काठमाडौं/ काठमाडौं उपत्यकामा बिस्तारै कोरोनाले आफ्नो रुप देखाउन थालेको छ । अहिलेसम्म उपत्यकाका विभिन्न २३ स्थानमा कोरोना सङ्क्रमित फेला परेका छन्। पछिल्लो २४ घण्टामा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्रै २८ जनामा सङ्क्रमण देखिएको छ ।
काठमाडौंको चन्द्रागिरि, बूढानीलकण्ठ, धुम्बाराही, तारकेश्वर, गोल्फुटार, ट्याङ्लाफाँट, धापासी, वसुन्धारा, नैकाप, टेकु, हाँडीगाउँ र कुलेश्वरमा सङ्क्रमित भेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले जानकारी दिए।
उनका अनुसार ललितपुरको धोवीघाट, चापागाउँ, कुपण्डोल, ग्वार्को, खाङ्वुबहाल, गोटीखेल, भैँसेपाटी, गोदाबरी र ठेचोमा कोरोना संक्रमित देखिएका छन् ।त्यसैगरी भक्तपुरको बालकोट र गट्ठाघरमा सङ्क्रमण भेटिएको छ ।
आज काठमाडौँमा १४, ललितपुरमा १० र भक्तपुरमा ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
लकडाउनको बेला काठमाडौं प्रवेश कडा गरिएको बेला र लक डाउन खुकुलो भएको बेलामा पनि काठमाडौं प्रवेश गर्न यहाँभित्र प्रवेश गर्न यहाँको स्थानीय निकायको स्वीकृति लिनुपर्ने व्यवस्था सरकारले नै गरेपनि यसबीच उसले काठमाडौंमा लाखौं मानिस प्रभावित क्षेत्रबाट प्रवेश गर्दा पनि रोकेन । यसरी संक्रमित क्षेत्रबाट आएका मानिसहरूका कारण काठमाडौंमा समुदायमा समेत कोरोना फैलिसकेको अवस्था छ ।
हिजो ५४ जना आज २३ जना संक्रमण पुष्टि भैसकेको छ । अझ परिक्षण व्यापक रुपले गर्ने हो भने योभन्दा धेरै संक्रमित भेटिने कुरा निर्विवाद नै देखिन्छ । यस्तो विषम परिस्थितिमा पनि यतिबेला स्थानीय सरकार ,प्रदेश सरकार , केन्द्र सरकारले अहिले कुनै नयाँ योजना ल्याएको देखिंदैन ।
काठमाडौंमा अहिले सरकारले कुनै उपाय नगरे यहाँको अबस्था निकै खतरापूर्ण हुनसक्ने बिज्ञहरुले धेरै अगाडिदेखि भन्दै आएका थिए ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५