• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

सीमामा आवत-जावत रोक्न बैतडीमा निगरानी समूह गठन


सुभाय् संवाददाता May 13, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

बैतडी/ लकडाउनको समयमा पनि भारतीय सीमा क्षेत्रबाट सर्वसाधारणको नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना भाइरस (कोभिड—१९) सङ्क्रमण फैलिने जोखिम बढ्को छ ।
छिमेकी मुलुक भारतमा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा फैलिरहेको र सीमा क्षेत्रबाट सर्वसाधारणको नेपाल भित्रिने क्रम नरोकिँदा जोखिम बढ्को स्थानीयवासी बताउँछन्।
खुल्ला सिमानाका कारण महाकाली नदीमा ट्युबमार्फत तरेर सर्वसाधारण नेपाल भित्रिने क्रम जारी रहेको र नेपाल भित्रिने कतिपयले क्वारेन्टाइनमा नबसी सीधै परिवार तथा आफन्तजनको सम्पर्कमा पुग्ने गरेको सीमाक्षेत्रका बासिन्दाको भनाइ छ।
सङ्क्रमणको जोखिम बढेपछि सीमाबाट आवतजावत रोक्न बैतडीमा निगरानी समूह गठन गर्न थालिएको छ। बैतडीस्थित महाकाली नदीमा ट्युबमार्फत तरेर अवैधरूपमा नेपाली फर्कने क्रम नरोकिएपछि यहाँका सिमावर्ती स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेका हुन्।
कोरोनाको जोखिम हुनसक्ने भएकाले सीमासँग जोडिएका सबै स्थानीय तहहरुले निगरानी समूह गठन गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्रसिंह नेगीले जानकारी दिए।
जिल्लाको दशरथचन्द नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिका भारतसँग सीमा जोडिएका छन् । यी स्थानीय तहहरुमा निगरानी समूह गठन गरिँदैछन् ।
निगरानी समूहले अवैधरूपमा महाकालीबाट स्वदेश नफर्कनका लागि माइकिङ गर्ने, सीमामा खटिएका प्रहरीलाई सहयोग गर्ने, कोही सीमाबाट तरिहालेमा उनीहरुलाई क्वारेन्टाइनमा पुर्‍याउने काममा सहयोग गर्ने जनाएको छ।
दशरथचन्द नगरपालिकाले सीमा क्षेत्रका वडामा निगरानी समूह गठनको काम भइरहेको नगरप्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए। वडाध्यक्षको अगुवाइमा निगरानी समूह गठन गर्ने काम भइरहेको उनले बताए।
यस्तै शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पनि निगरानी समूह गठन गर्न आग्रह गरिएको छ। लकडाउनको समयमा सीमानका बन्द रहेका बेला बैतडीमा अवैधरूपमा महाकाली नदीमा ट्युबमार्फत ६० जना भित्रिएका जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ।
सीमा क्षेत्रमा सुरक्षाकर्मी २४सै घण्टा परिचालन गरिएको भए पनि सुरक्षाकर्मीको आँखा छलेर चोर बाटो हुँदै नेपाल प्रवेश गरिरहेका हुन्।अवैधरूपमा नेपाल भित्रिने नागरिकले ट्युबको महङ्गो शुल्क तिरेर भित्रिरहेका हुन् । उनीहरुले भारतीय रुपैयाँ ५०० देखि दुई हजारसम्म तिर्ने गरेका बताउने गरेका छन्।

जिल्लास्थित भारतसँग सीमा जोडिएका विभिन्न छ स्थानमा चौकी स्थापना गरी यसअघि नै सशस्त्र प्रहरी परिचालन गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक अमित सिंहले जानकारी दिनुभयो। सशस्त्र प्रहरी सीमा क्षेत्रमा कडाइ गर्ने कार्य गरिररहेको छ।
यसका साथै अवैध वारपार रोक्ने तथा कडाइ गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती पनि जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। बैतडीसँग सीमा जोडिएको भारतको पिथौरागढमा लकडाउन केही खुकुलो भएपछि पिथौरागढ क्षेत्रमा रहेका नेपाली स्वदेश फर्कन लागेका हुन्। भारतले पिथौरागढ जिल्लालाई ग्रिनजोनमा राखेर लकडाउन खुकुलो पारेको जनाएको हो।
पिथौरागढलगायत भारतका विभिन्न जिल्लामा मजदुरी गर्दै आएका नेपाली अझै पनि स्वदेश भित्रिने तयारीमा रहेका छन्। यसअघि गत वैशाख १८ गतेमात्रै झुलाघाट नाका र धार्चुला नाकाबाट दुई हजार ५०० नागरिकको उद्धार गरिएको थियो। उद्धार गरिएका सबैलाई क्वारेन्टाइनमा राखिएको छ।
विश्वव्यापीरूपमा कोरोना भाइरस महामारीका रुपमा फैलँदै गएपछि गत चैत ११ गतेदेखि नेपालमा पनि लकडाउन गरिएको छ। लकडाउन अगामी जेठ ५ गतेसम्म कायम रहने जनाएको छ भने सीमानाका जेठ १८ गतेसम्म बन्द रहने सरकारले निर्णय गरिसकेको छ।

रासस

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑