• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 27, Aug, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  साहित्य

एक दिन बाँच्न


सुभाय् संवाददाता April 5, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

-समाश्री
सधैँ आफै भित्र कतै खोतल्छु
जहाँ थुप्रै पीडाहरू छन्
यी मूक रहेका पीडाहरू
जसका कुनै आवाज छैनन्
जसका कुनै कौँलासो पनि छैनन्
आकाशमा फैलिएर रहने बादलझैँ
जसका कुनै ठोस आकार छैनन्
स्थिति यस्तै यस्तै छ
स्थिरता यस्तै यस्तै छ
जुन कुनै दृश्यमा बाँधिँदैनन् पनि
ठूलो मनमा यथेष्ट पीडा रहन सक्ने हुँदा
ठूला मन हुनु पनि पीडा नै रहेछ
“शुभ बिहानी प्रिय”
एकाबिहानै खुसीले हौसिएर उसले
कतै नेपथ्यबाट भनेको थियो
र मिर्मिरेका ताराझैँ बिलाएको थियो
सयपत्रीका हरिया पातहरूका टुप्पोबाट
तप्किएका झरेका शीतबाट बनेको बिहानीले
खाली हृदयलाई शितोष्ण बनाएपछि
अनि साँझको पर्दा उठाएर झरेको एक झर वर्षाले
रहल पहल हृदयका भागलाई पनि भिजाएपछि
बिहानी शुभ रहँदै रहेनन्
न त रात्रि नै शुभ हुने सङ्केत देखाए
जब घाम बिस्तारै बिस्तारै फैलन्छ
झुल्साउन थाल्छ शरीर भरी फैलिएर
एक छाकको जोहोमा लागिपर्दा
सधैँ तर्क गर्दै दुखको कारण खोज्नु
सायद जीजिविषाको तुच्छ कठोरता हुन्छ
कठोरता त छुद्रताकै सङ्केत हुन्छ
जब हृदय कठोर बन्न चाहँदैन
अनि मस्तिष्क छुद्र बन्न सक्दैन
तब आँखाहरू त्यसै मुदित हुन पुग्छन्
मनमा एक मखमली स्पर्शको चाह हुन्छ
मनमा एक गुलाब म्वाइँको इच्छा पलाउँछ
मन कल्पिन्छ कसैको एक चुम्बन निधारमा
निधारमा जडिने एक चुम्बनले
मेरो आत्मा चुमेझैँ हुने छ
यसैले सधैँ सिकाएर जानेछ
अझ अरू एक दिन बाँच्न ।।

सम्बन्धित पोस्ट
  • रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन
  • रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल
  • रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन
  • बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    बाढी आयो, तर सूचना किन आएन ? चीनसँग प्रविधि छैन?

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    धर्मपथमा नेपालभाषा कविता कन्सर्ट

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    राजनीतिसँगै सामाजिक सेवामा पनि सक्रिय रास्वपा काठमाडौं

    रास्वपा काठमाडौंको संगठन सुदृढीकरण कार्यक्रम सम्पन्न

    वरिष्ठ खोज पत्रकार मीरा राजभण्डारी अमात्यको अमेरिकामा निधन

    सुभाय् पोस्ट बिशेष

    रास्वपा काठमाडौं जिल्ला समितिले विपद् व्यवस्थापनका लागि उपसमिति गठन

    रसुवाको विपत्तिमा रास्वपा काठमाडौं जिल्ला सभापति राजा शाक्यको अपिल

    रसुवाको भोटेकोशी बाढीपछि खोजी, उद्धार र राहत तीव्र : ९५ जनाको शव फेला, सयौँ सम्पर्कविहीन

    बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि प्रधानमन्त्री शाह विदुरतर्फ

    रसुवा विपत्तिमा शंखरापुर–६को साथ : वडाध्यक्ष श्रेष्ठको नेतृत्वमा सहयोग अभियान

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑