स्नेह सायमी
बाघहरुले घेरा हालेर हेरिरहेछन्
सिकारको मौका
मृगहरु खेलिरहेछन्
दम्भको खेल आफूहरुबीच
भांँचेर एक-अर्काको सिंग
न भाग्ने तयारी
न सुरक्षित एकता
लिएर आफ्नैले आफ्नैलाई
सकाउने मज्जा
सुन्न तयार छैनन मुसाहरुको सुझाव
जसलाई थाहा छ बाघको तयारी
र मृगको कलह ।
सुभाय् मिडिया प्रा.लि.
ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८
ईमेल: [email protected]
कार्यालय फोन- ०१-२१५६४४
स्थायी लेखा नम्बर- ६१२२८०१००
सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५