• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 01, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  खेलकुद

भारत आठौँ पटक च्याम्पियन, नेपाल सार्कको पावर हाउसकाे हैसियतमा


सुभाय् संवाददाता October 17, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ८ मिनेट

प्रजित शाक्य

काठमाडौँ, असोज ३० गते । दक्षिण एसियाली फुटबलमा नेपाल सँधै एक सशक्त टिमको रूपमा रहिआएको छ । त्यसैले दक्षिण एसियाली क्षेत्रको सबभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पिन्सिपलाई नेपालले सँधै आफ्नाे प्रतिष्ठाको विषय बनाएको हुन्छ । तर यो प्रतियोगिता नेपालको प्रदर्शन कहिल्यै राम्रो भएन । यद्यपि यसपटक माल्दिभ्समा भएको १३ औँ साफ च्याम्पियन्सिपमा नेपालले पहिलो पटक फाइनलमा पुगेर इतिहास बनायो । त्यसपछि नेपालसमक्ष पहिलो पटकको फाइनलमा प्रवेशमा नै परम्परागत प्रतिद्वन्द्वी भारतलाई हराएर अर्को इतिहास बनाउने अवसर प्राप्त थियो ।
तर साफ च्याम्पियन्सिपमा सँधै दबाब बनाउँदै आएको भारतले शनिबार राती नेपाललाई ३–० ले हराएर साफ च्याम्पियन्सिपमा नयाँ विजेताको उदय हुन दिएन । यद्यपि यस प्रतियोगिताले दक्षिण एसियाली फुटबलमा नेपाल एक पावरहाउस हो भन्ने सिद्ध भएको छ ।
कुवेती प्रशिक्षक अब्दुल्ला अल्मुताइरीको प्रशिक्षकत्वमा रहेको नेपालले यसपालि आप्mनो छवि उच्च पार्न सफल भएको छ । यसपटक साफ च्याम्पियन्सिपमा भारतसँग मात्र नेपाल पराजित भयो । फाइनल पुग्ने क्रममा नेपालले आयोजक तथा गत विजेता माल्दिभ्स र श्रील्ङ्कालाई हराएको थियो । नेपालले बङ्गलादेशविरुद्ध भने बराबरीमा खेल्यो ।
भारत आठौँ पटक च्याम्पियन
भारतले साफ च्याम्पियन्सीपको उपाधि जितेको यो आठौँ औँ पटक हो । भारतले २००३ मा बङगलादेशमा भएको साफ च्याम्पियन्सिपबाहेक अन्य सबै संस्करणमा फाइनल खेलेको छ । यसैगरी नेपालको भारतसँगको जितविहीन यात्रा दश खेल पुगेको छ । सन् २०१३ मा काठमाडौँमा भएको साफ च्याम्पियन्सिपपछि नेपालले भारतलाई हराउन सकेको छैन ।
दुई मिनेटमा खेल परिवर्तन
मध्यान्तरपछि प्रारम्भ भएको खेलको सुरुवातमै भारतले दुई मिनेटमा दुई गोल गरी खेल लगभग आप्mनो पक्षमा पार्यो । खेलको ४८ औँ मिनेटमा मैदानको दायाँ भागबाट प्रितम कोटलले गरेको क्रसमा भारतको कप्तान सुनील क्षेत्रीले पावरफुल हेडरमार्फत् गोल गरी भारतलाई अगाडि पार्नुभयो । दुई मिनेटपछि नै यासिर मोहम्मदले डिबक्स भित्रबाट नै दिएको पासमा सुरेश सिंहले बल गोलपोस्टमा छिराएर नेपालको साफ च्याम्यियन बन्ने सपना कमजोर पारिदिनुभयो । त्यसपछि खेलको ९० औँ मिनेटमा स्थानापन्न खेलाडी सहल अब्दुल समादले डिबक्स भित्रनै उत्कृष्ट ड्रिब्लिङपछि गोल गरी भारतको जित पक्का गर्नुभयो ।
यसअघि, लिग चरणमा भारतविरुद्ध अति रक्षात्मक खेल खेलेर आलोचित बनेको नेपालले फाइनलमा भारतविरुद्ध सुरुदेखि आक्रामक रणनीतिमा खेलेको थियो । फाइनलमा अघि एक महिनाभित्र दुई मैत्री र लिग चरणमा एक खेल खेलेकोले पनि नेपाललाई भारतको खेलबारे राम्रो ज्ञान थियो । पहिलो हाफको धेरै समयमा वर्ष भएपछि दुवै टिमलाई खेल्न गाह्रो भयो तर पनि नेपाल र भारतले इन्ड टु इन्ड फुटबल खेले । जसले गर्दा पूर्वाद्र्धमा गोल नभएपनि खेल रोमाञ्चक बनेको थियो । दुवै टिमले गोल गर्ने कैयौँ अवसरको सिर्जना गरेका थिए । खेलको चौथो मिनेटमा नेपालको गोलरक्षक किरण चेम्जोङको डबल सेभले नेपाललाई जोगायो । डिबक्सबाहिरबाट यासिर मोहमम्दले गरेको प्रहार किरणले विफल पारेपनि फेर्कर आएको बलमा अनिरुद्ध थापाले नजिकबाट हान्ने अवसर प्राप्त गरेका थिए । तर त्यो प्रहारलाई पनि किरणले गोलपोस्टमा छिर्नबाट रोक्नुभयो ।
खेलको छैटौँ मिनेटमा सुमन लामाको प्रहार भारतका गोलरक्षक गुरु प्रीत सिंह सिन्धुले जोगाएपछि नेपालले गोल गर्न सकेन । सो प्रहारमा गुरप्रीतबाट फर्केर आएको बलमा नवयुग श्रेष्ठले प्रहार गरेको बल गोलपोस्टमा लागेर फर्केको थियो । यसअघि, नवयुगले डिबक्समा रहेकै बेला गोलपोस्टमा माथि प्रहार गरेर गोल गर्ने अवसर खेर फाल्नुभएको थियोे । यी आक्रमणसँगै नेपालले आज भारतविरुद्ध दबाबमा नखेल्ने संकत गरेको थियो । खेलका १७ औँ रोहित चन्द गोलपोस्ट नजिकै चिप्लिँदा खुल्लारुपमा बल प्रहार गर्ने अवसरबाट वञ्चित हुनुभयो र नेपालले गोल गर्ने अर्को राम्रो अवसर गुमायो । उराद्र्धमा रोहितको हेडर गोलपोस्टमा लागेर फर्केपछि पनि नेपाल निराश बनेको थियो ।
प्रशिक्षकको अन्तिम खेल
कुवेती प्रशिक्षक अब्दल्ला अल्मुतारीको यो नेपालका लागि अनितम खेल पनि हो । प्रशिक्षक अल्मुताइरीले नेपाल फाइनलमा पुगेपछि भारतविरुद्धखेलको नेपालको प्रशिक्षकको रुपमा उहाँको अन्तिम खेल हुने बताउनुभएको थियो ।
रोहितले उछिने विराजलाई
रोहित चन्द शनिबार खेलेर ७४ अन्तर्राष्ट्रिय खेलसहित नेपालका लागि सर्वाधिक खेल खेल्नेको सूचीमा दोस्रो स्थानमा उक्लिनुभयो । उहाँले पूर्व कप्तान विराट महर्जनलाई उछिन्नुभएको हो । रोहितभन्दा बढी नेपालका कप्तान किरण चेमजोङले मात्र सर्वाधिक खेल (७९) खेल्नुभएको छ ।(साभार: गोरखापत्र अन्लाईन ,  लेखक गोरखापत्र दैनिकका खेलकूद शाखा प्रमुख हुनुहुन्छ)

सम्बन्धित पोस्ट
  • ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण
  • खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा
  • बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म
  • वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    शान्ति पहिलो प्राथमिकता : हिंसाले होइन, संवाद र सहिष्णुताले राष्ट्र बन्छ

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    बौद्ध भिक्षुहरू वर्षावासको वर्षावास – असार १३ गते प्रातिमोक्ष पाठ र १४ गते अधिष्ठान गरिने

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    नेपालको सम्पदा, पर्यटन र आर्थिक उन्नति : समृद्धिको आधारशिला

    सारनाथ पनि विश्व सम्पदा सूचीमा

    पार्टी सशक्त बनाउन राप्रपा शंखरापुरको नयाँ रणनीति:निर्वाचित तीनै वडा अध्यक्षलाई उपाध्यक्ष र विभागीय संयोजकको जिम्मेवारी

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    सुभाय् पोस्ट बिशेष

    ब्रोड पिक’ दुर्घटनामा दिवंगत निर्मल पुर्जासहितका आरोहीहरूप्रति प्रम बालेन शाहद्वारा श्रद्धाञ्जली अर्पण

    खोकना: ओझेलमा परेको सम्भावित विश्व सम्पदा र राज्यको उपेक्षा

    बुद्ध धर्मको उन्नत इतिहास बोकेको बंगलादेशमा बुद्ध धर्म

    वर्षावास: व्यावहारिक जीवन, ध्यान-ज्ञानको अभ्यास र बौद्ध परम्परा

    राजनीतिमा नयाँ शक्ति र चुनौतीको चाङ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑