• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 15, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

संघनायक ज्ञानपूर्णिक महास्थविरको राष्ट्रिय सम्मान सहित अन्तिम संस्कार


सुभाय् संवाददाता July 5, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं/ नेपाली थेरवादी भिक्षुहरु मध्ये सर्वोच्च पदमा आसिन संघनायक ज्ञानपूर्णिक महास्थविरको आइतबार बागमति किनारमा रहेको ललितपुरको शंखमुल घाटमा अन्तिम संस्कार गरियो ।
उपचारका क्रममा संघनायक ज्ञानपूर्णिक महास्थविरको शुक्रबार ८१ वर्षको उमेरमा शुक्रबार बिहान ४.३५ बजे सुमेरु अस्पतालमा  निधन भएको थियो । उहाँ मधुमेह तथा उच्चरक्तचाप बाट पीडित हुुुुुुनुहुन्थ्यो । मृगौलाले काम गर्न छोडेका कारण उहाँको डायलोसिस गरि उपचार भइरहेको थियो ।

उहाँको अन्तिम संस्का थेरबाद परम्परा अनुसार गारिएको थियो ।उहाँको पार्थिव शरिरमा कार्यबाहक संघनायक बोधिसेन महास्थविर, अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष मैत्री महास्थविरले अग्निदान दिनुभएको थियो । त्यसपछि अरु भिक्षु भिक्षुनि तथा उहाँको परिवारका तर्फबाट अग्निदान गारिएको थियो । उहाँको अन्तिम संस्कार गर्ने जिम्मा काठमाडौंको योगाम्बर गुथिले लिएको थियो ।

यसअघि उहाँको पार्थिव शरीर राखिएको  मीनभवनस्थित विश्वशान्ति विहारको धम्महलमा उहाँप्रति सुगतिको कामना गर्दै कार्यवाहक संघनायक बोधिसेन महास्थबिरको अगुवाइमा भिक्षु महासंघले मरणानुस्मृति पारित्राण पाठ गर्नुभएको थियो ।  अपरान्ह २ बजे  शवयात्रामा शुरुभएको थियो । सवयात्रामा भन्ते, गुरुमां तथा  गन्यमान्य व्यक्तिहरुका साथैहजारौंको संख्यामा उपासक उपासिका समेत सहभागी  भएका थिए।
यसअघि उहाँको पार्थिव शरीर राखिएको  मीनभवनस्थित विश्वशान्ति विहारको धम्महलमा उहाँप्रति सुगतिको कामना गर्दै कार्यवाहक संघनायक बोधिसेन महास्थबिरको अगुवाइमा भिक्षु महासंघले मरणानुस्मृति पारित्राण पाठ गर्नुभएको थियो । त्यसैगरी अनागारिकाहरु, लामा भिक्षुहरु एवं वज्राचार्य गुरुजुहरुले आआफ्नो रीति अनुसार उहाँ संघनायकको निर्वाण कामना सहित पाठ गर्नु भएको थियो ।
उहाँको निधनप्रति राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपि शर्मा ओलीले समवेदना सन्देश पठाउनुभएको थियो ।
शुक्रबार देखि उहाँको पार्थिव शरिर राखिएको स्थल विश्वशान्ति विहारमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराइ, प्रधानमन्त्री पत्नी राधिका शाक्य, पूर्व प्रधानमन्त्री झलनाथ खनाल, पूर्वमन्त्री बुद्धिराज वज्रचार्य, माननीय कृष्ण गोपाल श्रेष्ठ, माननीय शोभा शाक्य आदि व्यक्तित्वहरु आएर श्रद्धान्जलि अर्पण गर्नुभएको थियो । यसका साथै धर्म गुरु रत्नश्री राणा रिम्पोछे, ताशी गुरु, धर्मोदय सभाका अध्यक्ष यज्ञमानपति वज्राचार्यले तथा विपश्यनाचार्य रुपज्योति लगायतले  श्रद्धान्जलि व्यक्त गर्नुभएको थियो ।
यसका साथै श्रीलंका, थाइल्याण्ड आदि देशका राजदूत तथा प्रतिनिधिहरु पनि उपस्थित भएर समवेदना व्यक्त गुर्नुभएकोे थियो ।
१९९६ सालमा पाल्पाको  तानसेनमा जन्मिनुभएका ज्ञानपूर्णिक महास्थविर अखिल नेपाल भिक्षु संघका पूर्व अध्यक्ष र विश्व शान्ति महाविहारका प्रमुख पनि हुनुहुन्थयो । उहाँकै नेतृत्वमा लुम्बिनी बौद्ध विश्व विद्यालय अन्तर्गत थेरवादको पढाइ हुने थेरवाद बुद्धिष्ट एकेदमी पनि शुरु भएको थियो । उहाँले बौद्ध साहित्ययका  गहन विषयमा ७० वटाभन्दाबढी पुस्ततकहरुको लेेेखन अनुुुवाद गर्नुुुभएको थियो । नेपालमा बौद्ध धर्मको पुनर्जागरणमा ज्ञानपूर्णिक महास्थविरको भूमिकालाई विश्वकै बौद्ध समुदायले उच्चमूल्यांकन गरेको पाइन्छ ।
“उहाँको निधनले थेरबाद बौद्ध धर्म क्षेत्रमा अपूरणीय क्षति भएको छ । विशेष गरेर गहन बौद्ध साहित्य अध्ययन गर्नेहरूका निम्ति ठूलो अभाव महसुस गरिनेछ । ” एक बौद्ध विद्वानले बताउनुभयो ।

सम्बन्धित पोस्ट
  • शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    शंखरापुर वडा कप फुटसलको उपाधि हरहर महादेवलाई

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑