• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 21, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

साला दशैँ !


सुभाय् संवाददाता October 7, 2021 मा प्रकाशित (४ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

सुरेश किरण

सुरेश किरण
(नेपालभाषाबाट कवि स्वयंबाट अनूदित)
आखिर के हो यो दशैँ ?
हरेक वर्ष आइरहन्छ, आइरन्छ
आएपिच्छे मलाई जिस्काइरहन्छ ।
साला दशैँ !
कति रोक्न खोज्छु
रोकिँदैन
हरेक वर्ष आइरहन्छ ।
(साला दशैँ, यो आएको कुरा पनि
पत्रिका पढेर थाहा पाउनुपर्छ मैले)
तर यो आएर कहाँ जान्छ ?
कुकुर पालेर मान्छेलाई प्रवेश निषेध गरिएका
ठूला बंगलाहरूमा प्रवेश गर्छ,
ठूला महलहरूमा रात गुजार्छ,
गाडी चढेर बजार घुम्छ,
बाटोमा जम्काभेटै भए पनि
मलाई चाहिँ नचिने झैँ गर्छ ।
साला दशैँ !
खसी किन्ने त भन्नु मात्रै हो
काटिने त म आफै हुँ,
एउटा खसी एउटा दशैँमा
एकचोटी काटिन्छ,
साला म खसी हुन सकिन
हरेक दशैँमा हरेक पटक काटिइरहेको हुन्छु ।
आफैलाई बेचेर
खसी किन्नुपर्ने,
आफैलाई नंग्याएर
कपडा किन्नुपर्ने,
आपैmलाई भोको राखेर
भोज खानुपर्ने,
आपैmलाई काटेर
सीकाःभू लिनुपर्ने ।
साला दशैँ !
दशैँ आयो कि
मानिसहरू भन्न थाल्छन् – दशैँ आयो ! दशैँ आयो !
ई, आउँछ दशैँ ।
साला !
सुन, एउटा भरिया के भनिरहेछ –
सबैको घर घरमा
बोकेर दशैँ पु¥याउने त म हुँ
तर आफ्नै घर जाँदा
बोकेर लान मसँग एक टुक्रो दशैँ हुँदैन ।
सुन, एउटा मजदूर के भनिरहेछ –
सबैका लागि
रात रातभरि नसुतिकन
दशैँ बनाउने त म हुँ
तर मेरो आफ्नै दशैँ भने
आजसम्म बनाउन सकेको छैन ।
सुन, एउटा किसान के भनिरहेछ –
सबैका लागि
घामपानी नभनी दशैँ फलाउने त म हुँ
तर मेरो दशैँ फलाउन
आजसम्म बिउ पनि रोप्न सकेको छैन ।
साला दशैँ !
हरेक वर्ष आएको–गएको
के म पत्रिका पढेरै मात्र थाहा पाइरहूँ ?
(सीकाःभू – नेवार समाजमा पशुबलि दिएर भोज खाने बेला बलिको विभिन्न अंगहरू परिवारका सदस्यहरूले ज्येष्ठता क्रमानुसार ग्रहण गरी सम्पन्न गरिने धार्मिक क्रिया । )साभार:अन्नपूर्ण पोष्ट

सम्बन्धित पोस्ट
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    भोटेकोशी–त्रिशूली बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत, ६ महिनासम्म आधा तलब

    सुभाय् पोस्ट बिशेष

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    राइट टु रिकल : जनताको अधिकार कि राजनीतिक अस्थिरताको जोखिम?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑