• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
आज:  | Mon, 08, Mar, 2021
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
होमपेज / अन्तर्राष्ट्रिय

योमरी चखाएर बीबीसी मास्टर सेफको फाइनल पुगे सन्तोष

सुभाय् संवाददाताDecember 11, 2020 मा प्रकाशित (२ महिना अघि) अनुमानित पढ्ने समय : ७ मिनेट
लन्डन / नेपाली सेफ सन्तोष साह अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२०’ प्रतियोगिताको फाइनल राउन्ड प्रवेश गरेका छन् । ‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउन्डमा मौलिक नेवारी परिकार योमरी चखाएर उनी शीर्ष ६ स्थानसहित फाइनल राउन्ड पुगेका हुन् ।
बिहीबार ४ प्रतियोगी सेफमध्ये उत्कृष्ट प्रदर्शन गरेका सन्तोष सिधै फाइनल राउन्ड पुग्न सफल भएका थिए । अन्य ३ प्रतियोगीबीच फेरि प्रतिस्पर्धा गराएर थप २ जनालाई फाइनलमा लगिएको छ । फाइनल आउँदो साता १७ डिसेम्बरमा हुँदै छ ।
बिहीबारको एपिसोडमा सन्तोषले योमरीसहित निर्णायकको आग्रहमा चिकेन चिल्ली, हट एन्ड साओर सुप, क्रिस्पी नुडल्सलगायत इन्डो चाइनिज परिकार र अचार पनि बनाएर खुवाए । प्रतियोगितामा सहभागी कुल ३२ व्यावसायिक सेफमध्ये विभिन्न चरण पार गर्दै टप ६ सम्मको यात्रा तय गर्न सफल सन्तोषले यसलाई आफ्नो करियरकै ठूलो उपलब्धि भनेका छन् । ‘मास्टर सेफ प्रतियोगिता मेरो लागि जीवन परिवर्तनको माध्यम बन्यो,’ उनले कान्तिपुरसँग खुसी साटे, ‘नेपाली खाना विश्व जगत्‌लाई चिनाउने मेरो धोको एक हदसम्म पूरा भएको छ । म नेपाली पृथक् खानाको प्रवर्धनमा निरन्तर लागिरहनेछु ।’
गत मंगलबार सेमिफाइनलको पछिल्लो राउन्डमा उनले नेपालको हिमाली ‘कुइजिन’बाट प्रेरित भुटेको काँक्रोको बिया, भुटेको कटहरको बिया, बन तरुल, प्याजको अचार, स्याउको चट्नीलगायत परिकार प्रस्तुत गरेका थिए । त्यसअघि सन्तोषले भेडाको पोलेको मासु, मासुको झोल, सिस्नु, बेथेको साग, भाङको चटनी, आलु तरकारी, मकैको रोटी, तामाको अचारजस्ता मौलिक नेपाली परिकार पस्किएका थिए ।
सिरहाको कर्जन्हा स्थायी ठेगाना भएका उनी २ दशकअघि एसएलसी फेल भएपछि १५ वर्षको कलिलो उमेरमै भारत पुगेर भाँडा माझ्ने काम गर्दै पाँचतारे होटलको एक्जुकेटिभ सेफसम्म बन्न सफल भए । सन् २०१० अन्त्यतिर वर्क पर्मिटमा बेलायत गएको एक दशक नबित्दै सन्तोष सफलताको शिखरमा पुगे । उनी बेलायतमा निकै प्रतिष्ठित मानिने ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफसम्म भएका छन्।
नवीन पोखरेल
साभार: इकान्तिपुर
सम्बन्धित पोस्ट
  • महिला ‘सर्जन डाक्टर’ बन्न सक्दैनन् भन्ने धारणालाई चिर्दै डा.पलेस्वां जोशी
  • मां ……!
  • न्यव: !
  • पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन
  • प्रतिक्रिया दिनुहोस

    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    महिला ‘सर्जन डाक्टर’ बन्न सक्दैनन् भन्ने धारणालाई चिर्दै डा.पलेस्वां जोशी

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    नजिकबाट नियालियो मृत्युुलाई नाइल नजिकबाट !

    जगतसुन्दर ब्वनेकुथिया ३० क्वःगु बुदिं हन

    महिला सशक्तिकरणको अवरोध विद्यमान पितृसत्तात्मक सोच

    पूर्वी नेपालको बराह क्षेत्रमा नेवा: सामुदायिक भवनको उद्घाटन !

    निर्वाचन आयोगका ५ विकल्प : अध्यादेशदेखि नेकपा खारेजीसम्म

    लुम्बिनी सांस्कृतिक नगर पालिकाको छैठौं नगर सभा : कोरोना नियन्त्रणमा सहयोग गर्नेलाई सम्मान !

    बुंगद्यःया रथया बाँयम्वः व प्यम्ह नारायणद्यः भिंकेज्याया नितिं क्षमा पुजा !

    सुभाय् पोस्ट बिशेष

    महिला ‘सर्जन डाक्टर’ बन्न सक्दैनन् भन्ने धारणालाई चिर्दै डा.पलेस्वां जोशी

    मां ……!

    न्यव: !

    पूर्णिमाया “मतिनाया ख्वबि” विमोचन

    मातृभाषामा बोल्न पाइन्न ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: subhaypost@gmail.com

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2021: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑