• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

काठमाडौंमा घर भएका तर किनेर खान नसक्नेलाई पनि राहत दिइने !


सुभाय् संवाददाता April 3, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

काठमाडौं / काठमाडौँ महानगरपालिकाले सङ्घीय सरकारको नीति अनुरुप लकडाउन अवधिभर असङ्गठित क्षेत्रका ज्यालादारी मजदूरलाई राहत वितरणमा पहिलो प्राथमिकता राखेको छ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को सम्भावित सङ्क्रमण रोक्न महानगरपालिकाबाट चालिएका कदमहरुबारे शुक्रबार सञ्चारकर्मीलाई जानकारी दिँदै महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले यस्तो बताएका हुन्।‘डेरामा बस्नेलाई मात्र राहत बाँड्ने भन्ने होइन’, मेयर शाक्यले भने, ‘काठमाडौँमा घर भएरै पनि खाद्यवस्तु किनेर खान सामर्थ्य  नराख्ने घर परिवारलाई समेत राहत बाँड्ने हो।’

सरकारी सेवामा रहेका डेरावालले यस्तो राहत नपाउने प्रमुख शाक्यले स्पष्ट पारे। राहत वितरणलाई अघि बढाउन महानगरपालिकाले जनसङ्ख्याको आकारका आधारमा आठ लाख, छ लाख र चार लाख रुपैयाँका दरले वडालाई सहयोग रकम निकासा गरिसकेको जानकारी पनि उनले दिए।

‘महानगरपालिकाले अहिले टोल टोल र वस्ती वस्तीमा किट नाशक औषधि छर्कने अभियानलाई अघि बढाइरहेको छ’, उनले भने।

विपद्का बेला सन्त्रासको वातावरण सिर्जना नगरिदिन सञ्चारकर्मीहरुसँग आग्रह गरे। विदेशबाट फर्केका नागरिकलाई अपराधी सरह नभै सम्मानपूर्वक व्यवहार गरौं’, उनले भने, ‘ऊ स्वयं पनि एकान्तवासमा रहनुपर्छ। परिवारका सदस्यसँगै घुलमिल नगरेर बसिदिनुपर्छ।हरेक नागरिकले आफैं सुरक्षित बनेर छिमेकी, समाज, देश र सम्पूर्ण मानव जातिलाई सुरक्षित पार्छु भन्ने भावना राख्नुपर्छ।’

सङ्क्रमणको आशङ्का गरिएका व्यक्तिको पहिचान र उसको स्वास्थ्य परीक्षण गर्न सहज होस् भन्ने हेतुले महानगरपालिकाले ‘कोभिड – १९ सर्भिलेन्स सर्भिस’ एप्प सञ्चालनमा ल्याइसकेको छ। यसमा केही व्यक्तिहरुले आफ्ना विवरण भरेर पठाइसकेका छन्।

राहत बाँड्दा दोहोरिन सक्ने र पाउनु पर्ने चाहीँ छुट्न सक्ने संभावनाबारे राखिएको एक जिज्ञासामा उनले भने, ‘हामीले लक्ष्यित वर्गको प्रारम्भिक विवरण तयार पारेका छौं र त्यसकै आधारमा वितरण गर्ने काम भइरहेको छ। कसैले खानै नपाउने स्थिति नआओस् भन्नेमा हामी सचेत छौं।’

तात्कालिक रुपमा लकडाउन अवधिभरका लागि क्यालोरीको गणना गरी खाद्यवस्तु वितरण गरिएको उनको भनाइ छ। उनका अनुसार राहत पाउनु पर्ने व्यक्तिको यकिन विवरण आजै ३२ वटै वडाबाट प्राप्त हुनेछ।
कुनै ठाउँ वा वस्तीमा अत्यावश्यकीय वस्तुको अभाव देखिए ढुवानीमा सहजीकरण गरिदिने प्रवन्ध पनि महानगरपालिकाले मिलाएको उनले जानकारी दिए। सर्वसाधारण नागरिकका लागि राहत वा अन्य कुनै विषयमा जानकारी लिन वा सहयोग माग्न महानगरपालिकाले हटलाइन ११८० को व्यवस्था पनि गरेको छ। रासस

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑