• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

शंखरापुरको ३३२० औँ स्थापना दिवस भव्य रूपमा मनाइयो


सुभाय् संवाददाता February 26, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

साँखु / हलिं नेवाः गुथि सक्व कचाको आयोजनामा भएको ऐतिहासिक शंखरापुर नगरीको ३३२० औँ जन्म दिवस यही फाल्गुण १४ गते भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रम अनुसार बुधबार बिहान ९ बजेतिर सक्व कटेजबाट प्रभातफेरी सुरु भई साँखु बजार परिक्रमा पछि सोही स्थान पुगेर सभामा परिणत भएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले शंखरापुरको धरोहरका रुपमा रहेको बज्रयोगिनी र शालिनदी, ईन्द्रायणी, सलम्बुदेवी लगायतका धार्मिक क्षेत्रको विकास गरि धार्मिक सर्किट बनाउन सकिने विचार व्यक्त गरे ।
शंखरापुर स्थापना दिवसलाई कुनै एक जातजातिको मात्रै नभई सम्पूर्ण नगरवासीहरुको भएको भन्दै अपनत्व कायम हुनेगरि मनाउनुपर्ने उनले धारणा राखे ।
बौद्ध हिन्दू धर्मको संगम स्थलका रुपमा बज्रयोगिनीलाई लिन सकिने भन्दै संस्कृति बचाउन नगरपालिकाले दायित्व बहन गर्ने भएतापनि सबै विषय आर्थिक क्रियाकलापसँग मात्रै जोडिए संस्कृति परम्पराको जगेर्ना गर्न गाह्रो हुने बताए ।
उनले सभ्य र भव्य कार्यक्रमको लागि आयोजकलाई धन्यवाद दिँदै शंखरापुर नगरपालिकामा कार्यरत राजनैतिक पार्टीहरुलाई यस्ता कार्यक्रमहरुमा समावेश गर्नुपर्छ भने ।
उप मेयर शुक्रलक्ष्मी श्रेष्ठले सम्पदा जोगाउनको लागि नगरपालिकाले विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए ।
कार्यक्रममा उपत्यका सडक विस्तार पीडित संघर्ष समितिका अध्यक्ष सुमन सायमीले समुदायको उन्नतिकोलागि काम गर्नुपर्ने बताउँदै समुदायको अधिकारको लागि प्रतिवद्ध भएर लड्नुपर्ने बताए । उहाँले ३३२० वर्ष अगाडि नै यस्तो राम्रो स्मार्ट सिटी बनिसकेको ठाउँमा अहिले स्याटेलाईट सहर बनाउने नाममा स्थानीयलाई बेवास्ता गर्दै बन्न लागेका विकास निर्माणले स्थानीयको हक अधिकारको ग्यारेन्टी नगर्ने र उनीहरुको सम्पत्तिको अधिकार समेत हनन हुन गएको हुँदा सचेत रहन समेत आग्रह गरे । उनले अबका दिनमा स्थानीय जनप्रतिनिधिहरुको काम कारवाहीविरुद्ध समेत आवाज उठाउन आवश्यक रहेको विचार व्यक्त गरे ।
कार्यक्रममा वडा अध्यक्षहरु विष्णुप्रसाद श्रेष्ठ र राधाकृष्ण श्रेष्ठले यो हलिं नेवाः गुथिको कार्यक्रमहरुमा आफूहरुको निरन्तर साथ सहयोग रहने बताउँदै नगरपालिकाले यस कार्यक्रमलाई आवश्यक सहयोग गरेको विचार व्यक्त गरे ।
कार्यक्रममा ईतिहासविद् प्रकाशमान सक्वले शंखरापुर नगरको इतिहास’ व्याख्या गर्नुभएको थियो । उहाँले जसरी शंखरापुर नगरी ३३२० वर्ष अगाडि स्थापना भएको थियो । सोही समय अथवा सो समयभन्दा अगाडि पछाडि स्थापना भएका अन्य गाउँ सहरहरु पनि अध्ययन हुनुपर्ने विचार व्यक्त गरेका थिए ।
सहयोगी मिडिया :लावन्य सन्देश

सम्बन्धित पोस्ट
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑