• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

मंसिर १ गते नेपाल संवत् तथा म्हः पूजा मनाउन सबै नेवाः समुदायलाई आव्हान


सुभाय् संवाददाता November 2, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ११ मिनेट
यलु जाेशी
काठमाडौं / नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ ले मंसिर १ गते नेपाल संवत् तथा म्हः पूजा (आत्मा पूजा) मनाउन सबै नेवाः समुदायलाई आव्हान गरेको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार विक्रम संवत्को २०७७ को पात्रोमा नेपाल सम्वत परिवर्तन हुने दिन र म्हः पूजा औंसीको दिन तथा भाइटीका प्रतिपदाको दिन भनी उल्लेख भए पनि नेवाः समुदायले भने द्धितियाको दिनमा भाइटीका गर्ने निर्णय गरेको छ ।
नेवाः देय् दबूःको संयोजकनमा नेपालभाषा मंका खलः, नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१, राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानलगायत संस्थाहरुको सोमबार बसेको भर्चुअल बैठकबाट सो निर्णय गरेको जनाइएको छ ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ को संयोजक रमेश महर्जनको अध्यक्षतामा गरिएको बैठकमा नरेश ताम्रकार, रमेशमान पिया, ऋषिप्रसाद श्रेष्ठ, सुरेन्द्र बज्राचार्य, श्यामकृष्ण मानन्धर, मल्ल के सुन्दर, डा. चुन्दा बज्राचार्य, डा. पुष्पराज राजकर्णिकार, सुरजबीर बज्राचार्यलगायतका प्रतिनिधिहरुले भाग लिनुभएको थियो ।
सो बैठकले कोरोना भाइरस संक्रमणको कारण नेपाल संम्वत् न्हूदँया (नयाँ वर्ष)को अवसरमा साँस्कृतिक ¥याली तथा सभा समारोह भिडभाड नगरी मनाउन पनि आग्रह गरिएको छ ।
नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति ११४१ का संयोजक रमेश महर्जनले नेपाल संवत्को सुरुकालदेखि नै कछलाथ्व प्रतिपदामा म्हः पूजा मनाउँदै आइरहेको दाबी गर्नुभयो ।
देवकार्य र उत्सवहरूमा सूर्योदयको समयमा विद्यमान तिथिलाई सोही दिनको तिथि मानी पर्व मनाउँदै आएको तथ्य रहेको पनि महर्जनले जानकारी दिनुभयो ।
यसरी कछलाथ्व प्रतिपदाका दिन नववर्ष, यसको अघिल्लो दिन कौलागा औंसी (नेपाल संवत्को अन्तिम दिन) लक्ष्मीपूजा र नववर्षको भोलिपल्ट यम द्वितीयामा भाइटीका सनातनकालदेखि मनाउँदै आइरहेको उहाँले प्रष्ट पार्नुभयो ।
संस्कृतिविद् डा. सत्यमोहन जोशीका अनुसार राष्ट्रिय विभूति शङ्खधर साख्वाले इस्वी सन् ८८० तिर ऋणको मारमा परेका गरिब नेपाली जनताका ऋण चुक्ता गरिदिनुभएको थियो । सबै जनताको ऋण तिरेर नेपाललाई ऋणमुक्त बनाएको खुसियालीमा भक्तपुरका तत्कालीन राजा राघवदेवको आज्ञाले वि.सं. ९३७ देखि नेपाल संवत् स्थापना भएको जनश्रुति रहेको छ । प्रत्येक वर्ष तिहारको दीपावली मनाएपछि भोलिपल्ट नेपाल संवत् फेरिने गर्छ । संस्कृतविद् गणेशराम लाछीका अनुसार चन्द्रमासका आधारमा कार्तिक शुक्ल पक्षको प्रतिपदा तिथिबाट ऐतिहासिक नेपाल संवत् परिवर्तन हुने गर्छ । यसमा ३५४ दिनको एक वर्ष हुन्छ भने प्रत्येक तीन वर्षमा अधिकमास आउनाले १३ महिनाको वर्ष हुन्छ । सो अधिक महिनालाई नेपालभाषामा अनलागा भनिन्छ ।
(courtesy : gorkhapatraonline)
सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑