• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / सुभाय् पोस्ट बिशेष

हङकङ नेपाली रेस्टुरेन्ट आगलागी ११जनाको मृत्यु पुष्टि ,१४ घाइते, मृतकहरु आफन्त रहेको खुलासा


सुभाय् संवाददाताNovember 17, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं/ कयौं नेपालीको सपनाको शहर हङकङ, रोजगारी र अध्ययनको एउटा राम्रो गन्तव्य पनि हो। तर, सबैलाई सधैं सोचेकै जस्तो कहाँ हुन्छ र!
यस्तै भयो दुई नेपाली परिवारका लागि। काम गर्ने र केही कमाउने अनि खुशी र सुखी भएर जीवन बिताउने चाहना बोकेर त्यहाँ पुगेका दुई परिवारलाई सोच्दै नसोचेको बज्रपात आइपर्‍यो।
क्यान्टोन रोडस्थित याउ मा तेइ गल्लीमा नेपालीले सञ्चालन गरेको रेस्टुरेन्टमा आगलागी हुँदा जन्मदिन मनाइरहेका दुई परिवारका सदस्य विभत्स रुपमा बिदाई हुन पुगे।
मृतकहरू आफन्त रहेको पनि खुलेको छ। जन्मदिन मनाउन निम्ता गरिएका आफन्त र होटलका स्टाफ आगलागीमा परी ज्यान गुमाउन पुगेका हुन्।
आगलागीमा परेकाे परिवार दाजु र बहिनीकाे रहेकाे खुलेकाे छ। दाजु युवराज कँडेल र बहिनी तुलसी नेपालकाे परिवार आगलागीकाे विभत्स घटनामा परेकाे हाे।
को–को परे आगलागीमा?
नेपालीले नै सञ्चालन गरेको रेस्टुरेन्टमा भएको अत्यासलाग्दो आगलागीमा परी ७ जना नेपालीसहित ११ जनाको मृत्यु भएको हङकङ प्रहरीले पुष्टि गरेको छ। अन्य ९ जना घाइते भएका छन्। घाइतेमध्ये पनि केहीको अवस्था चिन्ताजनक रहेको छ।
आगलागीमा परी ज्यान गुमाउने सात नेपालीको सनाखत भइसकेको छ। उक्त आगलागीमा ज्यान गुमाउने नेपालीमा ३८ वर्षीय युवराज कँडेल, उनकी छोरी १३ वर्षीया कृतिका कँडेलको मृत्यु भएको छ।
त्यसैगरी युवराजका बहिनीज्वाइँ ३५ वर्षीय राजबाबु नेपाल, राजबाबुका जेठा छोरा ९ वर्षीय रायन नेपालको मृत्यु भएको छ। आगलागीमा घाइते भएका उनका कान्छा छोराको अवस्था चिन्ताजनक रहेको छ।
त्यसैगरी, ३९ वर्षीय शेरबहादुर गुरुङ, ३२ वर्षीया अनिता निरौला र ४० वर्षीया विनिता तामाङको पनि मृत्यु भएको छ।
केही घाइतेको अवस्था गम्भीर
आगलागीमा युवराज कँडेलकी श्रीमती गीता कँडेल र उनका भाइ कृष्णबहादुर कँडेल घाइते भएका छन्। हङकङको उच्च सरकारी स्रोतका अनुसार उनीहरू दुवैको अवस्था चिन्ताजनक छ।
घाइते कृष्ण कँडेलकी श्रीमती देवकी कँडेल, छोरी १८ वर्षीया सुरक्षा कँडेल र छोरा १३ वर्षका शालिग्राम कँडेल पनि आगलागीमा परी गम्भीर घाइते भएका छन्।
त्यस्तै मृतक विनिता तामाङका श्रीमान् मुकेश तामाङ, हस्तमाया धिमाल राई, सुवित्रा थापा र आङ लाक्पा नामका नेपालीको पनि गम्भीर अवस्था उपचार भइरहेको छ।                                   
युवराज कँडेलका ३ वर्षीय छोरा, उनकी दिदी तथा राजबाबु नेपालकी श्रीमती तुलसी नेपाल, राजबाबु र तुलसीका ७ वर्षीय कान्छा छोराको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
आइतबार राति भएको आगलागीमा परी तत्कालै ७ जनाको मृत्यु भएको थियो। १८ जना घाइतेमध्ये थप ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।
जन्मदिन मनाउने क्रममा बालिएको मैनबत्तीबाट आगलागी शुरु भएको थियो। आगलागी फैलिएपछि रेस्टुरेन्टका अधिकांश सामग्री नष्ट भएका छन्।
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद हङकङकी अध्यक्ष टीका गुरुङले नोभेम्बर १५ राति हङकङको जोर्डनस्थित रेस्टुराँमा भएको आगलागीमा परी घाइते भएका नेपालीको उपचार चलिरहेको बताइन्।
गुरुङले राहत र दुवैतर्फका सरकारसँग संयोजनको पहल गरिरहेको जानकारी दिँदै घाइतेहरूलाई उपचारको कमी हुन नदिन सबै नेपाली संघसंस्थाहरूसँग समन्वय गरिरहेको बताएकी छिन्।
हङकङ प्रहरीका एक प्रवक्ताले उक्त रेस्टुरेन्टले सञ्चालनका लागि अनुमति नलिएको प्रारम्भिक जानकारी आएको बताएका छन्। सो आगलागी हङकङमा गत एक दशकयता भएका सबैभन्दा खराब आगलागीहरूमध्ये एक भएको सरकारी अधिकारीहरूको भनाई छ।
साभार : Asia Sanchar

सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑