• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 26, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

काठमाडौंमा मात्र २००८ जना संक्रमित , जताततै खुल्ला फुटपाथ र भीड, कोरोना नियन्त्रणका निम्ति प्रयास नगरेको भन्दै सरकारप्रति स्थानीय बासिन्दा आक्रोशित !


सुभाय् संवाददाता October 19, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / दुखपूर्वक भन्नुपर्छ सरकारका सम्बन्धित निकाअयले कार्य व्यवस्थापन सहि तारीकाले गर्न नसकेपछि आज मात्र काठमाडौं उपत्यकामा २,३८८ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौंमा मात्र २००८ जना संक्रमित आज थपिएका छन्।
काठमाडौंका बाटाहरुमा पाइला टेक्ने ठाउँ छैन । त्यसमाथि काठमाडौंको मुटु मानिने इन्द्रचोक, असन , न्युरोडका मानिस हिंड्ने पेटीहरुमा खुलेआम फुटपास पसलहरु राखिएको छ । स्थानीयहरुको चर्को बिरोधका बाबजुद महानगर पालिकाको नियम बिपरित यसरी फुटपाथ पसल राख्दा पनि स्थानीय निकायले केही गर्न सकेको छैन । यस्तै अवैधानिक कार्यलाई व्यवास्थित गर्न खडागरिएको महानगरीय प्रहरी मौन छ । यसको अर्थ हुन आउँछ महानगरले पनि फुटपाथलाई बेवास्ता गरेको छ ।
उता ललितपुर महानगर पालिकाका महानगरीय प्रहरी प्रमुखले त्यहाँका सबै फुटपाथ पसल हटाउने र नियम बिपरित रहेका सबै किसिमका कुराहरूको व्यवस्थापन गरेर वाहवाही पाइरहेका छन् ।
यता महानगरीय प्रहरी निकम्मा र भ्रष्टको बिल्ला लागिरहेको छ ।
काठमाडौंमा अहिले सबैभन्दा बढी कोरोना संक्रमित बढिरहेको छ । भीडभाडले अझ संक्रमण बढाउँछ सबैलाई थाहा छ तर महानगर पालिकाले भीडलाई नियन्त्रण गर्ने कुनै ठोस काम गर्दै नगरेको स्थानीय महानगरबासीको गुनासो रहेको छ ।
आज काठमाडौं उपत्यकामा २३८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा मात्र सबैभन्दा बढी २००८ जना थप संक्रमण पुष्टि भएको छ । यो भयावह छ। यस अवस्थामा बढेको यो भीडले संक्रमण अन्धाधुन्ध रुपमा फैलन सक्ने विष्लेषकरुको दाबी रहेको छ । सरकारले कोरोनाको उपचार मात्र हैन कि कोरोनाका कारघरमा मृत्यु भाएकाको समेत व्यवस्थापन गर्न नसकिने बताइरको बेला काठमाडौंमा यस्तो किसिमको भयावह संक्रमण देखिएको छ । महानगर पालिका ,प्रदेश सरकार र संघीय सरकारले पनि यसलाई नियन्त्रण गर्न कुनै ध्यान नदिएको भन्दै स्थानीय बासिन्दा क्रुद्ध र हतास बनेका छ्न् ।
मन्त्रालयका अनुसार आज ललितपुरमा २८१ र भक्तपुरमा ९९ जना नयाँ सङ्क्रमित पहिचान गरिएको जनाएको छ ।
आज देशैभरि ३७९० सङ्क्रमित थपिएका छन् ।

सम्बन्धित पोस्ट
  • सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह
  • शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता
  • “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् पोस्ट बिशेष

    सचेतनाका लागि : असोज ८ देखि १२ गतेसम्म भारी वर्षाको सम्भावना, जोखिम क्षेत्रका नागरिकलाई पूर्वतयारी गर्न आग्रह

    शान्ति खलःको सम्मान कार्यक्रममा सांसद श्रेष्ठको विकास निर्माणमा सहकार्य गर्ने प्रतिबद्धता

    “चेतावनी आयो, तर हामीले पत्याएनौँ ” – ‘हिमाली सुनामी’ प्रहार बेत्रावतीको स्मरण

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑