• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Tue, 22, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  अन्तर्राष्ट्रिय

असार १६ गतेसम्म लकडाउन भारतमा, नेपालमा जेठ ३२सम्म


सुभाय् संवाददाता May 30, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौँ/भारतमा लकडाउन एक महिनाका लागि थप गरिएको छ । भारतमा चौथो चरणको लकडाउन आइतबार समाप्त हुँदै थियो । यसैगरी नेपालमा पनि नेपाल सरकारले जेठ ३२ गतेसम्म लकडाउन बढाइएको छ ।नेपालमा आउँदो २० गते लकडाउन  समाप्त हुँदै गरेको थियो ।
भारतको केन्द्रीय सरकारले जुन ३० सम्म लकडाउन थप्ने निर्णय गर्दै चरणगत् रुपमा सबै आर्थिक गतिविधिहरू सङ्क्रमणमुक्त क्षेत्रमा सुरु गरिने जनाएको छ । सरकारले जारी गरेको निर्देशिकामा सङ्क्रमित क्षेत्रमा लकडाउनको कठोर पालना गराउन निर्देशन दिइएको छ । हिन्दूस्तान टाइम्सका अनुसार गृह मन्त्रालयले नयाँ निर्देशिका प्रान्तीय सरकार र केन्द्र प्रशासित प्रान्तसँग विभिन्न चरणमा छलफलपश्चात जारी गरेको जनाएको छ । गृहमन्त्री अमित शाहले बिहीबार सबै प्रान्तका मुख्यमन्त्रीहरूसँग छलफल गर्नुभएको थियो । लगत्तै उहाँले प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटघाट गर्नुभयो ।
निर्देशिकाबमोजिम जुन ८ देखि सार्वजनिक पूजास्थल तथा मन्दिर, होटेल, रेष्टुरेन्ट र अन्य सेवा क्षेत्र तथा शपिङ मल खुला गरिनेछ । यद्यपि स्वास्थ्य मन्त्रालयले यी स्थलहरू सञ्चालनका लागि मापदण्ड निर्धारण गर्नेछ ।
दोस्रो चरणमा विद्यालय, कलेज सञ्चालन गरिनेछ । प्रान्तीय सरकारलाई संस्थागत रुपमा अभिभावक, विद्यालय र कलेजसँग परामर्श गर्न गृह मन्त्रालयले सुझाव दिएको छ । जुलाई महिनामा विद्यालय, कलेज सञ्चालन गर्ने गरी तयारी गरिएको छ ।
थोरै मात्रै गतिविधि सञ्चालनमा बन्देज लगाइनेछ । जसअन्तर्गत अन्तर्राष्ट्रिय उडान, मेट्रो रेल सञ्चालन, स्विमिङ पुल, मनोरञ्जन पार्क, सभागृहलगायतमा गतिविधि सञ्चालनमा रोक यथावत रहनेछन् । सामाजिक, खेलकुद, राजनीतिक, सांस्कृतिक तथा पर्व उत्सव मनाउन तेस्रो चरणसम्म पर्खिनुपर्नेछ ।
स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको मापदण्ड बमोजिम प्रान्तीय सरकारले सङ्क्रमित क्षेत्र निर्धारण गर्न पाउनेछन् ।
सहयोगमा

सम्बन्धित पोस्ट
  • नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न
  • ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान
  • मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न
  • घर गुम्यो, तर स्मृति नमेटियोस्
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    वन्दना राणाको ‘शिव ताण्डव’सार्वजनिक

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    संविधान दिवस : संविधान कति कागजमा, कति नागरिकको जीवनमा?

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    प्रमुख विज्ञ सल्लाहकार डा. प्रधानद्वारा सामुदायिक स्वास्थ्य सेवा परिषद्को निरीक्षण

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    काठमाडौं–८ मा रास्वपाको पूर्ण कमिटी बैठक, संगठन सुदृढीकरणबारे छलफल

    सुभाय् पोस्ट बिशेष

    नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षमा पुस्तक विमोचन, सम्मान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

    ग्यास सिलिन्डरदेखि घर निर्माणसम्म : बाढीपीडितका लागि मानवीय सहयोग अभियान

    मच्छेगाउँमा लाखे नाच प्रदर्शन तथा सम्मान कार्यक्रम सम्पन्न

    घर गुम्यो, तर स्मृति नमेटियोस्

    शंखरापुर–६ मा ३२ फिट सडक विस्तारको बाटो खुल्यो

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑