व्यास नगरपालिकाको वडा नम्बर १ को तालघरे र वडा नम्बर ११ जोड्ने बुल्दि खोला माथि निर्मित पुलको बुधबार उद्घाटन गर्ने कार्यक्रम तय भएको थियो । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार दिउँसो १ बजे उद्घाटन गर्ने भनिएको पुलको नेकपा सर्मथित राष्ट्रिय युवा संघ नेपालले अवरोध गरेपछि तनाव भएको हो । पाैडेललाइ साँझ प्रहरीले रिहा गरेकाे छ । युवा सङ्घले नाराबाजी गर्ने, जिल्ला प्रशासन कार्यालय घेराउ गरिएको थियो र दमौलीमा मोटरसाईकल ¥याली गरेको थियो । यता नेपाली काँग्रेस निकट नेपाल तरुणदले पनि ठुलो सङ्ख्यामा युवा परिचालन गरी निषेध आज्ञा तोड्न लागेपछि सुरक्षाकर्मी र आन्दोलनकारीबीच झडप भएको थियो । आन्दोलनकारी सँगै रहुन भएका वरिष्ठ नेता पौडेललाई व्यास नगरपालिका–१ तालघरेबाट प्रहरीले गिरफ्तार गरेको हो ।
स्थिति तनाव भएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार दिउँसो निशेष आज्ञा जारी गरेको थियो । स्थिती तनावपूर्ण भएपछि ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । उक्त परिस्थितिलाई सामान्य बनाई शान्ति सुरक्षा कामय गर्ने स्थानीय प्रशसासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम बुधबार दिउसो १२ बजे देखि साँझ ६ बजेसम्म पुल वरवरको क्षेत्रमा निशेष आज्ञा गरिएको प्रमुख जिल्ला अधिकारी सागर आचार्यद्धारा जारी विज्ञेप्ततिमा जनाईएको छ । आन्दोलन भएपछि दुई घण्टा अघि देखि पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । काँग्रेसका कार्यकर्ताले निषेध आज्ञा छिचोल्दै छिचोल्दै पुल उद्घाटन क्षेत्रमा लागेपछि सुरक्षाकर्मीसँग झडप भएको थियो । स्थितिलाई नियन्त्रण लिन दुई राउण्ड हवाई फायर तथा केही अश्रुग्याँस प्रहार गरी आन्दोलनलाई तिरवितर गरिएको थियो । आन्दोलनका क्रममा नेपाली काँग्रेस तनहुँका सचिव लक्ष्मी आचार्य घाईते हुनु भएको छ । आचार्यको टाउकोमा चोट लागेको छ । निषेधआज्ञा जारी गरेकोले पुल उद्घाटन गर्न नपाएको भन्दै काँग्रेसका कार्यकर्ता आन्दोलनमा उत्रिएका थिए । आन्दोलनको नेतृत्व वरिष्ठ नेता पौडेलले गर्नुभएको थियो







डबलीदेखि चौतारीसम्मः जात्रादेखि गुह्य आगमसम्म नेपाली नृत्यको अद्भुत संसार
नेवाः खलः कास्कीया नायःखय् हाकनं अशोक पालिखे सर्वसम्मत
सुभाय् पोस्ट डटकमका अतिथि सम्पादक डा.राजु मानन्धरसहित १४ जना ‘नइ पुरस्कार २०२६’ बाट सम्मानित
राधाकृष्ण श्रेष्ठ: सम्पदा, संस्कृतिको सक्रिय अभियन्ता तथा जनतामाझ रहने युवा नेतृत्व


