• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

हलिं नेवाः न्ह्यसः लिसः कासा (हाजिरी जवालफ) शुरु


सुभाय् संवाददाता August 24, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

हलिं नेवाः दबू (वल्र्ड नेवाः अर्गनाइजेसन÷डब्लुएनओ)को आयोजनामा ‘हलिं नेवाः न्ह्यसः लिसः कासा –११४१ (विश्व नेवाः हाजिरी जवाफ प्रतियोगिता– ११४१) शुरु भएको छ । हलिं नेवाः दबू स्थापना भएको एक दशक पुगेको अवसरमा उक्त प्रतियोगिताको आयोजना गरिएको हो ।
डब्लुएनओका अध्यक्ष सिजन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन वरिष्ठ संस्कृतिविद् वाङ्मय शताब्दीपुरुष डा. सत्यमोहन जोशीले पानसमा दी प्रज्वलन गरि गर्नुभएको थियो । कार्यक्रमको उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि शताब्दीपुरुष जोशीले विश्वभरि छरिएर रहेका सम्पूर्ण नेवाः समुदायको अन्तर्राष्ट्रियस्तरको संगठनले यस प्रकारको कार्यक्रम आयोजना गर्नु सा¥है नै प्रशंसा योग्य भएको बताउनु भयो । साथै उहाँले यस प्रकारको कार्यक्रमले नेपाल बाहिर रहेर पनि आफ्नो भाषा, कला, संस्कृति र आफ्नो पहिचान उजागर गर्ने कार्य गरिरहको सम्पूर्ण नेवाः व नेपालीहरुलाई एकजुट गर्न सहयोग सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रमका विशेष अतिथि नेपालभाषाका वरिष्ठ साहित्यकार साथै शिक्षाविद् हितकरवीर सिंह कंसाकारले नेपालभाषामा यस प्रकारको हाजिरी जवाफ प्रतियोगिता ५० वर्ष अघि ने.सं. १०९१ (वि.सं. २०२८मा) शुरु भएको बताउनु भयो । तत्कालीन समयमा त्रिचन्द्र क्याम्पसको आयोजनामा क्याम्पसस्तरमा र त्यसको ठीक वर्ष दिन पछि थानकोटको मंगलोदय माध्यमिक विद्यालयको आयोजनामा विद्यालयस्तरमा नेपालभाषाको हाजिरी जवाफ प्रतियोगित आयोजना भएको स्मरण गर्नु भयो । सो समयमा पहिलोपटक हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको क्याम्पस र स्कुलको तर्फबाट शिल्डको समेत प्रायोजन गरेको र सो समयमा उक्त प्रतियोगिताले सोच्दै नसोचेको उचाइ लिएको पनि बताउनु भयो । तर २०४६ सालको राजनीतिक व्यवस्था परिवर्तन पश्चात सम्पूर्ण कार्यक्रमहरु शिथिल भएको मात्र नभई कतिपय कार्यक्रमको गतिविधि नं शुन्य भएकोमा दुःख पनि व्यक्त गर्नुभयो ।
यस प्रकारको प्रतियोगिताले व्यापकता लिएकोले कतिपय व्यक्तिहरुलाई सहभागि गराउन नसकिएको मात्र हैन सेमीफाइनल तथा फाइनल प्रतियोगिता राष्ट्रिय सभागृह र प्रज्ञा भवन जस्तो ठाउँमा टिकटको व्यवस्था गरेर देखाउँदा पनि सबैलाई समेट्न नसकिएको अनुभव सुनाउनु भयो ।
प्रतियोगिता आयोजक समितिका संयोजक साथै डब्लुएनओका कार्यसमिति सदस्य विमलमान श्रेष्ठले स्वागत मन्तव्य दिनु हुँदै प्रत्येक शनिबार नेपालको समयअनुसार साँझ ५ बजे हुने प्रतियोगिता नोभेम्बर महिनासम्म संचालन हुने जानकारी दिनु भयो ।
प्रश्नावली निर्माण कमिटीया संयोजक साहित्यकार केशरमान ताम्राकारले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा संस्थाका अध्यक्ष सिजन श्रेष्ठले डब्लुएनओ स्थापनाको एक दशक पुगेको दिन सम्पूर्ण नेवाःहरुले गर्व गर्न लायकको दिनको रुपमा रहेको चर्चा गर्नु भयो । साथै जुन उद्देश्यले संस्था गठन गरिएको हो त्यो उद्देश्य पूरा गर्ने बाटोतर्फ अग्रसर रहेको पनि उहाँले बताउनु भयो ।
प्रत्येक समूहमा ३ जना सहभागि गराई चारवटा समूह विचमा हुने प्रतियोगितामा सहभागि टोलीहरुलाई नेपालभाषामा विभिन्न फूलहरुको नाम दिइएको छ । पहिलो दिनको प्रतियोगितामा भ्वंस्वां प्रथम, सिन्हःस्वां द्वितिय र उफ्वःस्वां तृतिय हुनु भएको छ भने तीनवटै समूह दोश्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगितामा प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुनेलाई क्रमशः ६०० अमेरिकी डलर, ४५० अमेरिकी डलर, ३०० अमेरिकी डलर र १५० अमेरिकी डलर साथै प्रमाण पत्र प्रदान गरिने छ । साथै समूहको चरणको सबै प्रतियोगिताको समाप्ति पश्चात सबैभन्दा बढी अंक प्राप्त गर्ने चौथो हुने समूहलाई पनि अर्को चरणमा प्रवेश गराई आयोजकले जनाएको छ ।
यस प्रतियोगितामा नेपाल, अमेरिका, बेलायत, आयरल्याण्ड, क्यानाडा लगायतका देशहरुबाट २० समूहले सहभागिता जनाइरहेको छ ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑