• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

कोहि भैंसी चराउँदै कोहि धान बाली भित्र्याउने भन्दै नेपाल छिर्दै


सुभाय् संवाददाता April 12, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : २ मिनेट

१८ सय ८० किमिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी तैनाथ
काठमाडौँ — ‘हामी गहुँ काट्‍न आएका हौं, जान दिनुपर्‍यो । उता (नेपालमा) हाम्रो खेतीपाती छ ।’ भारतका विभिन्‍न स्थानबाट आएर नेपाल छिर्न खोजेकाहरु सीमामा खटिएका सुरक्षाकर्मीसँग अनुरोध गर्छन् । ‘अहिले नेपाल प्रवेश गर्न सक्नुहुन्न । अहिले लकडाउन छ, यता (नेपाल) आउन सक्नुहुन्न ।’ भनेर सीमामा खटिएका सशस्त्र प्रहरीले उनीहरुलाई उतै(भारततर्फ) फर्काइरहेका छन् ।
सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल छिर्न खोज्ने नागरिकबीच यस्तो संवाद दिनहुँजसो हुन्छ । भारतका विभिन्न स्थानबाट आइपुगेकाहरू अनेक बहाना बनाएर सीमा पार गर्न खोज्छन् । सुरक्षाकर्मीहरू भने कोभिड–१९ संक्रमणको जोखिमका कारण रोक्छन् । यसक्रममा कहिलेकाहीं चर्कै विवाद पनि हुन्छ ।
कतिपय नागरिक भने सुरक्षाकर्मीको आँखा छलेर नेपाल भित्रिन्छन्। उनीहरूलाई स्थानीय तह र सुरक्षाकर्मीले खोजेर क्वारेन्टाइनमा राख्ने गरेका छन्। कतिपय ठाउँमा नेपाल प्रवेशका लागि सिमानामा आइपुगेकाहरूलाई भारतीय सुरक्षाकर्मीसँग समन्वय नगरे उतैका क्वारेन्टाइनमा राख्ने गरिएको छ।
प्रदेश २ स्थित सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी राजु अर्यालले बाली भित्र्याउने, गाईभैंसी हेर्ने बहानामा भारतबाट नेपाल प्रवेश गर्न खोज्नेको भीड नाकामा दिनहुँजसो लाग्ने गरेको बताए। ‘कोही मानिस एक सातासम्म हिँडेरै सीमा क्षेत्रमा आइपुगेका हुन्छन्,’ उनले भने, ‘कोही गाईबस्तु धपाउँदै आउँछन्,’ उनले भने, ‘लकडाउनभर आउजाउ गर्न नपाइने भन्दै फिर्ता गरिरहेका छौं।’
कोभिड–१९ संक्रमणको जोखिम बढेपछि सरकारले नेपाल–भारत सीमा नाका जोडिएका पूर्वको पशुपतिनगरदेखि सुदूरपश्चिमको गड्डाचौकी नाकासम्म नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरेको छ।
गृहमन्त्री रामबहादुर थापाले सीमा नाकाबाट हुने आउजाउ कडाइका साथ निषेध गर्न निर्देशन दिइसकिएको बताए। सीमा क्षेत्र वारपार गर्ने गोरेटोमा समेत अस्थायी चेकपोस्ट राखेर आउजाउ नियन्त्रण गरिएको उनले जानकारी दिए। ‘सीमा नाकाबाट हुुने आउजाउ नियन्त्रणले कोभिड–१९ रोकथाम तथा नियन्त्रणमा सहयोग पुगेको छ,’ उनले कान्तिपुरसँग भने, ‘सरकारले यस विषयमा प्रभावकारी कदम चालिरहेको छ। नागरिकस्तर अझ सीमा क्षेत्रका बासिन्दाको पनि यसमा पूर्ण साथ र सहयोगको खाँचो छ।’
सशस्त्र प्रहरीका प्रवक्ता डीआईजी प्रवीणकुमार श्रेष्ठले भने खुला सिमानाका कारण आउजाउ नियन्त्रणमा कठिनाइ भएको बताए। ‘एकातिर खुला सिमाना छ, अर्कातिर पाल र टेन्टमा अस्थायी पोस्ट राखेर जनशक्ति परिचालन गर्नुपरेको छ,’ उनले भने, ‘वारिका मानिसको खेती पारि, पारिको वारि हुँदा पनि निकै कठिनाइ छ। तर हामी आउजाउ नियन्त्रणमा केन्द्रित छौं।’
सशस्त्र प्रहरीले नेपाल–भारत करिब १ हजार ८ सय ८० किमि लम्बाइको सिमानामा ९ सय २५ स्थानमा चेकप्वाइन्ट खडा गरेको छ। त्यसमध्ये ४ सय ३९ चेकप्वाइन्ट लकडाउनपछि स्थापना गरिएका हुन्। गर्मीको समयमा लामखुट्टे र सर्पको जोखिम रहेको सशस्त्र प्रहरीको बोर्डर अब्जर्भेसन पोस्ट (बीओपी) का एक इन्स्पेक्टरले बताए। ‘नियमित ड्युटी पनि ६/६ घण्टाको रोटेसनमा मिलाउनुपरेको छ,’ उनले भने, ‘धेरैजसो स्थानमा सिमाना नछुट्टिँदा व्यवस्थापनमा कठिनाइ छ।’
डीआईजी अर्यालले दशगजा वारि तार र डोरी टाँगेर आउजाउ नियन्त्रण गरिएको बताए। नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले प्रहरी र सशस्त्र प्रहरीले ‘साङ्लो’ जस्तो नै बनाएर सीमामा आउजाउ नियन्त्रण गरिरहेको बताए। ‘केही कठिनाइ छन्, गर्मीको समयमा मौसमी समस्या भए पनि जिम्मेवारी निर्वाहमा कुनै कसर बाँकी राखेका छैनौं,’ उनले भने।

भारतीय सीमातर्फ सशस्त्र प्रहरीले ९ सय २५ स्थान र नेपाल प्रहरीले ४ सय ५ स्थानमा चेकप्वाइन्ट खडा गरेर सीमा सिल गरेका छन्। दुवै सुरक्षा निकायबाट करिब १० हजार जनशक्ति फिल्डमा तैनाथ छन्।

साभार :ई कान्तिपुुरसित

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑