• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  उपत्यका

काठमाडौं महानगरको ४३ औं कार्यपालिकाको बैठक पनि कोविड-१९ मै केन्द्रीत, राहत वितरणको मापदण्ड तयार , कोविड-१९ एप सार्वजनिक गरिने


सुभाय् संवाददाता March 30, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ४ मिनेट

काठमाडौं /काठमाडौ महानगर पालिकाको आज सोमबार आकस्मिक रूपमा ४३औं नगर कार्यपालिका वैठक बस्यो  ।
काठमाडौं महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको यस बैठकमा हाल विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस (कोविद -१९ )को संक्रमण रोकथाम र नियन्त्रणका लागि विविध विषयमा छलफल गरि आवश्यक निर्णयहरु गरियो ।
“अहिले वडाको एकद्वार नितिबाट  विपन्न बर्गलाई राहत वितरण गर्ने कुरा आएको छ र महानगरमा रहेका सबैलाई समान रुपले राहत वितरण गर्न एक राहत वितरण  मापदण्ड  तयार पारिएको छ त्यो हामीले आज छलफल गरेर पारित गर्‍यौंं “काठमाडौं महानगर पालिकाका १८ वडाका अध्यक्ष न्हुछेकाजी महर्जनले बताए ।  यसका निम्ति  दैनिक ज्यालादारी गर्ने कामदारको विवरण संकलन गर्ने , विपन्न र दैनिक ज्यालादारी काम गर्ने व्यक्तिलाई अत्यावश्यक राहत सामाग्री वितरण गर्ने मापदण्ड तथा कार्यविधि बारे बैठकमा छलफल गरि निर्णय गरेको  महर्जनले बताए ।
त्यसैगरी विदेशबाट हालै नेपाल फर्केकाहरुमा कोरोना भाइर संक्रमित भएको देखिएकोले आजको कार्यपालिकाको बैठकमा हालै विदेश भ्रमण गरि  महानगर पालिकामा बस्दै आएका  व्यक्तिहरुको विवरण संकलन गर्ने निर्णय गरेको पनि बताए ।
देश लकडाउनमा रहेको छ । यस अवस्थामा महानगरबासीलाई आवश्यक दैनिक उपभाेग्य सामाग्री तथा इन्धनको विक्रीवितरण सहजीकरण गर्ने तथा काेविड-१९ संक्रमणकाे शंकास्पद व्यक्तिलाई आइसाेलेशनमा राख्न क्वारेन्टाइनकाे व्यवस्था गर्ने तथा वडाहरुमा राहतको लागि थप निकासा पठाउनका लागि पनि छ्लफल गरि निर्णय गरिएको पनि उनले जानकारी दिए ।
घरमै बसी कोविद -१९ को निगरानी प्रणाली विकास र संचालन गर्न सकिने एप महानगरले तयार पारेको उनले बताए ।
यस एप भित्र गएपछि त्यसभित्र सोधिएका विभिन्न प्रश्नहरुको जवाफ दिनुपर्ने हुन्छ ।यसरी आएको जवाफको आधारमा प्रयोगकर्ताले आफूमा कोविद-१९ भए नभएको बारे थाहा पाउने  उनले जानकारी दिए ।


विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरस नेपालमा पनि संक्रमित भेटिसकेको र यससंक्रमणलाई न्यूनीकरण गर्न र नियन्त्रणमा लिन सरकारले लकडाउन गरेको अवस्था रहेको छ । यतिबेला   आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय सरकारलाई सक्रिय गराएको अवस्था रहेको र एकद्वार निति अनुरुप  प्रत्येक वडामा वडाको एकद्वार निति अन्तर्गत राहत अभियान अगाडि बढाइने निर्णय अनुसार आफूहरू पनि सक्रिय उनले रहेको बताए ।
लकडाउनको समयमा सबै नगरबासी घरभित्र बस्न महानगरका मेयरले अपील जारी गरिसकेको छ । आफू र आफ्ना वडा सदस्यहरु पनि लकडाउन प्रभावशाली बनाउनको निम्ति सुरक्षा निकायसँग समन्वय गरी  स्थानीय स्वयंसेवक समेत खडा गरेर सक्रिय रहेको जानकारी दिंदै वडाबासी घरमै रहिदिन तथा अत्यावश्यक सामान खाद्यान्न खरीद गर्न जाँदा पनि हुलमुल नगरी निश्चित दुरीभित्र बसेर खरीद गर्न अनुरोध गरे । साथै कुनै पनि समस्या आए सिधै आफू र आफ्ना वडा सदस्यहरिलाई जानकारी गराउन उनले अनुरोध गरे ।
वडाभित्र विभिन्न ठाउँमा कोरोना भाइरस नियन्त्रणका साथै यस मौसममा देखिन सक्ने संभावित अरु रोगका किटाणुहरु नष्ट गर्न औषधी छर्न सुरु गरिसकेको र यस कार्य पनि निरन्तर गर्ने उनले बताए ।  साथै बिदेशबाट आएर वडामा बसोबास गर्नेहरुको  विवरण तथा ज्यालादारी मजदुरी गर्ने तथा निम्न आय भएकाहरुको विवरण संकलन  सुरु गर्ने र मापदण्ड अनुसार राहत वितरण गर्ने  बताए  ।

(कोविड्-१९ लाई लिएर आकस्मिक रुपमा काठमाडौं महानगर पालिकाको ४३ औं कार्यपालिकाको बैठक बस्यो । यसबारे जानकारी गराउनु हुँदै काठमाडौं महानगर पालिका वडा नं वडा १८ का वडा अध्यक्ष न्हुछेकाजी महर्जन -भिडियो हेर्नुहोस् )

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑