• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 10, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  राष्ट्रिय

नेवा: सभ्यता र कपिलवस्तु शाक्यमुनि सभ्यता जोड्ने साइकल यात्रा गरिने


सुभाय् संवाददाता February 25, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ७ मिनेट

काठमाडौं / काठमाडौंबाट साइकल यात्रीहरुले भगवान बुद्धको जन्मभूमि लुम्बिनीसम्म साइकल र्‍याली  गर्ने भएको छ ।
बुद्धिस्ट सर्किट्स डट कमको तर्फबाट ग्रेट बुध्दिष्ट ट्रेल अध्यात्मिक पर्यटकीय साइकल र्‍याली यसपटक पनि आयोजना गरिने कुरा मंगलबार सानेपास्थित नुवाकोट घरमा एक पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ ।
ग्रेट बुद्धिस्ट ट्रेलका परिकल्पनाकार विक्रम पाण्डेले बुद्ध जन्मेको देशमा आउने पर्यटकहरूको निम्ति यसप्रकारको कार्यक्रम आकर्षक र जानकारीमूलक हुने भन्दै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि साइकल र्‍याली गर्न लागेको बताए ।
ग्रेट बुद्धिस्ट ट्रेल संसारकै नौलो किसिमको साइकल र्‍याली तथा पर्यटन प्रवर्द्धन कार्यक्रम भएको र यो कार्यक्रमले प्राचीन नेपालमण्डलको नेवा: सभ्यता र कपिलवस्तु लुम्बिनीको शाक्यमुनी सभ्यतासँग जोडिने नौलो प्रयोग भएको बताए ।
कार्यक्रम आयोजक समितिका सदस्य मनोज नेवा: खड्गीले यस कार्यक्रमले ग्रेट बुद्धिस्ट ट्रेलमा पर्ने ठाउँहरुको समेत विकास हुने दाबी गरे ।
फागुन २३ गते स्वयम्भूबाट  सुरु हुने उक्त साइकल र्‍यालीले नेपालमण्डलबाट बाहिर जाने पुरानो बाटो पछ्याउँदै चन्द्रागिरी  , चित्लाङ , देउराली भीमफेदी भैंसे हुँदै हेटौंडा भएर जानेछ ।
हेटौंडा नारायणगढ हुँदै र्‍याली लुम्बिनीमा फागुन २६ गते पुग्नेछ । २७ गते मायादेवी मन्दिर क्षेत्र ७ फन्को लगाई कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्र पुग्ने कार्यक्रम रहेकोे छ ।
र्‍यालीमा नेपालका विभिन्न साइकल प्रतियोगिताका पदक जितेका साइकलिस्टहरुको पनि सहभागिता रहने छ ।
समाजका लागि केही योगदान  गरौं भन्ने उद्देश्यसहित कार्यक्रम गरिन लागेको सदस्य मनोज नेवा:ले जानकारी दिए ।

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑