• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 25, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  व्यक्तित्व

किरात इतिहासकार तथा मुन्धुमविद् इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५)


सुभाय् संवाददाता August 27, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

       चद्रमणि गौतम                                                                       किरात इतिहासकार तथा मुन्धुमविद् इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५) ले कोलकतामा बिए अध्ययन गर्दागर्दै सन् १९२८ मा पिताको देहान्त भएपछि पढाई छोड्नु परे पनि उनले किरात भाषा, लिपि, साहित्य, इतिहास र संस्कृतिको खोज, अनुसन्धान तथा लेखनमा आजीवन समर्पित भए, एक दर्जन पुस्तक दिएर गए ।

साथै आर्थिक, राजनीतिक, सामाजिक, प्रशासनिक, शैक्षिक, साहित्यिक, भौतिक, धार्मिक विषयमा सदाबहार आवाज उठाउने पहलकर्मीले देवविद्या, राजविद्या, ब्रह्मविद्या र योगविद्या चतुर्थ ज्ञान तथा मनुष्य पुरुषार्थका चार अंग काम, मोक्ष, अर्थ र धर्मको साररुप दर्शनमा समर्पित रही साधना अभ्यासका कारण एक दर्जन अमूल्य ग्रन्थहरू प्रतिपादन गरे ।

किरातको वेद किरात मुन्धुम, किरात इतिहास, किरात साहित्यको इतिहास, किरात दन्त्यकथा, किरात प्राथमिक पाठ्यपुस्तक, लिम्बू–नेपाली– अंग्रेजी शब्दकोश, मुन्धुम किरात दर्शन, लेप्चा–नेपाली–अंग्रेजी शब्दकोश, किरातकालीन विजयपुरको इतिहास, द किरात ग्रामर, हिस्ट्री एन्ड कल्चर अफ द किरात पिपुल आदि महत्वपूर्ण छन् । यी कृतिहरू लण्डन म्युजियम तथा लाईब्रेरीमा संग्रहित छन्।

इमान सिंहले सन् १९२५ मा किरात याक्थुङ चुम्लुङ गराई किरात लिपि र भाषाको प्रचारप्रसार सुरू गरे । यसका लागि कालिम्पोङको रिन्केबुङ ऐतिहासिक स्थल बन्यो । जागिर खान र भाषा बाँड्न सिक्किम, दार्जिलिङ हुँदै नेपालको पल्लो किरात लिम्बूवानमा प्रवेश गरी किरात जनसमुदायलाई जगाए ।

सन् १९५२ मा इलाममा अखिल लिम्बूवान चुम्लुङ सभा स्थापना गरी आफू अध्यक्ष र तेजबहादुर प्रसाईलाई महामन्त्री बनाई नेपाल नेपाली मानसिकतामा मुन्धुम ज्ञान, याक्थुङ शिक्षाको निम्ति राजासमक्ष माग राखे । देशबाहिर भुटान, आसाम, देहरादुन, पञ्जाब, धर्मशाला, कोलकाता, पाकिस्तानको क्वेटा, बर्मा र सिंगापुरसम्म इमानसिंह सुपरिचित छन् ।

स्रोत : मुन्धुमविद् एवं ज्योतिषविद् डा. चन्द्रकुमार सेर्मा लिम्बू, नागरिक दैनिक, १७ पुस २०७५ को आधारमा ।

सम्बन्धित पोस्ट
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑