• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

स्थानीय बिषयकाे पाठ्यक्रम नेपाल भाषामा पढाइने


सुभाय् संवाददाता June 19, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / काठमाडौं महानगर पालिकाले काठमाडौंका विद्यालयहरुमा नेपाल भाषामा पाठ्यक्रम बनाइ उपत्यकाका विद्यालयहरुमा यस क्षेत्रको मातृभाषा नेपाल भाषामा पढाई गर्ने भएको छ । यस सम्बन्धमा महानगरको नगर सभाबाट नीति तथा कार्यक्रम सावजनिक गर्दै काठमाडाैं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले भने “विद्यालय शिक्षामा नेपाल भाषाको स्थानीय पाठ्यक्रम बनाई लागु गरिने छ ।’
२ सय ५९ बुँदा रहेको नीति तथा कार्यक्रम जनस्वास्थ्य सेवा सुधार, विद्यालय शिक्षा सुधार, खाद्य सुरक्षा, उद्यमशीलता तथा रोजगारी प्रबर्द्धन, आवागमन ब्यबस्थापनलगायतमा विशेष केन्द्रित रहेको छ ।
‘यसरी निर्माण गर्ने पाठ्यक्रममा उपत्यकाको भाषा, रहनसहन, संस्कृति, सम्पदा लगायत नैतिक शिक्षालाई समेत समेटिने छ ।’ प्रमुख शाक्यले भने, ‘महानगरभित्रका विद्यालयहरुको गुणस्तर सुधार गरी समयानुकुल बनाउन शिक्षाविद्हरू सम्मिलित एकीकृत शिक्षा व्यवस्थापन योजना तर्जुमा समिति गठन गरी शिक्षा योजना तर्जुमा गरिने छ ।’
महानगरपालिकाले जीवनउपयोगी, व्यावसायिक एवं प्रविधियुक्त पूर्वाधार सहित नैतिक तथा मनोवैज्ञानिक शिक्षामा जोड दिई विद्यालयको समग्र शैक्षिक गुणस्तरमा सुधार गर्ने नीति लिएको छ ।
विद्यालयहरूबीच वार्षिक रूपमा आविष्कार प्रतिस्पर्धाको आयोजना गरी विद्यार्थीहरूको सिर्जनशीलतालाई प्रोत्साहन गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ,’ ‘सामुदायिक विद्यालयहरूमा अनलाइन तथा दूर शिक्षाको माध्यमबाट पनि पठनपाठन गराउन सकिने गरी आवश्यक पूर्वाधारको व्यवस्था गरिनेछ । महानगरपालिकाको आफ्नै एक प्रविधिमैत्री सिटी लाइब्रेरी स्थापना गरी सञ्चालन गरिनेछ ।’
बाल शिक्षा, प्राथमिक तहको शिक्षा, आधारभूत तहको शिक्षा र माध्यमिक तहको शिक्षालाई विशिष्टिकृत गर्दै लगिनेछ,’ नीति तथा कार्यक्रम सावजनिक गर्दै प्रमुख शाक्यले भने ।
‘सबै सामुदायिक माध्यमिक विद्यालयहरूमा विज्ञान तथा कम्प्युटर प्रयोगशाला स्थापना तथा स्तरोन्नति गरिनेछ । छनौट भएका विद्यालयहरुमा STEAM Club स्थापना गरी विज्ञान, प्रविधि, इञ्जिनीयरिङ्ग, कला र गणितमा आधारित आविष्कारका विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
महानगरपालिकाले विद्यालयको पढाई बिचैमा छोड्ने विद्यार्थीहरूको मनोबललाई उच्च गर्न आवश्यक पूर्वाधार निर्माण गरी बालमैत्री शिक्षण पद्धतिलाई अबलम्बनगर्ने, स्थानीयबासी, जेहेन्दार, गरिब, विपन्न तथा अपाङ्गता भएका वालवालिकालाई आवश्यकतानुसार पाठय्पुस्तक, पाठ्यसामाग्री र पोसाक लगायतका सामाग्री उपलब्ध गराई अभिभावकत्व प्रदान गर्ने कार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑