• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

विश्वासको मत लिन प्रम ओलि असफल !


सुभाय् संवाददाता May 10, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं /    संसदबाट विश्वासको मत लिन प्रयास गरेकोमा प्रम खड्ग प्रसाद ओलि असफल भएका छन् । नेकपा एमालेको पूर्व महासचिव नाधव नेपाल समूहको पक्षमा रहेका सांसदहरू मत दिने बेला संसदमा अनुपस्थित भईदिंदा यस्तो अवस्था आएको हो ।
प्रधानमन्त्री ओलीले सोमबार विश्वासको मत लिँदा ३४ सांसद अनुपस्थित रहेका थिए । अनुपस्थितिमा अधिकांश एमालेकै माधव नेपाल समूहका सांसद रहेका हुन् । यसरी ओली संसदमा भएको परीक्षणमा विश्वासको मत लिन असफल भएका हुुन् ।
आजको मतदानमा प्रस्तावको पक्षमा ९३, विपक्षमा १२४  प्राप्त भयो भने तटस्थ १५ जना रहे । मतदानमा जम्मा २३२ सांसद उपस्थित रहे ।
प्रतिनिधिसभा सदस्यको कुल संख्या २७५ हो । यसमा माओवादीका ४ जना पदमुक्त भएका र थप ४ जना निलम्बित सांसदलाई घटाउँदा २६७ हुन जान्छ । यसमध्ये सभामुखले मत नदिने भएकाले मतदान गर्ने कुल संख्या २६६ हो तर, २६६ मध्ये सोमबार संसदमा २३२ जना मात्र मतदानमा सहभागी भए । २६६ मतदातामध्ये २३२ मत मात्रै खस्नु भनेको मतदान प्रक्रियामा ३४ सांसदहरु सहभागी नबन्नु हो ।                                      अनुपस्थित रहनेहरुमध्ये पूर्व प्रधानमन्त्री भैसक्नुभएका पार्टीका पूर्व महासचिवहरु सांसद झलनाथ खनाल माधव नेपाल लगायत एमालेका २८ सांसद छन्   भने बाँकी ६ जना सांसद अनुपस्थित देखिएका छन् । यसमध्ये राप्रपा सांसद राजेन्द्र लिङ्देन कोरोना लागेर झापामा थिए । जसपाका लक्ष्मणलाल कर्ण लगायतका सांसद पनि अनुपस्थित थिए ।
मतदानमा अनुपस्थित एमालेका सांसदहरू
१. योगेश भट्टराई
२. झलनाथ खनाल
३. पवित्रा निरौला खरेल
४. भवानी खापुङ
५. जयकुमार राई
६ . यज्ञराज सुनुवार
७. गणेश पहाडी
८. विरोध खतिवडा
९. कृष्णलाल महर्जन
१०. माधवकुमार नेपाल
११. जीवनराम श्रेष्ठ
१२. नारायण खतिवडा
१३. घनश्याम भुसाल
१४. गोकर्ण विष्ट
१५. सोमप्रसाद पाण्डे
१६. मेटमणी चौधरी
१७. झपट रावल
१८. भीमवहादुर रावल
१९. दिपकप्रकाश भट्ट
२०. सुरेन्द्र पाण्डे
२१. रामकुमारी झाँक्री
२२. सरला यादव
२३. पुष्पाकुमारी कर्ण
२४ं कल्याणी खड्का
२५.निरादेवी जैरु
२६. कलिला खान (उपस्थित भएर भाेट नहालेकी ?)
२७. लक्ष्मीकुमारी चौधरी
२८. मुकुन्द न्यौपाने                                                                                             देशमा कोरोना महामारीको विकराल परिस्थिति रहेको बेला भएको सत्ताको यस खेलप्रति जनता निकै क्रुद्ध देखिन्थे । उपचार समेत राम्रोसँग दिन नसकेको र अक्सिजन समेत विरामीले पाउन नसकेको बेला सबै मिलेर यस बेला महामारी विरुद्ध लड्नुपर्ने बेला सत्ताको लडाइँ लड्दै गरेको प्रति धेरैले आक्रोश व्यक्त गरेका छन् ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑