• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 25, Jun, 2022
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
होमपेज / खेलकुद

नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि , कप्तान विराज महर्जनको सुखद् संन्यास

सुभाय् संवाददाताMarch 29, 2021 मा प्रकाशित (१ साल अघि) अनुमानित पढ्ने समय : ५६ मिनेट
काठमाडौं  / नेपालले थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।
नेपालका लागि १८ औं मिनेटमा सञ्जोग राई र ४२ औं मिनेटमा विशाल राईले गोल गरे । बंगलादेशले ८३ औं मिनेटमा गोल फर्काएको थियो ।
खेलमा नेपाल सुरुवातदेखि नै हावी भएको थियो । १७ औं मिनेटमा नेपालका अनन्त तामाङको हेडर बंगलादेशी गोलकिपर अनिसुर रहमानले मुस्बिलले बचाउँदा नेपालले कर्नर पायो ।
त्यसपछि सुनील बलले प्रहार गरेको कर्नर बंगलादेशी खेलाडीले क्लियर गर्न सकेनन् । त्यसैमा अनमार्क रहेका सन्जोग राईले १८ औं मिनेटमा गर्दै नेपाललाई अग्रता दिलाए । म्यान अफ दि म्याच सञ्जोगको यो राष्ट्रिय टिममा पहिलो र नेपाली टिमले १८ महिनापछि पहिलो पटक गोल गरेको हो ।
पछिल्लो पटक सन् २०१९ को सेप्टेम्बरमा भएको विश्वकप छनोटमा अन्जन विष्टले चाइनिज ताइपेइविरुद्ध गरेका थिए । त्यसपछिका ८ खेलमा नेपालले गोल गर्न सकेको थिएन ।
३० औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्ने अवसर गुमायो । अञ्जन विष्टले बंगलादेशी गोलकिपर अघि बढेको अवस्थामा पेनाल्टी एरियाभित्रबाट गरेको सामान्य प्रहार पोष्टमाथिबाट बाहिरियो ।
यस्तै ४२ औं मिनेटमा विशाल राईले वान भर्सेस वानमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । रञ्जित धिमालको पासका संजोग राईले वान टचमा उपलब्ध गराएको बलमा विशालले उत्कृष्ट गोल गरे । सन् २०१५ अगष्ट २१ मा भारतविरुद्ध खेल्दै डेब्यु गरेका विशालले नेपालका लागि गरेको यो चौथो गोल हो ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको नेपालको खेल दोस्रो हाफमा सुस्त रह्यो । उता बंगलादेशले भने दोस्रो हाफमा गोल फर्काउने प्रयासमा लागेको थियो ।
६७ औं मिनेटमा बंगलादेशका यासिन अराफातको प्रहार पोष्ट नजिकैबाट बाहिरियो । ८३ औं मिनेटमा महबुर रहमानले गोल गर्दै खेल २-१ को स्थितिमा पुर्‍याए । कप्तान जमन भुएनको कर्नरमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका रहमानले उत्कृष्ट हेडर गोल गरेका थिए ।
नेपाल र बंगलादेश फुटबलको फाइनलमा भिडेको यो तेस्रो पटक हो । यसअघि सन् १९९४ को पहिलो साग र १९९९ को आठौं सागमा यी दुई टोली फाइनलमा खेलेका थिए ।
पहिलो सागमा नेपाल विजयी भएको थियो भने १९९९ मा बंगलादेशले नेपाललाई दशरथ रंगशालामै पराजित गरेको थियो । २१ वर्षपछि नेपालले त्यस हारको बदला पनि दशरथ रंगशालामै लियो ।
मुख्य प्रशिक्षक बालगोपाल महर्जनले अघिल्लो खेलबाट नेपाली टिममा दुई परिवर्तन गर्दै अभिषेक रिजाल र रवि पासवानको ठाउँमा विशाल राई र सुनील बललाई सोमबार पहिलो रोजाइमा खेलाएका थिए ।
यसै महिना तय भएको विश्वकप छनोटका खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले विश्वकप छनोट तयारीलाई मध्यनजर गर्दै थ्री नेसन्स कप फुटबल आयोजना गरेको हो ।
च्याम्पियन नेपालले ५ हजार अमेरिकी डलर पुरस्कार पाएको छ । बंगलादेशले ३ हजार डलर पायो ।
रोहित चन्द उत्कृष्ट खेलाडी
नेपालका रोहित चन्द थ्री नेशन्स कप फुटबलको उत्कृष्ट खेलाडी घोषित भएका छन् । प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गरेका रोहित उत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
उनले नगद ५०० डलर पुरस्कार प्राप्त गरे । इन्डोनसियाको लिगमा पर्सिजा जाकार्ताबाट मिडफिल्डमा खेल्दै आएका रोहितले राष्ट्रिय टिमबाट डिफेन्समा खेलेका थिए ।
कप्तान विराज महर्जनको सुखद् संन्यास
यस विजयसँगै नेपाल राष्ट्रिय टिमका कप्तान विराज महर्जनको संन्यास पनि सुखद् बनेको छ्। महर्जनले यस प्रतियोगितासँगै राष्ट्रिय टिमबाट संन्यासको घोषणा गरेका थिए ।
साभार
सम्बन्धित पोस्ट
  • हनुमान डट कम
  • पाँच रुपैँयामा पिकनिक !
  • कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !
  • तिनतिकः महाबिकः ( बाखंचा)
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    नेवा: देय् दबूमा पवित्र बज्राचार्य

    छपता सिन्हः ( चि-बाखं)

    तलेजु भवानीको गहना अमेरिकी म्युजियममा!

    तथ्यगत पुष्ट्याइँ नगरी समाचार सम्प्रेषण नगर्न काउन्सिलको ध्यानाकर्षण

    हुबहु सार्ने पत्रिकालाई काउन्सिलले गर्‍यो कारबाही !

    उपत्यकामा ४,६७६ संक्रमित थपिए ,देशभर १०, ३१९ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु

    थप ४,६३६ जनामा कोरोना संक्रमण, उपत्यकामा २,२१९ जनामा संक्रमण ४ जनाको मृत्यु ,

    पाटनमा भेटिएको शिलालेखको अध्ययनपछि निकालियो भावार्थ

    सुभाय् पोस्ट बिशेष

    हनुमान डट कम

    पाँच रुपैँयामा पिकनिक !

    कोभिडबाट भारतमा एकै दिन २१४ को मृत्यु, नेपालको तयारी के छ !

    तिनतिकः महाबिकः ( बाखंचा)

    मरु सत: चाल

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2022: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑