काठमाडौं / बुधबार रथमा राख्न तयारी भएको अन्तिम समयमा आएर ललितपुरको जिल्ला प्रशासन कार्यालयले यसमा रोक लगाएको खबर छ । कोरोनाका कारण भीड गर्न नमिल्ने भन्दै यसरी रथारोहण रोक्न जिल्ला प्रशासन कार्यालय ललितपुरले
गुथी संस्थान मार्फत सम्बन्धित ब्यक्तिलाई पत्र लेखेर यस बारे जानकारी गराएको छ । योसँगै रोकिएको मच्छिन्द्रनाथ जात्रा यो वर्ष नहुने देखिएको छ ।
उपत्यकाको सहकालका देवताको रुपमा मानिने यी बुंग:द्यो को जात्रा उपत्यकाको सबैभन्दा लामो जात्राको रुपमा लिने गरिन्छ ।
गत बैशाखमै हुनुपर्ने यस देवताको जात्रा लकडाउनका कारण रथारोहण रोकिएको थियो भने केही दिन अगाडिमात्र यसको जात्रा गर्न रथ बनाइएको थियो ।
मंगलबार गूठी संस्थानले जात्रा सम्बन्धित व्यक्तिलाई पत्र काटेर २०७७ साल असार २४ गते बिहिवार हुने मछिन्द्रनाथको रथारोहण कायक्रम सिडियोद्वारा स्थगित गरेको जनाएको छ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५