• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 15, May, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

क्षत्रपाटी निःशुल्क चिकित्सालयमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरबाट तीस लाख सहयोग


सुभाय् संवाददाताNovember 7, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट
काठमाडौँ /काठमाडौँको ‘कोर–सिटी’ मा अवस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालयको नवनिर्मित भवनमा लिफ्ट जडानका लागि काठमाडौँ महानगरपालिकाले तीस लाख रुपैयाँ अनुदान दिएको छ । २०१३ सालमा स्थापना भई ‘कोर–सिटी’ का नागरिकलाई निरन्तर स्वास्थ्य सेवा प्रवाह गर्दै आएको सो चिकित्सालयलाई काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको उपस्थितिमा उक्त रकम सहयोग गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।काठमाडौँ महानगरपालिकाका सहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापा र चिकित्सालयका तर्फबाट डाक्टर अध्यक्ष मनोजमान श्रेष्ठले सो सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।
सम्झौतापत्रमा हस्ताक्षरपछि सम्वोधन गर्दै काठमाडौँ महानगरपालिकाले स्वास्थ्य सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आएको भन्दै प्रमुख शाक्यले ‘कोर–सिटी’ का करीब तीन सय नागरिकलाई दैनिक सेवा प्रवाह गर्दै आएको निःशुल्क चिकित्सालयलाई आर्थिक सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो ।‘जनस्तरमा खुलेको र जनताकै सेवामा समर्पित चिकित्सालयलाई सहयोग गर्न पाउँदा खुशी लागेको छ,’ शाक्यले भन्नुभयो, ‘थप सेवा प्रवाह र चिकित्सालयको उन्नतिका लागि जनताको पनि अपनत्व महशुस गराउन जनसहभागिताबाट समेत सहयोग रकम जुटाउनुहोला । थप आर्थिक सहयोगका लागि काठमाडौँ महानगरपालिका तयार छ ।’प्रमुख शाक्यले चिकित्सालयको थप नयाँ भवन निर्माणका लागि आर्थिक वर्ष २०७७/०७८ मा रु पाँच करोड बजेट विनियोजन गरेको स्मरण गराउनुभयो ।
‘काठमाडौँ महानगरपालिका क्षेत्र भित्र ठूला–ठूला राष्ट्रियस्तरका अस्पताल छन् । ती अस्पतालमा ७७ वटै जिल्लाका नागरिकले सेवा लिइरहेका हुन्छन्,’ शाक्यले भन्नुभयो तर, यो ‘कोर–सिटी’ मा अवस्थित चिकित्सालयबाट यहाँका नागरिकले बढी सेवा लिइरहेका छन् । महानगर क्षेत्र भित्रका नागरिकलाई भरपर्दो सेवा दिन यस्ता अस्पतालको बढी महत्व हुन्छ ।तपाईँहरुले पनि त्यो महशुस हुने गरी काम गर्नुहोला । सहयोग गर्न महानगरपालिका तयार छ ।’ शाक्यले काठमाडौँ महानगरपालिका कोभिड–१९ रोकथाम र नियन्त्रणका लागि सबै मिलेर अघि बढ्नुपर्छ भन्ने हेतुका साथ लागिरहेको पनि स्मरण गराउनुभयो । ‘सेवा कस्ले दिने भन्दा पनि सबैले मिलेर सेवा दिनुपर्छ भन्ने मान्यताका साथ हामीले केही अत्यावश्यक स्वास्थ्य सामाग्री चरणबद्ध रुपमा सरकारी अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ,’ शाक्यले भन्नुभयो, ‘महानगरपालिकासँग भगिनी सम्वन्ध स्थापित नगरहरुले दिएका यस्ता अत्यावश्यक स्वास्थ्य सामग्री विरामीको बढी चाप रहेका अस्पतालहरुलाई हस्तान्तरण गर्दै आएका छौँ ।केही दिन अघि मात्रै हामीले कान्तिबाल अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेका थियौँ । शाक्यले त्यस अघि पनि काठमाडौं महानगरपालिकाले थापाथली स्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र विर अस्पताललाई कोरोना ९कोभिड १९० को परीक्षणका लागि पीसीआर मेसिनसहितका अत्यावश्यक सामग्री हस्तान्तरण गरेको जानकारी दिनुभयो ।कार्यक्रमलाई सम्वोधन गर्दै चिकित्सालयका अध्यक्ष डाक्टर श्रेष्ठले कोर–सिटी’ का नागरिकलाई प्राथमिकतामा राखेर स्वास्थ्य सेवा प्रदान गरिरहेको क्षत्रपाटी निःशुल्क चिकित्सालयलाई ठूलो सहयोग प्राप्त भएको बताउनुभयो । ‘२५ शैयाको चिकित्सालयले कोभिड–१९ को संक्रमण भयावह भैरहेका बेला पनि नागरिकको घर–दैलोमा नै पुगेर सेवा प्रदान गरिरहेको छ,’ श्रेष्ठले भन्नुभयो, ‘हामी चिकित्सालयलाई समयानुकुल विस्तार गर्दै र अत्याधुनिक सेवा प्रवाह गर्दै जाने चरणमा छौँ ।
यस्तो बेलामा महानगरपालिकाले गरेको यो सहयोग अतुलनीय छ ।’उहाँले करीब ३५ करोडको लगानीमा अत्याधुनिक भवन निर्माणको तयारीमा चिकित्सालय जुटिरहेको भन्दै सो भवन निर्माणका लागि पनि महानगरपालिकाले पाँच करोड सहयोगको प्रतिवद्धता व्यक्त गर्दा आफुहरु थप उत्साहित भएको जानकारी दिनुभयो । ‘हामी अहिले काठमाडौँ महानगरपालिका र जनसहभागितामा चिकित्सालयको अर्को अत्याधुनिक भवन निर्माण तयारीमा छौँ,’ उहाँले भन्नुभयो, ‘सो भवन निर्माणपछि हामी कोर–सिटी’ का नागरिकलाई अत्याधुनिक भवनबाट उच्चस्तरीय सेवा दिन सक्ने हैसियतमा पुग्ने छौँ।त्यो महानगवासीका लागि पनि गौरवको विषय हुनेछ ।’ उहाँले अहिले चिकित्सालयबाट मुटु, स्वासप्रश्वास, दन्त सेवालगायतका विशेषज्ञ स्वास्थ सेवा दिइरहेको पनि जानकारी दिनुभयो ।
courtesy:newsofnepal
सम्बन्धित पोस्ट
  • शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न
  • विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने
  • २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा
  • नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ‘जीवन पथ’: नेपाली टेलिभिजनमा कला, संस्कृति र जीवन दर्शनको सिनेमाटिक अभिलेख

    बुद्ध जयन्ती र काठमाडौँ-लुम्बिनी शान्ति साइकल र्‍याली: समृद्ध यात्राको एउटा पाटो

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    ‘शान्तिका लागि साइकल यात्रा’: काठमाडौंदेखि लुम्बिनीसम्म १०८ यात्रीहरू सहभागी हुने

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    शताब्दीका पदचाप र अजिको महादिव्य मुस्कान: एक अलौकिक अनुभूति

    पोखरामा भक्तपुरको झल्को दिने गरी ‘बिस्केट जात्रा’

    जापानको उत्तर-पूर्वी तटमा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प; सुनामीको चेतावनी जारी

    १३ औँ शताब्दीको महागौरी/पार्वतीको नृत्य भावको प्रस्तर मूर्ति -आफ्नै आसनमा विधिवत् पुन: स्थापित

    चैत्र १२ देखि सेतो मच्छिन्द्रनाथ रथयात्रा सुरु हुँदै: यस्तो छ जात्राको कार्यतालिका र तयारी

    एनआरएनए नागरिकता कार्यान्वयन हुनेगरी कानुन संशोधन गर्न माग

    ज्यापु दिवस : काठमाडौँ उपत्यकाका भूमिपुत्रको पहिचान, समृद्धि र सहअस्तित्वको पर्व

    सुभाय् पोस्ट बिशेष

    शान्तिका लागि १०८ यात्रीको साइकल यात्रा: स्वयम्भूबाट विदाई, पहिलो दिन हेटौंडामा सम्पन्न

    विश्व शान्तिका लागि साइकल यात्रा’: लुम्बिनीमा २५७०औं बुद्ध जयन्ती भव्य रूपमा मनाइने

    २५ वर्षकै उमेरमा उपसभामुख बन्दै रुबीकुमारी: इन्जिनियरिङदेखि संसदको उच्च ओहोदासम्मको यात्रा

    नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहद्वारा १५ सदस्यीय मन्त्रिपरिषद् गठन: ‘ड्रिम टिम’ले लियो शपथ

    एनआरएनए आईसीसी उपाध्यक्षमा रोजीना प्रधान राईको उम्मेदवारी: प्रवासी नेपालीका मुद्दा र महिला नेतृत्व मुख्य एजेन्डा

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑