
काठमाडौँ / सरकारले नेपाल प्रहरीको महानिरीक्षक पदमा एआईजी शैलेश थापा क्षेत्रीलाई नियुक्त गर्ने निर्णय गरेको छ । उनी नेपाल प्रहरीको २८ औँ महानिरीक्षक हुनेछन् । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीको असार २४ मा उमेरका कारण अवकास हुँदैछ । आज मंगलबार बालुवाटारमा बसेको मन्त्रीपरिषद्को बैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको जानकारीमा आएको छ ।
महानिरीक्षक पदका लागि एआईजीद्वय शैलेश थापा र हरिबहादुर पाल पनि प्रतिस्पर्धामा भए पनि सरकारले वरियतामा एक नम्बरमा रहेका थापालाई नै आईजीपी बनाउने निर्णय गरेको हो । वि. सं. २०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए ।
प्रहरी महानिरीक्षकको सचिवालयमा बसेर काम गरिसकेका उनले यसअघि नेपाल प्रहरीको केन्द्रीय प्रवक्ता रुपमा काम गरेका थिए ।




सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५