• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
आज:  | Sat, 10, Apr, 2021
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • Videos
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • प्रवास
होमपेज / अन्तर्राष्ट्रिय

फाइजर कोरोना खोप सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको दाबी

सुभाय् संवाददाताNovember 19, 2020 मा प्रकाशित (४ महिना अघि) अनुमानित पढ्ने समय : १ मिनेट

द न्यूयोर्क टाइम्स /औषधि निर्माता कम्पनी फाइजर तथा बायोएनटेकले बनाएको कोरोना विरूद्धको खोप सुरक्षित र ९५ प्रतिशत प्रभावकारी भएको दाबी गरेको छ।
द न्यूयोर्क टाइम्सका अनुसार कम्पनीले बुधबार कोरोना विरूद्धको खोप ९५ प्रतिशत प्रभावकारी भएको बताएको हो। खोपको अन्तिम परीक्षणको प्रारम्भिक नतिजाहरूले कुनै गम्भीर असर नभएको पनि कम्पनीले दाबी गरेको छ।
नतिजाहरूका अनुसार यो खोपले कोरोना भाइरसबाट हल्का र गम्भीर असर परेकाहरूलाई जोगाउने कम्पनीको भनाइ छ। त्यस्तै वृद्धहरूमा भने यो खोप ९४ प्रतिशत मात्रै प्रभावकारी छ।
फाइजरका अनुसार यसले खोप उपलब्ध गराउन अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन (एफडिए) सँग केही दिनमै आकस्मिक अनुमति माग्ने छ।
‘यो विनाशकारी महामारी अन्त्य गर्न सहयोग पुर्‍याउने खोप अगाडि बढाउन ऐतिहासिक आठ महिने यात्राको अध्ययनको नतिजाले महत्वपूर्ण छाप छाडेको छ,’ फाइजरका प्रमुख कार्यकारी डा. अल्बर्ट बोउर्लाले विज्ञप्ति मार्फत भनेका छन्।
यदि एफडिएले दुई डोजको खोप बनाउन अनुमति दिए यो वर्ष अन्त्यसम्म ५ करोड डोज उपलब्ध गराउने कम्पनीले बताएको छ। अर्को वर्षसम्म भने एक अर्ब तीस करोड डोज उपलब्ध हुनेछ।
यसअघि प्रारम्भिक अनुसन्धानमा जर्मनीको कम्पनी बायोएनटेक र फाइजरले आफ्नो खोप ९० प्रतिशत प्रभावकारी भएको बताएको थियो। पछि सोमबार अर्को औषधि निर्माता अमेरिकी कम्पनी मोडेर्नाले प्रारम्भिक अनुसन्धान अनुसार आफ्नो खोप ९४.५ प्रतिशत प्रभावकारी भएको बताएको थियो।
फाइजर र बायोएनटेकले ४४ हजार जनामाथि परीक्षण गरेको थियो। त्यसमध्ये आधाले खोप लिएका थिए।
त्यसपछि अनुसन्धानकर्ताहरूले दुवै समूहका कति जनामा कोरोना देखिन्छ भनी हेरेका थिए। कम्पनीका अनुसार कुल एक सय ७० जना संक्रमितमा आठ जना खोप लिएका व्यक्तिहरू थिए।
त्यस्तै कुल संक्रमितमध्ये १० जनाको अवस्था गम्भीर थियो जसमध्ये एक जनाले खोप लिएका द न्यूयोर्क टाइम्सले लेखेको छ।
मोडेर्नाको परीक्षणमा भने सहभागीमध्ये ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो जसमध्ये पाँच जना संक्रमित खोप लगाएका व्यक्तिहरू थिए। संक्रमितहरूमा ११ जना गम्भीर अवस्थाका थिए तर उनीहरू कसैले पनि खोप लगाएका थिएनन्।
फाइजरले भने यो खोप जुनसुकै उमेर, जात र समुदायका व्यक्तिहरूमा उत्तिकै प्रभावकारी रहेको बताएको छ। उसको परीक्षणमा सहभागीमध्ये ३.७ प्रतिशतलाई भने खोपको दोस्रो डोज लिएपछि थकान महशुस भएको थियो। दुई प्रतिशतलाई टाउको दुख्ने समस्या देखेको थियो भने वृद्धहरूमा कम र हल्का असर देखेको कम्पनीले बताएको छ।
अमेरिकी संघीय स्वास्थ्य अधिकारीहरूका अनुसार खोपको पहिलो डोज सम्भवतः स्वास्थ्य अधिकारीहरूलाई नै दिइनेछ। त्यस्तै बढी जोखिममा रहेका वृद्धहरूलाई पनि दिइनेछ।
फाइजर र बायोएनटेकको खोप प्रभावकारीताबारे धेरै अध्येताहरूले सकारात्मक र उत्साहजनक टिप्पणी दिएका छन्।

सम्बन्धित पोस्ट
  • आज नेपालमा २८८ जना सङ्क्रमित थपिए
  • काठमाडौं पत्रकार महासंघमा काठमाडौंका रैथाने पत्रकार सून्य
  • बिस्का जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण
  • राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन
  • प्रतिक्रिया दिनुहोस

    Categories

    • Videos
    • अन्तर्राष्ट्रिय
    • अर्थ
    • उपत्यका
    • कला/मनोरंजन
    • खेलकुद
    • नेवाःख्यः
    • प्रवास
    • प्रविधि
    • बजार
    • मुख्य समाचार
    • राष्ट्रिय
    • विचार
    • व्यक्तित्व
    • समाचार
    • सम्पदा/संस्कृति
    • साहित्य
    • सुभाय् पोस्ट बिशेष
    • भर्खरै
    • समाचार
    • लोकप्रिय

    आज नेपालमा २८८ जना सङ्क्रमित थपिए

    काठमाडौं पत्रकार महासंघमा काठमाडौंका रैथाने पत्रकार सून्य

    बिस्का जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

    राष्ट्रपतिबाट विभिन्न महानुभावलाई मानपदवी, अलङ्कार र पदकबाट सुशोभन

    बुद्धले आफ्नो जीवन बिताउनु भएको भारतमा बुद्ध धर्ममाथि प्रहार

    छि स्याना: हत्या !

    रिता महर्जनया नेपाल भाषाया उपन्यास “हामा” पिदन

    महाकवि गिरिजाप्रसादयात लुमंकल !

    काठमाडौं पत्रकार महासंघमा काठमाडौंका रैथाने पत्रकार सून्य

    नेपालले जित्यो थ्री नेसन्स कप फुटबलको उपाधि , कप्तान विराज महर्जनको सुखद् संन्यास

    मेलम्चीकाे पानी वितरण शुरु कहाँ कुन समय पानी (सूची सहित)

    कोरोना भाइरस: महाराष्ट्रमा आइतवार देखि रातमा कर्फ्यू लगाइने!

    सृजनशील युवा चलचित्रकर्मी , साहित्यकार ,संचारकर्मी फूलमान बल नेपाल टेलिभिजनको महाप्रबन्धकमा नियुक्त

    सुभाय् पोस्ट बिशेष

    आज नेपालमा २८८ जना सङ्क्रमित थपिए

    काठमाडौं पत्रकार महासंघमा काठमाडौंका रैथाने पत्रकार सून्य

    बिस्का जात्राका लागि नगरपालिकाद्वारा घरघरमा स्वास्थ्य सामग्री वितरण

    बुद्धले आफ्नो जीवन बिताउनु भएको भारतमा बुद्ध धर्ममाथि प्रहार

    छि स्याना: हत्या !

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: subhaypost@gmail.com

    कार्यालय फोन- +977-१४२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् पोस्टका लागि

    संचालक तथा कार्यकारी सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ, राजेन्द्र महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    ग्राफिक डिजाईनर हिसी ज्यापु

    मार्केटिङ निना

    © 2021: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑