• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / मुख्य समाचार

रथारोहण निश्चित, रथयात्रा अनिश्चित


सुभाय् संवाददाताJuly 24, 2020 मा प्रकाशित (५ साल अघि) अनुमानित पढ्ने समय : १० मिनेट
सुनील महर्जन,ललितपुर 
काठमाडौं / पटक पटकको स्थगितपछि अन्ततः ललितपुरको प्रसिद्ध रातो मच्छिन्द्रनाथको रथारोहण भोलि शनिबार हुने निश्चित भएको छ, तर रथयात्रा भने अझै टुंगो लागेको छैन । ‘दैवज्ञ कीर्तिमदन जोशीले दिनुभएको शुभ साईत १२ बजेर ५ मिनेट जाँदादेखि १२ बजेर १५ मिनेटसम्ममा रातो मच्छिन्द्रनाथको रथारोहण हुनेछ ।’ सरोकारवालाहरुको भेलाको नीष्कर्ष सुनाउँदै ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले भन्नुभयो । असार १० गते रथारोहण गर्ने आफ्नो अघिल्लो दिनको पूर्ववत निर्णयलाई गुठी संस्थानले श्रावण ७ गते बुधबार फेरी स्थगित गरेपछि रथारोहण पुनः अनिश्चित बनेको थियो । यस अघि पनि असार २४ गते तय गरिएको रथारोहण पनि संस्थान स्वयंले अन्तिम समयमा आएर स्थगित गरेको थियो भने बैशाख १२ गते रथारोहणको तिथि लकडाउनको कारण देखाउँदै स्थगित गरिएको थियो । संस्थानले पटक पटक मिति तय गर्ने र अन्तिम आएर स्थगित गर्ने कार्यप्रति सरोकारवालाहरुले असन्तुष्टि जनाउँदै आएको छ ।
यस अवस्थामा ३२ पानेजु संघसहित ज्योतिषी, गुठीयार अन्य सरोकारवालाहरुले श्रावण १० गतेको साईतको दिनमा रथारोहण गर्न नसके यस वर्ष रथारोहण टर्ने सम्भावना रहेको विषयमा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट र महानगरपालिकाका मेयर महर्जन समक्ष विहीबार ध्यानाकर्षण गराएका थिए ।
ध्यानाकर्षण गराउने क्रममा महानगरपालिकाको सभाहल भएको सरोकारवालाको बैठकको नीष्कर्ष प्रस्तुत गर्दै मेयर महर्जनले भन्नुभयो ‘ यस निर्णय बारे प्रमुख जिल्ला अधिकारी भट्टलाई जानकारी दिन भोलि शुक्रबार जिल्ला प्रशासन कार्यालय जाने छौं । त्यहाँ हुने छलफलका लागि तपाईहरु पनि थप गृहकार्य गरेर आउनुहोला ।’ शुक्रबार साँझसम्म कार्यालयमा सरोकारवालाहरुको बैठक चलिरहेको छ ।
सो बैठकमा पानेजु कपिलदेव बज्राचार्यले मच्छिन्द्रनाथको स्नानदेखि र रथारोहणसम्मका लागि धार्मिक र तान्त्रिक विधिपूर्वक गर्नुपर्ने सबै विधि र प्रक्रियाहरु पुरा गरिसकेको उल्लेख गर्दै पुल्चोकमा बनाइएको रथमा मच्छिन्द्रनाथको रथारोहण गर्नुपर्नेमा जोड दिनुभयो । ‘मच्छिन्द्रनाथलाई स्थान गराएदेखि धार्मिक गर्नुपर्ने कर्म संस्कार क्रमशः गर्दै आएका छौं । रथारोहण भएन भने धार्मिक र तन्त्र साधना अनुरुप विधि पुरा हुँदैन । त्यसैले रथारोहण गर्नुपर्दछ ’ नेवाः पत्रकार राष्ट्रिय दबू ललितपुरले शुक्रबार आयोजना गरेको पत्रकार भेटघाटमा भन्नुभयो ‘स्वास्थ्य सजगता अपनाउँदै रथारोहण कार्य गर्नुपर्दछ । यो सनातनी परम्परालाई यो वा त्यो बहानाले रोक्नु हुँदैन । जात्रा गर्ने वा नगर्ने अर्को पाटो हो, तर धार्मिक विधि विधान पु¥याउनुपर्दछ ।’
रथारोहणको लागि तबहालमा एउटा पाटीमा राखिएको मच्छिन्द्रनाथलाई पुल्चोकमा ल्याउन दुई दिनदेखि तयारी अघि बढाइएको छ ।मच्छिन्द्रनाथ बनाउने यँग्वाल र बाराहीहरु शुक्रबार दिनभर रथारोहणका लागि मच्छिन्द्रनाथको रथ मिलाउने कार्यमा निकै सक्रिय भएर लागेको थिए । बाराही नाईके दिलबहादुर बाराही स्वयं मच्छिन्द्रनाथ राख्ने खट मिलाउने, रथको अघिल्लो पंक्तिमा धोमा राख्ने कार्यमा खटिएका थिए ।
रथयात्रा अनिश्चित
परम्परा अनुसार रथारोहण गराइएको चारदिनभित्रमा रथयात्रा गर्नुपर्ने परम्परा रहेको छ । रथयात्राको समय घर्किदै गएकोले चाँडोभन्दा चाँडो रथयात्रा गर्नुपर्र्ने दैवज्ञ  जोशीको सल्लाह रहेको छ । ‘मलमास भन्दा अगावै रथयात्रा सम्पन्न गराएर रातो मच्छिन्द्रनाथलाई बुंगमती लग्नुपर्ने बाध्यात्मक अवस्था रहेको छ । त्यसकारण हामीसंग धेरै समय छैन । रथयात्रा सम्बन्धी काममा विलम्ब गर्ने अवस्था छैन ।’ दैवज्ञ जोशीले भन्नुभयो ।
तर रथयात्राको व्यवस्थापकीय सवालमा अनिर्णयको बन्दी हुँदा रथयात्रा भने टुंगो लाग्न सकेको छैन । रथयात्राको व्यवस्थापनमा सघाउने भनेर जिल्ला प्रशासन कार्यालयबाट लिखित प्रतिबद्धता नआएसम्म ज्यापू समाजले मात्र निर्णय गर्न सक्ने परिस्थिति नभएको भन्दै ज्यापू समाज यलका अध्यक्ष चन्द्र महर्जनले महानगरपालिकामा भएको सरोकारवाला बैठकमा भन्नुभयो ‘शान्ति सुरक्षाको पाटो, रथ तान्न बेला भक्तजनहरुको व्यवस्थापन लगायत विभिन्न विषयमा प्रशासनले सघाउने लिखित पत्र नआएसम्म आफूलाई अघि नबढ्न समाजमा आबद्ध ४० टोलका नाईकेहरुको आग्रह गरेको छ । ’२०६२ सालदेखि समाजले रथयात्रालाई शान्ति र व्यवस्थापूर्वक अघि बढाउन भूमिका निर्वाह गर्दै सयौं स्वयंसेवक परिचालन गर्दै आएको छ ।
साभार: न्युजअफनेपाल
सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑