• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

लकडाउन उलंघन गरि बाहिरबाट उपत्यका नपस्न स्थानीय जनप्रतिनिधिहरुको चेतावगरी, लकडाउन पालना गर्न स्थानीयलाई आग्रह


सुभाय् संवाददाता May 13, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

बिगेन तुलाधर / सौगात मिश्र,
काठमाडौँ – कोरोना भाइरसका कारण सरकारले निर्णय गरेको लकडाउन उल्लंघन गर्दै मानिस आवतजावत गर्ने क्रम रोकिएको छैन ।अरु स्थानभन्दा केहि कम संक्रमण देखिएको काठमाडौँ उपत्यकामा बाहिरबाट पद तथा शक्तिको दुरुपयोग गर्दै मानिस उपत्यका भित्रिने क्रम बढ्दो छ । यस क्रमलाई हेर्दा बाक्लो बस्ती रहेको काठमाडौँ उपत्यका कोरोना संक्रमणको निकै जोखिममा रहेको छ । काठमाडौँ महानगरपालीका वडा २२ मा पाँच जना मानिस लकडाउनको उल्लंघन गर्दै भित्रिएकोमा प्रशासनसँगको सहकार्यमा उनीहरुलाई फिर्ता पठाइएको वडाध्यक्ष चिनिकाजी महर्जनले जानकारी दिए । अझै पनि लकडाउन उल्लंघन गर्दै अनाधिकृतरुपमा प्रवेश गरे त्यसले दुर्घटना निम्त्याउने चेतावनी समेत दिए ।राहत वितरण र निशुल्क खानाको व्यवस्थाले पनि काठमाडौँमा मानिस भित्रिने चाप बढेको काठमाडौँ महानगर वडा २७ का वडाध्यक्षको बुझाइ छ । लकडाउनको उल्लंघन गरी अनाधिकृतरुपमा आफ्नो वडा प्रवेश गरे स्थानीयको सहयोगमा वडाबाट लखेट्ने चेतावनी पनि उनले दिए ।पहुच र शक्तिका आधारमा आफ्नो वडामा प्रवेश गर्ने कल्पनासमेत नगर्न कामपा १२ का वडाध्यक्ष विकास डंगोलले चुनौती दिए । कोहि व्यक्ति अनाधिकृतरुपमा वडा प्रवेश गरे आफूलाई जानकारी गराउन पनि उनले आग्रह गरे । त्यसरी आएका व्यक्तिलाई स्थानीय र प्रशासनको समन्वयमा फिर्ता पठाउने पनि उनले जानकारी दिए ।वडाको तर्फबाट आफूले घरवालाहरुलाई आफ्नोमा बस्ने डेरावालहरुलाई हाल नआउन जानकारी गराइदिनु भन्ने सन्देश विभिन्न तवरबाट दिइसकेको कामपा १८ का वडाध्यक्ष न्हुच्छे काजी महर्जनले बताए । कोहि आएको खण्डमा निरोगीताको प्रमाणपत्र देखाउनु पर्ने अन्यथा फिर्ता पठाइने पनि उनले जानकारी दिए ।वडाको तर्फबाट घरवालाहरुलाई सचेत गराइएको र कोही कोठावाला बिना सूचना आएमा वडामा सम्पर्क गर्न अनुरोध गरेको कमपा १९ का वडाध्यक्ष शशीलाल श्रेष्ठले बताए । टेकु अस्पतालबाट स्वास्थ जाँच नगरी वडा प्रवेश गर्न नपाइने पनि उनले जानकारी दिए ।को-कसको सम्पर्कमा छन् भन्ने कुरा थाह नहुने भएकोले बाहिरबाट उपत्यका प्रवेश गरिनु खतरा हुने कामपा २० का वडाध्यक्ष राजेन्द्र मानन्धरले बताए । आफ्ना वडामा विभिन्न जनचेतनामुलक सूचनाहरु टासेर सचेत गराइरहेको र काठमाडौँलाई पनि शिल गरिए शुरक्षित हुने पनि उनको सुझाव रहेको छ ।नेपालमा पछिल्लो समय कोरोना संक्रमणको संख्या २१९ पुगेको छ । अधिकांस कोरोना संक्रमितको अवस्था हेर्दा उनीहरुको एक ठाउंँदेखि अर्को ठाउंँँ यात्रा गर्नेहरुमा संक्रमण भएको देखिएको छ । अत्यावश्यक काम बहेक घर बाहिर ननिस्किएर र यात्रालाई पूर्णरुपमा बन्देज गरेर कोरोनाको संक्रमणबाट बच्न सकिन्छ ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑