• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Thu, 08, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

कैलालीसहित तीन जिल्लामा ‘र्‍यापिड टेस्ट’ गर्ने सरकारको निर्णय , धुलिखेलमा पनि आइतबारबाट कोरोना परीक्षण गरिने


सुभाय् संवाददाता April 4, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौँ/  सरकारले कैलाली, कञ्‍चनपुर र बागलुङमा र्‍यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्‍यापिड टेस्ट गर्ने र कोभिड १९ पोजिटिभ देखिएको खण्डमा पीसीआरबाट रिकन्फर्म गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्‍चारमन्त्री युवराज खतिवडाले जानकारी दिए ।
र्‍यापिड टेस्ट किटको प्रयोग गर्ने बताए पनि चीनबाट ल्याइएका किटहरुको गुणस्तर यकिन छैन । एनएचआरसीले गुणस्तर जाँच गर्ने भनिए पनि उसले आफूसँग त्यो क्षमता नभएको बताइसकेको छ ।
यस्तै बैठकले एक प्रदेशबाट अर्को प्रदेशको आवागमन र जिल्ला-जिल्ला आवागमनमा नियन्त्रण गर्ने निर्णय पनि गरेको छ । यसका लागि प्रदेश र स्थानीय तहका सरकारले प्रभावकारी काम गर्न निर्देशन दिइएको छ ।
मन्त्री खतिवडाका अनुसार आजको बैठकमा लकडाउन बढाउने विषयमा निर्णय नभएको भन्दै छिट्टै मन्त्रिपरिषद् बैठक बसेर यसबारेमा निर्णय लिने बताए ।
कोरोना भाइरसको जोखिमबाट बचाउन भन्दै सरकारले यही चैत २५ गते मध्यरातिसम्म लकडाउन तोकेको छ । संक्रमित संख्या बढ्दै गएमा लकडाउन बढाउने तयारीमा सरकारको तयारी छ । शनिबारसम्म नेपालमा कोरोनाको संक्रमितको संख्या ९ पुगेको छ । जसमध्ये एक जना निको भएर घर फर्किसकेका छन् ।
यस्तै स्वास्थ्यकर्मीलाई स्वास्थ्य सुरक्षाका उपकरण छिटो उपलब्ध गराउने र पूर्णरुपले सुरक्षित बनाएर उपचारमा लगाउने निर्णय बैठकले गरेको छ । स्वास्थ्यकर्मीको सुरक्षामा आँच पुर्‍याउने कुनै पनि व्यक्तिलाई प्रचलित कानुनबमोजिम कारबाही गर्ने निर्णय पनि भएको मन्त्री खतिवडाले जानकारी दिए । स्वास्थ्यकर्मीको सुरक्षामा स्थानीय प्रशासनदेखि तीनै तहका सरकारले व्यवस्था मिलाउने भएको छ ।
धुलिखेलमा पनि आइतबारबाट कोरोना परीक्षण, ३ सय ४९ ‘निगरानीमा’
त्यसैगरी  धुलिखेल अस्पतालमा आइतबारबाट कोरोना भाइरस (कोभिड १९) संक्रमणसम्बन्धी परीक्षण हुने भएको छ ।
संघीय सरकारको निर्णयअनुसार कोभिड १९ परीक्षणको सम्पूर्ण तयारी पूरा भएको अस्पतालका फोकल पर्सन डा. सुमनराज ताम्राकारले जानकारी दिए । उनका अनुसार, पर्सलन प्रोटेक्टिभ इक्‍वीपमेन्ट (पीपीई), परीक्षण किटलगायत सामग्रीको सिमितताका कारण सातामा दुई दिनमात्रै परीक्षण हुनेछ । डा ताम्राकारले चाप हेरेर सेवा विस्तार गरिने समेत बताए ।
सेवा सुरु भएपछि काभ्रेका अलावा सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखा लगायतका जिल्लावासीलाई सहज हुनेछ । परीक्षणको व्यवस्थापनकै लागि वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले धुलिखेल नगरपालिकामार्फत अस्पताललाई २० लाख उपलब्‍ध गराएको स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले जानकारी दिए ।
३४९ जना ‘निगरानी’मा
जिल्लामा विभिन्न देशबाट स्वदेश फर्किएका ३ सय ४९ जनालाई निगरानीमा राखिएको छ । फाल्गुन १ देखि चैत्र ९ गतेसम्म नेपाल फर्किएका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखा र धुलिखेल अस्पतालमार्फत निगरानी गरिएको हो ।
जिल्ला विपद व्यवस्थापन समितिका फोकल पर्सन रहेका स्वास्थ्य कार्यलय काभ्रेका वरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाका अनुसार स्थानीय तहबाट संकलित विवरणका आधारमा दैनिक ३ पटक टेलिफोन गरेर उनीहरुको अवस्थाबारे जानकारी लिने गरिएको छ । ‘स्वास्थ्य शाखामार्फत दैनिक सम्पर्क गरेर उहाँहरुको अवस्थाबारे सोधपुछ गर्छौं,’ झाले भने, ‘धुलिखेल अस्पतालको सामुदायिक शाखाले पनि सम्पर्क गरेर ५ प्रश्न सोध्दै क्रस चेक गर्ने गरेको छ ।
कुवेत, साइप्रस, जापान, इराक, दुबई, कोरिया, भारत, मलेसियालगायतका मुलुकबाट जिल्लावासी स्वदेश फर्किएका छन् । पनौतीमा १ सय १, मण्डनदेउपुरमा ३८, पाँचखालमा ३५, बनेपामा ३४, रोशी गाउँपालिकामा २२, बेथानचोकमा २२, तेमालमा १८, नमोबुद्ध नगरपालिकामा १८, महाभारतमा १४, खानीखोलामा ११, चौरीदेउरालीमा १० र भुम्लुमा ३ जना फर्किएका छन् । उनीहरुमा केहीको स्वास्थ्य परीक्षण भए पनि कोरोना लक्षण नदेखिएकाहरु होम क्‍वारेन्टाइनमा छन् ।
साभार: कान्तिपुर अनलाइन

सम्बन्धित पोस्ट
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑