• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sun, 11, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सुभाय् पोस्ट बिशेष

धावनमार्गको सट्टा घाँसमा अवतरण, नेपाल बायु सेवाको जहाज दुर्घट्नाबाट बच्यो


सुभाय् संवाददाता March 28, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १ मिनेट

नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका चिकित्सक डा. प्रवेश पन्तले काठमाडौंबाट आउने क्रममा विमानमा प्राविधिक गडबडी भएको आशंका गर्दै त्यसपछि विमान धेरै तलमाथि हल्लिंदै विमानस्थलमा पुगेर चालकले धावनमार्गको सट्टा घाँसमा अवतरण गराएको दाबी गर्नुभएको छ ।काठमाडौंबाट चिकित्सक र औषधी लिएर आएको नेपाल एअरलाइन्सको ट्विनिटर विमान नेपालगञ्ज विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्ग भन्दा बाहिर घाँसमा घिस्रिएर दुर्घटना भएको हो ।उक्त विमानमा रहनुभएका डा. पन्तले दाङ जिल्ला नजिक पुगेदेखिनै उडिरहेकै बेला विमानमा प्राविधिक समस्या भएको दाबी गर्दै सम्भवतः एउटा इन्जिन फेल भएकाले घाँसमा अवतरण गराईएका हुनसक्ने उहाँले बताउनुभयो ।घटनाबारे नेपाल नागरिक उड्डयन कार्यालय नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले दुर्घटनाको प्रकृति हेर्दाखेरी विमान डाउन थियो, जहाज रन–वेमा टच नहुँदै बाहिर गएको जस्तो देखिन्छ, जहाज जुन एप्रोचमा हुनुपर्ने हो, त्यो नभएर धेरै तल थियो, कसरी दुर्घटना भयो त्यसमा अनुसन्धान होला, भन्नुभयो ।उहाँले कोरोनाका कारण निजी विमानहरु बन्द गरिएकोले औषधी र चिकित्सक लिएर कोरोना परिक्षणको स्वाब लिनका लागि नेपाल एअरलाइन्सको विमान नेपालगञ्ज आएको बताउनुभयो ।नेपाल एअरलाइन्सको नाईन एन एकेयु ट्वीनिटर विमान शनिबार विहान ११ बजेर ३५ मिनेटमा विमानस्थलमा अवतरण गर्ने क्रममा धावनमार्गमा नछुदै दुर्घटना भइ घाँसे मैदानमा घस्रिन पुगेको थियो ।नेपालगञ्जमा रहेका आशंकित कोरोना संक्रमणका विरामीको स्वाब नमुना लिन काठमाण्डौबाट चिकित्सक र औषधी लिएर आएको सो विमान अवतरण गर्ने बेला धावनमार्ग भन्दा बाहिर उछिट्टीएर करिब ८० मिटर टाढा घिस्रिएर गै घाँसमा अड्किएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी वीरबहादुर ओलीका अनुसार विमान धावनमार्ग भन्दा बाहिर गएको भए पनि विमानमा रहेका दुईजना चिकित्सकसहित पाँचजनाको सकुशल उद्धार गरिएको छ ।विमानमा आगो नलागेकाले ठूलो दुर्घटनाबाट जोगिएको एसपी ओलीले बताउनुहुन्छ । दुर्घटना लगत्तै ठूलो संख्यामा विमानस्थलमा पुगेका सुरक्षाकर्मीहरुले जहाजमा रहेका चालक दल र चिकित्सकको उद्धार गरेको प्रहरीले जनाएको छ । सो विमानमा डा. पन्त सहित भेरी अस्पतालका चिकित्सक डा. सन्देश देवकोटा पनि रहनु भएको थियो । विमानमा कोरोना परिक्षणको स्वाब संकलन गर्ने छ कार्टुन किटहरु पनि रहेको थियो ।

GORAKHAPATRAONLINE

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑