• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 23, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

पोखरा विमानस्थल निर्माणसँगै अन्तर्राष्ट्रिय हवाइ उडानको तयारी थाल्न आग्रह!


सुभाय् संवाददाता March 16, 2021 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

पोखरा । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएसँगै अन्तर्राष्ट्रिय हवाइ उडान संचालनको लागि तत्काल पहल गर्नु थाल्नुपर्ने आवाज उठेको छ । सोमबार पोखरामा आयोजित एक कार्यक्रमका बक्ताहरुले सरोकारवालासँगको छलफलमा विमानस्थल निर्माण भएसँगै संचालनको लागि अन्तर्राष्ट्रिय हवाइ उडान गर्न तत्काल पहल गर्न आग्रह गरेका हुन् ।
पोखरा विमानस्थल निर्माण कार्य हालसम्म करिब ७२ प्रतिशत निर्माण कार्य सम्पन्न भएसँगै केही बाधा अड्चन आएकोले त्यसलाई सम्वन्धित निकायले समयमै समाधान गर्न पनि वत्ताहरुले माग गरेका हुन् ।
पोखरा विमानस्थल कार्यान्वयन इकाई परामर्श समितिका इन्जिनियर याम बहादुर भण्डारीले हालसम्म विमानस्थल निर्माणको कार्य अन्तर्गत भौतिक प्रगति ७२ प्रतिशत सम्पन्न भएको बताए । उनले तीव्ररूपमा निर्माण अगाडी बढाउनका लागि दैनिक ३ सय चाइनिज र ४ सय नेपाली कामदारले काम गरिरहेको बताए ।
पोखरामा ल्याण्ड फिल्ड साइडको ब्यवस्थापन,इन्दन डिपो स्थापना,रिट्टेपानी डाँडा कटान,विमानस्थलमा बर्खायाममा आउने भलपानीलाई ब्यवस्थापन गर्न,थप केही जग्गा अधिग्रहण गर्नुपर्ने लगायतका केही समस्या रहेको इन्जिनियर भण्डारीले बताए ।
पोखराबाट अन्तराष्ट्रिय स्तरकै हवाई उडान हुने हुदा अब पोखरा विमानस्थललाई क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको नाम जोडि राख्नु नपर्ने उनको भनाई छ । वाइडबडी (ठुलो जहाज) ल्याउन धावन मार्ग भएर मात्र नहुने बताउँदै इन्जिनियर भण्डारीले अन्य भौतिक पूर्वाधार र चारै तर्फ थप जग्गा आवश्यक पर्ने बताए ।
नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशिराज भण्डारीले देश संघीयतामा गएपनि केन्द्रीकृत सोचका कारण त्यसको मारमा पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल समेत पर्न सक्ने आशंका व्यक्त गरे ।
उनले विमानस्थल निर्माण कार्य सम्पन्न भए पनि यसले अन्तराष्ट्रिय हवाई उडानमा केही समस्या आउन सक्ने भएकोेले त्यसको सामना गर्न सरोकारवाला पक्ष र मिडिया बढी चनाखो हुनुपर्ने बताए । पोखरा विमानस्थल निमार्ण भएसँगै अब छिमेकी मुलुक चाइना र भारत लगायतका देशका केही शहरबाट सिधा हवाई सेवा पोखरासम्म जोड्दा पोखरा क्षेत्रलाई धेरै फाइदा हुने प्रमुख भण्डारीले दाबी गरे ।
पोखरा र अन्नपूर्ण क्षेत्रमा बढी पर्यटक आउने हुदा पोखरा क्षेत्रमा अन्तराष्ट्रिय हवाइ उडान भएसँगै यसले उडान चलायमान गराउन सक्ने प्रमुख भण्डारीले दाबी गरे । उनले भने, ‘सिंगापुरमा पर्यटकको बसाई अवधि ३ दिनको हो,नेपालमा पर्यटकको बसाइ अवधि १२ दिन मानिन्छ,सिंगापुरमा एक करोड पर्यटक आउनु र नेपालमा २५ लाख पर्यटक आउनु नेपालमा २५ लाख पर्यटक आउनुले बढी फाइदा लिन सकिन्छ ।’
पोखरा विमानस्थल निर्माणका एक अभियान्ता विश्व शंकर पालिखे अबको ४ महिना पछि पोखरा विमानस्थल निर्माण कम्पनीले सरकारलाई विमानस्थल निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने बताए । उनले निर्माण सम्पन्न गरेर हस्तान्तरण गरेपनि विमानस्थल संचालन हुने केही आशंका रहेको गुनासो गरे ।
विमानस्थल निर्माण कार्य सकिन लागेपनि पोखराबाट अन्तर्राष्ट्रिय हवाई उडान गर्नको लागि हालसम्म सरकारले खासै पहल नगरेका कारण अन्तराष्ट्रिय हवाई उडान हुन केही ढिलाई हुन सक्ने उनले बताए ।
३ हजार मिटरको धावन मार्ग हुने अपेक्षा गरेकोमा २ हजार ५ सय मिटरको मात्र बनेकोमा चिन्ता व्यक्त गर्दै पालिखेले पोखराको वरिपरि डाँडा काँडा भए पनि ३ हजार मिटरको रन वे भएमा अन्तराष्ट्रिय हवाई उडान हुन सक्ने दाबी गरे ।
नेपाल आउने सिमरा र नेपालगन्जको मात्र हवाई मार्ग भएकोले हवाई ट्राफिक जाम हुने हुँदा भारतसँगको सहकार्यमा हवाई उडान गर्दा समन्वय गर्नु पर्ने अबस्था रहेको पालिखेको भनाई छ । पोखराका पर्यटन व्यवसायी बासु त्रिपाठीले पोखरा विमानस्थल निर्माण सम्पन्न भएपछि त्यसलाई दिगो रुपमा संचालन गर्नका लागि निजी क्षेत्र सहकार्य गर्न तयार रहेको बताए ।
पोखरामा करिब १० लाख पर्यटक भित्रिदै आएकोमा अन्तराष्ट्रिय विमानस्थल संचालन भएपछि बार्षिक २५ लाख पर्यटक भित्र्याउन सक्ने उनले दाबी गरे । जग्गा अधिग्रहण गर्ने बिषयमा पटक पटक स्थानीयलाई दुःख दिनु भन्दा आवश्यकताको आधारमा उचित मापदण्ड तयार गरी उनीहरुलाई व्यवस्थापन गर्नु पर्ने त्रिपाठीको भनाइ छ ।
रासस

सम्बन्धित पोस्ट
  • शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ “-‘हिमाली सुनामी’प्रहार बेत्रावतीकोस्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑