• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  विचार

“कोरोनाको खोप लगाएको QR कोड पाउँदा एकदमै हर्षित हुनु पर्ने जनता भएको देश”- महाबीर पुन


सुभाय् संवाददाता August 7, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

महाबीर पुन

कोरोनाको खोप लगाएको QR कोड पाउँदा एकदमै हर्षित हुनु पर्ने जनता भएको देश । अनि जनताको मन जित्न साना साना काम गरे पनि हुने रहेछ भन्ने उदाहरण:

आज बिहान ३७ जना भाई बहिनीहरु राष्ट्रिय आविष्कार केन्द्रमा आए। मैले उनीहरुलाई कहाँ बाट आउनु भयो र के काम छ भनेर सोधें। उनीहरु रोजगारीको लागी कुवेत भन्ने देशमा जान लागेका रहेछन। “तपाईंलाई धन्यबाद दिन आएका हौं” भनेर उनीहरुले जबाफ दिए । अनि “मैले के नै गरें र धन्यबाद दिनु पर्यो” भनेर प्रश्न गरें। मेरो प्रश्नको उत्तर उनीहरुले यसरी दिए – “दाज्यु, तपाइंले गर्दा नै हामीले कोरोनाको खोप लगाएको QR कोड पाउने भएका छौं। तपाइले फेसबुकमा हाम्रो समस्या राखी दिनु भयो र सरकारले बाध्य भएर हामीलाई QR कोड दिने भयो” ।

उनीहरुको खुसीको अनुहार हेर्दा मलाई यस्तो लाग्यो कि मानौं उनीहरुले एउटा निकै ठुलो युद्ध नै जितेका छन । अनि एकदमै खुसि भएर मैले लिन नमान्दा नमान्दै पनि उनीहरुले राष्ट्रिय आविष्कार केन्द्र लाई स्व-ईच्छाले १३ हजार रुपैंया पनि दान गरे ।

यो माथिको घटनाले मेरो मन एकदमै उराठियो । अनि भित्रै देखि रुनु कि हाँस्नु भएर आयो । सितिमिति भाबुक नहुने मलाई यो घटनाले एक छिन भाबुक पनि बनायो ।

बास्तबमा मैले केहि गरे कै होइन र धन्यबादको पात्र पनि म हुँदै होइन । त्यसको कारण यस प्रकार छ । केहि दिन अगाढी कान्तिपुरमा एउटा समाचार आएको थियो जसमा विदेश जाने भाई बहिनीहरुले कोरोनाको खोप लगाएको प्रमाण स्वरूप QR कोड लिन काठमाडौँमा सरकारी कार्यालयहरुमा धाएको, धर्ना बसेको र आन्दोलन नै गरिरहेको फोटोहरु सहितको विवरण थियो। त्यहि समाचारलाई उद्धृत गरेर मैले मेरो फेसबुक पेजमा यसो भनेर पोष्ट गरेको थिएँ – “यत्ति सानो काम गर्न सरकारलाई सहयोग चाहिएमा राष्ट्रिय आविष्कार केन्द्रले पनि तुरुन्तै सहयोग गर्न सक्छ। सरकारले रोजगारी दिन नसके पनि QR कोड लिन विदेशमा काम गर्न जाने भाई बहिनीहरुलाई यति साह्रै दुख त दिनु भएन नि ”

मैले गरेको त्यत्ति मात्र हो । मैले धन्यबाद पाउनु पर्ने कुनै काम गरे कै छैन । किन भने अहिले सरकारले नै QR कोड दिनको लागी अनलाईन फारम खोलेको रहेछ र त्यसको लिंक यो रहेछ – https://vaccine.mohp.gov.np/ । आज मलाई धन्यबाद दिन आउने भाई बहिनीहरुलाई के लागेको रहेछ भने मैले फेसबुकमा आवाज उठाएको हुनाले नै नेपाल सरकारले उक्त अनलाईन फारमको ब्यबस्था गरेको होला।

बास्तबिक रुपमा भन्नु पर्दा भाई बहिनीहरुको धन्यबादको पात्र त नेपाल सरकार हुनु पर्ने थियो नि । तर त्यसो हुन सकेन किन भने सरकारले त्यति सानो काम गर्न पनि अत्यन्तै ढिलासुस्ती गर्यो । यसबाट सरकारले र जो सुकैले पनि दुई वटा पाठ सिक्नु पर्छ । पहिलो पाठ जनताले दुख परेको बेलामा सरकार बाट आश्वासन मात्र होइन कि ठोस सहयोगको अपेक्षा गर्दछ । दोश्रो पाठ सरकारले सानोतिनो सहयोग पनि ठिक समयमा दिन सक्यो भने जनताको मन र बिश्वास जित्न सक्छ ।

बास्तबमा मैले अमेरिकाबाट फर्केर बिगत ३० बर्ष सम्म जनताको लागी र जनता संग मिलेर गरेको कुरा यहि नै हो । यो कुरा मलाई एकदमै राम्रो संग थाहा छ । मैले कसैलाई पाठ सिकाउन खोजेको होइन। आफ्नो अनुभब मात्र भनेको हुँ। यसो भन्दा कोहि नेताज्यूहरुको मन दुख्यो भने माफ पाउँ ! धन्यबाद !   (महाबीर पुनको फेसबुक पेजबाट)

सम्बन्धित पोस्ट
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    असन दबलीमा रामशेखर नकर्मीको ‘१२ बजे’ र ‘क्षरावति द्यो’ नाटक प्रदर्शन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑