• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Mon, 27, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / व्यक्तित्व

किरात इतिहासकार तथा मुन्धुमविद् इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५)

सुभाय् संवाददाताAugust 27, 2021 मा प्रकाशित (१0 महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

       चद्रमणि गौतम                                                                       किरात इतिहासकार तथा मुन्धुमविद् इमानसिंह चेम्जोङ (सन् १९०४–१९७५) ले कोलकतामा बिए अध्ययन गर्दागर्दै सन् १९२८ मा पिताको देहान्त भएपछि पढाई छोड्नु परे पनि उनले किरात भाषा, लिपि, साहित्य, इतिहास र संस्कृतिको खोज, अनुसन्धान तथा लेखनमा आजीवन समर्पित भए, एक दर्जन पुस्तक दिएर गए ।

साथै आर्थिक, राजनीतिक, सामाजिक, प्रशासनिक, शैक्षिक, साहित्यिक, भौतिक, धार्मिक विषयमा सदाबहार आवाज उठाउने पहलकर्मीले देवविद्या, राजविद्या, ब्रह्मविद्या र योगविद्या चतुर्थ ज्ञान तथा मनुष्य पुरुषार्थका चार अंग काम, मोक्ष, अर्थ र धर्मको साररुप दर्शनमा समर्पित रही साधना अभ्यासका कारण एक दर्जन अमूल्य ग्रन्थहरू प्रतिपादन गरे ।

किरातको वेद किरात मुन्धुम, किरात इतिहास, किरात साहित्यको इतिहास, किरात दन्त्यकथा, किरात प्राथमिक पाठ्यपुस्तक, लिम्बू–नेपाली– अंग्रेजी शब्दकोश, मुन्धुम किरात दर्शन, लेप्चा–नेपाली–अंग्रेजी शब्दकोश, किरातकालीन विजयपुरको इतिहास, द किरात ग्रामर, हिस्ट्री एन्ड कल्चर अफ द किरात पिपुल आदि महत्वपूर्ण छन् । यी कृतिहरू लण्डन म्युजियम तथा लाईब्रेरीमा संग्रहित छन्।

इमान सिंहले सन् १९२५ मा किरात याक्थुङ चुम्लुङ गराई किरात लिपि र भाषाको प्रचारप्रसार सुरू गरे । यसका लागि कालिम्पोङको रिन्केबुङ ऐतिहासिक स्थल बन्यो । जागिर खान र भाषा बाँड्न सिक्किम, दार्जिलिङ हुँदै नेपालको पल्लो किरात लिम्बूवानमा प्रवेश गरी किरात जनसमुदायलाई जगाए ।

सन् १९५२ मा इलाममा अखिल लिम्बूवान चुम्लुङ सभा स्थापना गरी आफू अध्यक्ष र तेजबहादुर प्रसाईलाई महामन्त्री बनाई नेपाल नेपाली मानसिकतामा मुन्धुम ज्ञान, याक्थुङ शिक्षाको निम्ति राजासमक्ष माग राखे । देशबाहिर भुटान, आसाम, देहरादुन, पञ्जाब, धर्मशाला, कोलकाता, पाकिस्तानको क्वेटा, बर्मा र सिंगापुरसम्म इमानसिंह सुपरिचित छन् ।

स्रोत : मुन्धुमविद् एवं ज्योतिषविद् डा. चन्द्रकुमार सेर्मा लिम्बू, नागरिक दैनिक, १७ पुस २०७५ को आधारमा ।

सम्बन्धित पोस्ट
  • बुद्धदेखि बोधिसत्व, अवलोकितेश्वर, बुंगद्यः र मछिन्द्रनाथ हुँदै भक्तिमार्गसम्म
  • “पचली भैरब” पुस्तक विमोचन
  • हनुमान डट कम
  • पाँच रुपैँयामा पिकनिक !
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    बुद्धदेखि बोधिसत्व, अवलोकितेश्वर, बुंगद्यः र मछिन्द्रनाथ हुँदै भक्तिमार्गसम्म

    “पचली भैरब” पुस्तक विमोचन

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    “पचली भैरब” पुस्तक विमोचन

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    सुभाय् पोस्ट बिशेष

    बुद्धदेखि बोधिसत्व, अवलोकितेश्वर, बुंगद्यः र मछिन्द्रनाथ हुँदै भक्तिमार्गसम्म

    “पचली भैरब” पुस्तक विमोचन

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑