• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 06, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

पुरुष आँसु


सुभाय् संवाददाता April 6, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

सुधीर ख्वबि 

आँखा भिज्नु रुनु हो भने
मन भिज्नु रोएको हुन्छ कि हुन्न ?
अम्बर, बादलको सहारामा रुन्छ
बादल बिजुलीको चम्काईमा भिज्छ
मन आँखाको बाटो भएर बग्छ
आँखा गालाको ओरालो भएर सुक्छ
पातको बिछोडमा रुख पनि उदासिमा डुब्छ
पातले पनि पीडाको स्वाद नुनिलो चाख्छ
हरेक सम्बन्धको बिच्छेद आँसुले धोएकै हुन्छ कि नाइँ !
हरेक थोपामा आत्मियताले स्पर्श गरेकै हुन्छ कि नाइँ ?
खोला बेस्सरी सुसाउनु
कुवाको पानी त्यसै सल्बलाउनु
धर्ती चिराचिरामा चिच्याउनु
सागर बेकाबु ज्वारभाटामा तड्पिनु
ढुंगा चुपचाप खण्डित चूर चूर हुँदै जानू
श्वास कहिले नफर्किने गरि हथात् जानू
सपनाहरु विमानस्थलबाट निर्जिव फर्किनु
मनमुटु फलाम बनाउनु र बिस्तारै खियापर्नु
मस्तिष्क शून्य हुनु, खडेरी पर्नु
जिन्दगीका पहाडका पहाडै गर्लाम्म झर्नु
यावत यी दृष्य परिदृष्यहरु
रोदनको संकेत यो हो कि होइन ?
रुने भनेको मन हो, आत्मा हो
न आँखा, न आँसु रुन्छ यहाँ
एउटा पुरुष मन , मात्र पुरुष होइन
एउटा तरल मन जो रुनै नपर्ने
रुन नहुने भन्ने छैन र त रुन्छ पनि
तर ऊ रुँदा आँखाले नरुन सक्छ
आँसुले साथ नदिन सक्छ
तर आँखा नरोइ मन रुँदा
भुईंचालो ल्याउन सक्छ
सुनामी आउन सक्छ
मन्दिर,मस्जिद र गिरिजाघर अनि
राजसिंहासन पनि ध्वस्त हुनसक्छ ।
समयले कोल्टेफेर्न सक्छ
जो कोहि पनि सत्ताच्युत हुन सक्छ
आँसु त्यो नारीपनाको होस्
या पुरुषत्वको होस्
घाऊ घाऊ नै हुन्छ पीडा पीडा नै हुन्छ ।
आँसु आँसु नै हुन्छ न पुरुष न नारीको ।

सम्बन्धित पोस्ट
  • भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी
  • देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना
  • बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक
  • बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    आशा जीवित छ, अब जिम्मेवारीको परीक्षा हो

    बाढीग्रस्त क्षेत्रमा ऊर्जा मन्त्री श्रेष्ठको निरन्तर अनुगमन : प्रभावकारी राहत, उद्धार र पुनःस्थापनामा सरकारको सक्रियता

    वसन्तपुरबाट उठ्यो मानवीय ऐक्यबद्धताको स्वर

    ११ औँ दिनमा पनि जीवितै उद्धार, सुरुङ र भग्नावशेषबाट पलायो आशा

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    सुभाय् पोस्ट बिशेष

    भोटेकोशी बाढीः जलवायु न्यायको कसीमा नेपालको दाबी

    देविघाटको तादी नदीमा ५० टन क्षमताको एक्रो ब्रिज जडान गर्दै नेपाली सेना

    बाढीको घाउमा श्रमको मल्हम : गल्छी पुगे रास्वपा काठमाडौंका सयौं स्वयंसेवक

    बाढीग्रस्त त्रिशुली बजारमा क्षतिग्रस्त घरबाट लाखय् को ख्वाःपाः भेटियो, संस्कृतिप्रेमी युवाको अनुहारमा मुस्कान

    बाढी पीडितको सहयोगार्थ “जय लाखय्” ,हेर्ने हैन त ?

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑