प्रदीपरत्न शाक्य )
भरखर बिहानी भो
उडाउन पखेटा हेरिरहेछु
डर छ यसैले कि
आकास सोचे जस्तो हुन्न ।
ढुकेर बसेका हुन्छन्
शत्रु अनेक
आँखा हुंँदैमा देखिनन् ती
जिन्दगीको नीति नियम यस्तै छ ।
उड्न सक्दैमा
उडिन्न जीवन बिना लडाईँ
पिर त यसैमा छ
कठोर बन्दैछु , बुझून् जिन्दगी ।
आँसुमा रगत नघोल
आँसु आँसु नै रहन देऊ !
जिन्दगी स्पष्ट देखिने छौ
हो रगत घुलिए पछि तातिन्छ आँसु
जसमा मात्र स्वार्थ देखिन्छ
म त चाहन्छु कर्तव्य बोकेकी योद्धा बनून्
मैदान त दाइत्वले सजिएको हुन्छ ।
जीवन सजिलो छैन
त्यो त एक हूल शत्रुको आकास हो
बादल फाडी बाटो बनाउनु पर्छ
हार्नलाई हैन जीवन उपहार ।
सबै दिएको छु
दिनु बाकि थियो त लडाईँ
आशिर्वाद छ
सम्हाल्दै उडनू हामी हुंँदैनौँ त्यहाँ
किन कि हाम्रा बिपना तिमीमा सरेको छ ।
घाम होउन् !
चिनून् संसारले
परिचयमा हामी तिम्रो बनून् !
चाहना बोकेको छु फुकाएर हाँस्न
जो सपना भनि
तिम्रो हुर्काईमा बाँधेका थियौँ ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५