• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
आज:  | Mon, 08, Mar, 2021
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
होमपेज / साहित्य

हजुरआमा : केही स्मृति

सुभाय् संवाददाताFebruary 7, 2021 मा प्रकाशित (४ हफ्ता अघि) अनुमानित पढ्ने समय : ५ मिनेट

रासा

सम्पत्ति :
हजुरआमा मलाई सम्झाउँदै हुनुहुन्थ्यो – हेर बाबु , तँ बुझ्ने भइसकिस् अब । मेरो कुरा राम्ररी सुन ! यो सबै सम्पत्ति तेरा बाजे-बराजुले जोडेका हुन् । तेरो बाबुले केही पनि जोडेन । सक्छस् भने यसमा अरू बढी जोड , सक्दैनस् भने नघटा !
म उहाँको कुरा ध्यानपूर्वक सुनिरहेको थिएँ । कुनै प्रतिक्रिया जनाउन सकिरहेको थिइनँ ।
अहिले म सोचिरहेको छु – मैले सम्पत्ति थप जोड्न त सकिनँ , तर घटाउन पनि घटाइनँ ।
**
पैसा :
म बुवासँग पैसा माग्न डराउँथें । मागे पनि दिनुहुन्नथ्यो । आमासँग पैसा नै हुँदैनथ्यो । माग्ने कुरै भएन । खाँचो परे हजुरआमासँग
माग्थें । उहाँले दिनुहुन्थ्यो ।
एक दिन । मैले हजुरआमासँग एक मोहर मागें । उहाँले झर्केर सोध्नुभयो – किन चाहियो ?
मैले भनें – चकलेट खान मनलाग्यो ।
उहाँले भन्नुभयो – जा , ऊ त्यो चोलीमा थैली बाँधिएको छ । त्यसबाट लि !
मैले त्यो सुर्केथैली खोलें , र पाँचको नोट झिकें । अनि , टाप कसें ।
**
चुरोट :
म हजुरआमाको कोठामा थिएँ । उहाँले कडा स्वरमा भन्नुभयो – राम्ररी हेरिराख , तेरी आमा आउलिन् ! म ढोकातिर हेरेर बसें । उहाँले चुरोट सल्काउनुभयो , र तान्न थाल्नुभयो । त्यो गैंडा चुरोट थियो ।
अचानक त्यहाँ आमा आइपुग्नुभयो । मलाई के गरूँ कसो गरूँ भयो । हजुरआमाले चुरोटको ठूटो सुकुलमुनि लुकाइसक्नुभएको थियो । आमा हाँसेर फर्किनु भयो ।
तँलाई ………..मलाई भन्नुु पर्दैन , तेरी आमा आएकी ! – हजुरआमाले रिसाएर भन्नुभयो । जवाफमा मैले डराएर भनें – मलाई थाहै भएन त !
सायद मेरी हजुरआमा आफ्नी बुहारीसँग धक मान्नुहुन्थ्यो , डराउनुहुन्थ्यो ।
**
नेलकटर :
हजुरआमाले मलाई नेलकटर दिंदै भन्नुभयो – तँलाई फोहोरी ! ला , नङ काट् !
म नङ काट्न बसें । बिस्तारै काट्न थालें ।
हजुरआमा बोल्नुभयो – तँलाई थाहा छ , त्यो कसको हो ? जवाफमा मैले भनें – हजुरको नि !
उहाँ पुनः बोल्नुभयो – होइन , त्यो तेरै हो ।
म असमञ्जसमा परें ।
तैंले नै मलाई राख्न दिएको थिइस् , बुझिस् ? – उहाँको बोलीमा कुनै शंका थिएन ।
त्यतिबेला हामी कक्षा चारमा पढ्थ्यौं । एक दिन हाम्रो स्कुलमा पाँचजना जापानीहरूको एउटा टोली आएको थियो । उनीहरूले हामीलाई अनेक उपहार दिएका थिए । मेरो भागमा नेलकटर परेको थियो । त्यही वस्तु मैले हजुरआमालाई दिएको थिएँ ।
करिब पन्ध्र वर्षपछि उहाँले मलाई उक्त वस्तु फर्काउनु भएको थियो । त्यति लामो समयसम्म उहाँले त्यो जतनका साथ राख्नुभएको थियो । मैले त बिर्सिसकेको थिएँ ।
म आमाको कोखबाट जन्में । तर , हजुरआमाको काखमा हुर्कें । र , उहाँकै छत्रछायामा बढें ।
आजभन्दा छब्बीस वर्षअघि उहाँ बित्नुभएको थियोे ।
**
( २०७७/२/२/६ )

सम्बन्धित पोस्ट
  • मां ……!
  • न्यव: !
  • पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन
  • मातृभाषामा बोल्न पाइन्न ?
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    जगतसुन्दर ब्वनेकुथिया ३० क्वःगु बुदिं हन

    सत्यमोहन जोशीया वृत्तचित्रया न्हापांगु क्यनेज्या

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    पूर्वी नेपालको बराह क्षेत्रमा नेवा: सामुदायिक भवनको उद्घाटन !

    निर्वाचन आयोगका ५ विकल्प : अध्यादेशदेखि नेकपा खारेजीसम्म

    लुम्बिनी सांस्कृतिक नगर पालिकाको छैठौं नगर सभा : कोरोना नियन्त्रणमा सहयोग गर्नेलाई सम्मान !

    बुंगद्यःया रथया बाँयम्वः व प्यम्ह नारायणद्यः भिंकेज्याया नितिं क्षमा पुजा !

    सुभाय् पोस्ट बिशेष

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: subhaypost@gmail.com

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2021: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑