिले विश्व नै कोरोनाको तेस्रो लहरले आक्रान्त बनेको स्मरण गराउनुभयो । ‘अहिले मुख्य गरेर काठमाडौँ उपत्यका ओमिक्रोनका रुपमा कोरोनाको तेस्रो लहरले बढी प्रभावित छ,’ उहाँले भन्नुभयो, ‘ घना वस्ती भएको ठाउँ भएका कारण यहाँका वासिन्दा स्वाभाविक रुपमा बढी प्रभावित छन् । यो बढी संक्रामक भएकाले छिटै संक्रमण फैलिन सक्ने भएकाले सबैलाई सतर्क रहन पनि म अपिल गर्छु ।’
उहाँले प्रदेश, स्थानीय र केन्द्र सरकारले पटक–पटक सतर्क रहन अपिल गरे पनि आम मानिसले भने कोरोना केही होइन भन्दै अलिक बढी नै लापरवाही गरेको जस्तो देखिएको बताउनुभयो ।
‘अहिले कोरोना संक्रमण दर बढिरहेको अवस्थामा म पुनः काठमाडौँ महानगरवासी र उपत्यकावासीलाई बढी हेलचेक्रयाइँ नगरौँ भन्ने अपिल गर्न चाहन्छु,’ शाक्यले भन्नुभयो, ‘हामी स्वयंले सावधानी अपनाउने हो भने बढ्दो संक्रमण दरलाई कम गर्न सकिन्छ । हामीले रोग लाग्नु भन्दा पनि रोग नै लाग्न नदिने वातावरण निर्माण गर्नुपर्छ ।’
विगतको अनुभवले जति बढी लापरवाही भयो त्यति नै बढी मानवीय क्षति भएको देखाएको उहाँले स्मरण गराउनुभयो । ‘विश्व स्वस्थ्य संगठनको मान्यता अनुसार संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जारी गरेका मापदण्ड पालना गर्दै सचेत र सतर्क रहन पनि म अपिल गर्छु,’ उहाँले भन्नुभयो, ‘यसो भयो भने हामीले धेरै हदसम्म मानवीय क्षति कम गर्न सक्छौँ र आफू पनि बच्न सक्छौँ ।’
उहाँले भोलिका दिनमा कुनै पनि आवश्यकता पर्यो भने काठमाडौँ महानगरपालिका भित्रका अस्पतालहरुसँग सहकार्य गरेर हिजोका दिनमा जस्तै अघि बढ्न महानगरपालिका तयार रहेको पनि उहाँले बताउनुभयो । ‘त्यसका लागि ती अस्पतालका केही आवश्यकता पूरा गर्दै क्षमतावृद्धि गरी कोरोनाविरुद्ध लड्ने कार्यमा आर्थिक–भौतिक सहयोग गर्न महानगरपालिका तयार छ,’ उहाँले भन्नुभयो, ‘त्योसँगै त्यहाँ कार्यरत नर्स–डाक्टरहरुको मनोवल बढाउन पनि महानरपालिका तयार छ । त्यसका लागि महानगरपालिकाको स्वास्थ्य विभागलाई तयारी अवस्थामा रहन निर्देशन दिइसकेको अवस्था छ ।
महानगरवासीलाई थप केही जटिल भयो भने महानगरपालिकाका ३२ वटै वडामा सञ्चालित स्वास्थ्य क्लीनिक र स्वास्थ्य विभागमा सम्पर्क गर्न पनि अपिल र्गछु ।’ उहाँले संघीय सरकारको निर्देशन र मापदण्ड अनुसार महानगरपालिका क्षेत्रभित्रका अग्रपङ्क्तिमा खटिएका, जेष्ठ नागरिकलगायतका लागि खोपको तेस्रो मात्रा पनि महानगरले व्यवस्थापन गरेको भन्दै खोप लगाउन अपिल गर्नुभयो ।

मेट्रोन्यूजको समाचार  सहयोगमा

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑