• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

नेपालमा कोरोना संक्रमण तेस्रो चरणमा प्रवेश – उदयपुरको भुल्के गाउँ नैं संक्रमणको जोखिममा, सेनाले थप २५१ को स्वाब परिक्षणको नमूना काठमाडौं पठायो


सुभाय् संवाददाता April 22, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / उदयपुरमा देखिएको कोरोना भाइरस (कोभिड–१९)
को संक्रमणको आधारमा भन्ने हो भने नेपालमा कोरोना भाइरस संक्रमण तेस्रो चरणमा पुगेको छ । अर्थात् समुदायमा यो रोगको संक्रमण भएको छ । उदयपुरको त्रियुगा नगरपालिका -३ स्थित भुल्के भन्ने ठाउँमा रहेको मस्जिदमा समुहमा बसेका १२ जनामा कोरोना पोजिटिभ आएको थियो भने अहिले उनीहरूको सम्पर्कमा आएका मस्जिद वरपर बसोबास गर्ने ११ जनामा पनि कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भ इसकेको छ । यसलाई कोरोना समुदायमा सरेको अर्थात् “कम्युनिटी ट्रान्समिसन” भएको भनिन्छ । यसैलाई कोरोना संक्रमणको तेस्रो चरणको रुपमा लिइन्छ ।
उदयपुरको त्रियुगा नगरपालिका–३, भुल्केस्थित मस्जिद आसपासका थप आठ जनामा कोरोना भाइरस सङ्क्रमण भएको प्रारम्भिक नतिजा आएपछि उनीहरूलाई थप परीक्षण र उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । मस्जिदमा बसेका १३ जनामा कोरोना सङ्क्रमण पाइएपछि उनीहरूसँग नियमित सम्पर्कमा रहेका मुस्लिम समुदायका ५३ घरका बासिन्दाको स्वाब सङ्कलन गरिएको थियो । प्रदेश १ स्थित विराटनगर प्रयोगशालाका निर्देशक नेतृत्वको प्राविधिक टोली भुल्के आएर यही शनिबार स्वाबको नमुना सङ्कलन गरेको थियो ।
पहिलो चरणमा परिवारका मुख्य व्यक्ति र सङ्क्रमितसँग प्रत्यक्ष सम्पर्कमा रहेका ६९ जना स्थानीयवासीको नमुना सङ्कलन गरी विराटनगरस्थित प्रादेशिक अस्पतालको ल्याबमा पीसीआर परीक्षण गरिएकोमा एकै परिवारका चारसहित आठजना पुरुषको नतिजा पोजेटिभ पाइएपछि थप परीक्षण तथा उपचार व्यवस्था गर्न धरान लगिएको हो । जनस्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहनप्रसाद सुवेदीका अनुसार नमुना लिइएका अन्य ६१ जनाको नजिता भने आउन बाकी रहेको छ । अहिले भुल्के गाउँ नै कोरोनाको उच्च जोखिममा रहेको र लकडाउन कडाइ गरेर परिक्षणमा जोड दिनुपर्ने विशेषज्ञहरुको धारणा रहेको छ ।
यसैबीच नेपाली सेनाको चिकित्सक टोलीले सङ्क्रमितसँगको सम्पर्कमा रहेका थप २५१ जना स्थानीयवासीको कोरोना परीक्षणका लागि स्वाबको नमुना सङ्कलन गरेको छ । कोरोना भाइरस सङ्क्रमणको त्रासले स्थानीयवासी भयभीत भइरहेको अवस्थामा काठमाडौँको छाउनीस्थित नेपाली सेनाको अस्पतालबाट सेनानी डा. प्राची रायमाझीको नेतृत्वमा आएको चिकित्सकहरूको टोलीले दुई दिन लगाएर उक्त स्वाब सङ्कलन गरेको हो ।
सङ्कलित नमुना पीसीआर परीक्षणका लागि सोमबार नै काठमाडौँ पठाइएको नेपाली सेनाको १८ नं. वाहिनीका वाहिनीपति सहायक रथी कृष्णप्रसाद सापकोटाले जानकारी दिए । स्थानीय प्रशासनद्वारा कडा सुरक्षा घेराभित्र सिलबन्दी गरिएको भुल्के गाउँका बासिन्दालाई खाद्यान्न, तरकारी, औषधि र दूध नगरपालिकाले उपलब्ध गराउने गरी प्रभावकारी रूपमा राहत वितरण गरिन थालिएको त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरीले बताए ।
भुल्के गाउँमा क्षेत्र शिल्ड गरिएको छ । जोखिममा रहेकोे यो संवेदनशील क्षेत्रलाई अहिलेसम्मको परिस्थिति अनुसार सरकारले गरिरहेको कार्य सर्‍हानीय छ तर अझै पर्याप्त भने छैन । सजगता सचेतता जरुरी छ ।कोरोनाबाट वचन भनी एक गाउँबाट अर्को गाउँतिर लुकीलुकि हिंड्ने र तर थाहा नै नपाई सँगै कोरोना पनि लिएर जान सक्ने त्रास पनि रहेको छ ।
कोरोना संक्रमणको तेस्रो चरणमा प्रवेश गरिसकेको यो संवेदनशील अवस्थामा अबका दिनहरूमा सरकारले अन्यत्र संक्रमण नहुने गरि यस क्षेत्रमा संक्रमण नियन्त्रणमा लिन अत्यावश्यक रहेकोे छ ।

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑