• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 05, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / अन्तर्राष्ट्रिय

वाइडेनको विजय कि राष्ट्रपति ट्रम्पको पराजय ?


सुभाय् संवाददाताNovember 8, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट
कृष्णराज खनाल
जो वाइडेन अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि विश्वभर विभिन्न प्रतिक्रिया उत्पन्न भएका छन् । अमेरिकी जनताको सर्वाधिक ठूलो प्रतिक्रिया भने यस्तो छ, यो निर्वाचनमा वाइडेन निर्वाचित भएका होइनन्, राष्ट्रपति ट्रम्प हारेका हुन् ।
एउटाको हारमा अर्काको जीत त हुन्छ नै । यसलाई जे जसरी अर्थ्याए पनि सही नै लाग्छ । तर सामान्यतया दोस्रो कार्यकालमा पराजय भोग्ने थोरै अभागी राष्ट्रपतिको सूचीमा राष्ट्रपति ट्रम्पको नाम पनि समावेश भएको छ ।
अमेरिका विश्वको पहरेदार सिपाही भएका कारण जो वाइडेनले राष्ट्रपतिको पदभार ग्रहण गरेपछि (जनवरी २०) देशभित्र र देश बाहिरका अनगन्ती समस्यासँग जुध्नुपर्नेछ । अमेरिकी मूल्य र मान्यतामाथि धावा बोलिएको ट्रम्प कार्यकालको समीक्षा गर्र्दै यसको पुनरुत्थान वा वापसीमा विशेष जोड दिनुपर्नेछ । स्वतन्त्रता र न्यायको आदर्श परिभाषा स्थापित गर्नुपर्नेछ । भत्किएका जनताका विश्वासलाई पुनः जागृत गर्नुपर्नेछ ।
देशभित्रको अहिलेको सबैभन्दा जल्दोबल्दो समस्या भनेको कोरोना भाइरसको आतंक नै हो । यसले करिब दुइ लाख ३४ हजार अमेरिकन नागरिकको ज्यान लिइसकेको छ । कोरोनाको कहरलाई हल्का रुपले लिएको कारण ट्रम्पको ह्वाइट हाउसबाट बहिर्गमन हुनुपर्ने एक प्रमुख कारकका रुपमा छ । यसबाहेक उनका बोलीचाली र व्यवहार, जनमानसमा भ्रम छर्ने र विज्ञानलाई नै चुनौती दिने किसिमका हल्का टिप्पणी र भूmटका पुलिन्दाहरुले उनको पराजयलाई मलजल गरेका हुन् ।
वाइडेनसँग राष्ट्र र परराष्ट्रसँगको बहुआयामिक नेतृत्व गर्नसक्ने क्षमता र आँट छ । करिब चार दशक लामो सिनेटरको अनुभव त छ नै उहाँसँग आठ वर्ष लामो उपराष्ट्रपतिको गहकिलो र दर्विलो अनुभव छ । त्यसमाथि उहाँले एक सक्षम र काविल महिला कमला ह्यारिसलाई उपराष्ट्रपतिको जिम्मा दिनुभएको छ । कमला अमेरिकाको २४४ वर्षको इतिहासमा उपराष्ट्रपति हुने पहिलो महिला हुनुहुन्छ । उहाँ क्यालिफोर्निया राज्यको पहिलो एटर्नी जनरल तथा पहिलो अश्वेत सिनेटर हुनुहुन्छ ।
वाइडेनका लागि यो समय बहुत कठिन छ । अमेरिकाको राजनीति विभाजित छ, ध्रुवीकृत छ । तँ नीलो र म रातो भन्ने आरोप प्रत्यारोप चलिरहेको छ । संसदमा एउटाले चिया खाएको ठाउँमा अर्को पार्टीको सांसद नजाने परिपाटीको विकास भएको छ । उहाँले यसलाई एउटै अमेरिका बनाउने भने पनि सहज भने छैन । अमेरिकामा कोरोना भाइरसलाई निराकरण गर्नसक्ने अचूक खोप नबनिसकेको परिप्रेक्ष्यमा उहाँले कसरी र कस्तो प्रकारले यसलाई सामान्य रुपमा ल्याउन सक्नुहुनेछ त्यो अमेरिकी जनताको प्रतीक्षाको विषय हो ।
उता यो निर्वाचन परिणामबाट माथिल्लो सदन सिनेटमा डेमोक्रेटिक पार्टीको बहुमत नआउने लगभग पक्का भएको छ । यसले उहाँले जनजीविका र राष्ट्रिय समस्या समाधानका लागि गर्ने अनेकन् उदार नीति तथा कानुन कार्यान्वयनहरुमा रिपब्लिकनले भाँजो हाल्नेछ । यसका लागि मिच म्याककोनेल तयार भएर बसेका छन् । ओबामाका लागि पिलो सावित म्याककोनेलले वाइडेनलाई साथी भनेर सहजै छाड्ने छैनन् ।
सेतो घरमा पुगेपछि विश्वभरका राष्ट्रहरुसँग नयाँ सम्पर्क, सम्बन्ध र सम्झौताहरु गर्नुपर्नेछ । यसका लागि उहाँले रातो दिन खट्नुपर्नेछ । ७८ वर्षीय वाइडेनका लागि यी सबै कुरा सम्भव हुँदैनन् । बेलाबेलामा उहाँको स्वास्थ्यले उहाँलाई पिरोलिरहन्छ । दुइ पटक मस्तिष्कको शल्यक्रिया गराइसक्नुभएका जो वाइडेन बेलाबेलामा बिर्सने समस्याबाट ग्रस्त हुनुहुन्छ । त्यसैले होला शायद राष्ट्रपति ट्रम्पले वाइडेनलाई बारम्वार स्लिपी जो भनेर आलोचना गर्ने गर्नुहुन्छ ।
जनताका चाहनाहरु यथेष्ट छन् । यो महाव्याधिका बेलामा झन् जनता अस्थिर र मानसिक रुपले बिरामी पनि छन् । मानिसहरु रोजगारी नपाएर पीडित छन् । स्वास्थ्य समस्या बग्रेल्ती छ । जलवायु परिवर्तनमा अमेरिकाको भूमिका कुन र कस्तो प्रकारले हुनेछ, शिक्षालाई कसरी अगाडि बढाउने भन्ने समस्या छ । यी सम्पूर्ण यावत् अमेरिका र विश्वव्यापी समस्यालाई समाधान गर्न काबिल हुनुहोस् शुभकामना ।
(खनाल अमेरिकामा कार्यरत पत्रकार हुन )
साभार
सम्बन्धित पोस्ट
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस
  • चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव
  • चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    सिड्नी साहित्यिक उत्सवमा भीम न्यौपानेको आत्मकथा ‘बादलमुनि बागलुङ’को लोकार्पण

    नृत्यशास्त्री वीणा जोशीको ग्रन्थ ‘नेवार समुदायका परम्परागत मुकुण्डोनाच’ सार्वजनिक

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपतिमा डा. माणिकरत्न शाक्यले पाए जिम्मेवारी

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    सुभाय् पोस्ट बिशेष

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    लुम्बिनी बौद्ध विश्वविद्यालय नवनियुक्त उपकुलपति डा. मणिकरत्न शाक्यद्वारा पदभार ग्रहण

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑