• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / सुभाय् पोस्ट बिशेष

रमेश महर्जनको निधन अपूरणीय क्षति-विवेकशील साझा पार्टी

सुभाय् संवाददाताOctober 20, 2021 मा प्रकाशित (८ महिना अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

काठमाडौं / विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको छ। पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उहाँको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ। केन्द्रीय सदस्य महर्जनको निधनले अपूरणीय क्षति भएको भन्दै उक्त पार्टीले एक शोक वक्तव्य पनि जारी गरेको छ ।
२०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय हुनुहुन्थ्यो। गत स्थानीय तहको निर्वाचनमा उहाँले पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको नगर प्रमुख (मेयर) का लागि प्रतिस्पर्धा गरि सम्मानजनक मत प्राप्त गर्नुभएको थियो।२०७२ सालको महा-भूकम्पपछि उहाँले पाटनमा नेवा: वास्तुकलामा आधारित “पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना” अन्तर्गत लगभग १०० वटा घरहरूको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गर्नुभएको थियो, जसको चौतर्फी प्रशंसा भएको थियो।नेपाल सुनचाँदी तथा आभूषण महासंघका अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष रहेका सफल व्यवसायी महर्जन डेढ दर्जन भन्दा बढी सामाजिक तथा व्यावसायिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा   सक्रिय हुनुहुन्थ्यो।                                                                                                                                                                                                                                                        उहाँ नेपालामण्डल टेलिभिजनका अध्यक्ष पनि हुनुहुन्थ्यो । नेपाल संवत न्हूदँ राष्टृय समारोह समितिका उहाँ पूर्व अध्यक्ष हुनुहुन्थ्यो ।                                                              महर्जनको असामयिक निधन पार्टीका लागि मात्र नभएर देशकै लागि अपूरणीय क्षति हो। विवेकशील साझा पार्टी उहाँको निधनले परेको चोट सहन गर्ने शक्ति मिलोस् भन्ने कामना सहित शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ  भनी शोकपत्रमा लेखिएको छ ।

  • शोक वक्तव्य
    रमेश महर्जनको निधन अपूरणीय क्षति

    विवेकशील साझा पार्टीका केन्द्रीय सदस्य रमेश महर्जनको असामयिक निधनबाट सिङ्गो पार्टी पङ्क्ति स्तब्ध र मर्माहत भएको छ। पार्टीको आज बिहान बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले उहाँको निधन प्रति गहिरो दुःख प्रकट गर्दै शोक प्रस्ताव पारित गरेको छ।
    एक साताअघि कोभिड-१९ संक्रमण भएपछि ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा महर्जनको हिजो सोमबार अपराह्न निधन भएको हो।
    २०७४ सालमा तत्कालीन साझा पार्टी स्थापना हुँदा संस्थापक केन्द्रीय सदस्य रहेका महर्जन हाल विवेकशील साझा पार्टीको केन्द्रीय सदस्य एवम् उद्यम तथा व्यवसाय विभाग प्रमुखका रूपमा सक्रिय हुनुहुन्थ्यो। गत स्थानीय तहको निर्वाचनमा उहाँले पार्टीको तर्फबाट ललितपुर महानगरपालिकाको नगर प्रमुख (मेयर) का लागि प्रतिस्पर्धा गरि सम्मानजनक मत प्राप्त गर्नुभएको थियो।
    २०७२ सालको महा-भूकम्पपछि उहाँले पाटनमा नेवा: वास्तुकलामा आधारित “पिलाछेँ पुनर्निर्माण तथा पर्यटन प्रवर्द्धन परियोजना” अन्तर्गत लगभग १०० वटा घरहरूको पुनर्निर्माणको परिकल्पना तथा नेतृत्व गर्नुभएको थियो, जसको चौतर्फी प्रशंसा भएको थियो।
    नेपाल सुनचाँदी तथा आभूषण महासंघका अध्यक्ष, नेपाल श्रीलंका चेम्बर अफ कमर्सका अध्यक्ष रहेका सफल व्यवसायी महर्जन डेढ दर्जन भन्दा बढी सामाजिक तथा व्यावसायिक संघ संस्थामा नेतृत्वदायी भूमिकामा सक्रिय हुनुहुन्थ्यो।
    महर्जनको असामयिक निधन पार्टीका लागि मात्र नभएर देशकै लागि अपूरणीय क्षति हो। विवेकशील साझा पार्टी उहाँको निधनले परेको चोट सहन गर्ने शक्ति मिलोस् भन्ने कामना सहित शोकाकुल परिवारमा हार्दिक समवेदना व्यक्त गर्दछ।
    शरदराज पाठक
    प्रवक्ता, विवेकशील साझा पार्टी

    मिति: २ कार्तिक, २०७८

सम्बन्धित पोस्ट
  • हनुमान डट कम
  • पाँच रुपैँयामा पिकनिक !
  • कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !
  • तिनतिकः महाबिकः ( बाखंचा)
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑