• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Wed, 07, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  नेवाःख्यः

बिर्तामोडमा नेवा: छें उद्घाटन , नेवा: पासा मुनामा दिनेश श्रेष्ठको युवा नेतृत्व


सुभाय् संवाददाता February 4, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १३ मिनेट

सुभाय् पोस्ट ,बिर्तामोड / बिर्तामोडमा नेवा: छेंको उद्घाटन तथा  यहाँको पुरानो  नेवा: संस्था नेवा: पासा मुना पुच:को ११ औं अधिवेशन सम्पन्न भयो ।
माघ २० गते सोमबार बिर्तामोड नगर पालिका वडा नं ४ मा निर्मित नेवा: छेंको एक कार्यक्रमकाबीच   प्रमुख अतिथि डा.राजेश प्रधानले  उद्घाटन गर्नुभयो । प्रमुख अतिथि प्रधानले मूलद्वारमा रिवन काटेर नेवा: छें भित्र प्रवेश गरि शिलापत्र अनावरण गरेर उक्त नव: निर्मित भवनको उद्घाटन गर्नुभएको थियो । सुदूर  पूर्वको नेवा: गौरवको रुपमा लिइएको बिर्तामोडको नेवा: छें चौवन्न लाख सतासी हजार छसय चौंसठी (५४,८७,६६४) रुपियाँको लागतमा  दुर्ई कट्ठा  क्षेत्रफलमा बनेको छ । नेवा: छें नेवा: पासा मुना पुच: बिर्तामोडको पहलमा बनेको हो ।

Posted by Newa Pasa Muna Pucha – Birtamode on Monday, February 3, 2020

बिर्तामोड नगर पालिका वडा नं ४ मा बनाइएको नेवा: छें  उद्घाटन क्रममा नेवा: छें निर्माण समितिका संयोजक निर्मल कर्माचार्य , आर्थिक संयोजक प्रमेश हलुवाइ तथा सदस्य दीपक प्रधानले आ-आफ्नो  प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
यसैबीच नेवा: पासामुना पुच:को ११ औं अधिवेशनले दिनेश श्रेष्ठको नयाँ कार्यसमिति पनि चयन गरेको छ । डा. राजेश प्रधानको प्रमुख आतिथ्यमा भएको उक्त पुच:को अधिवेशन कार्यक्रममा नेवा: देय् दबूका केन्द्रीय उपाध्यक्ष कृष्ण उदास विशिष्ट अतिथिको रुपमा आउनु भएको थियो।
पुच:का अध्यक्ष इश्वरा श्रेष्ठको सभापतित्वमा भएको अधिवेशनको औपचारिक कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्ला अध्यक्ष भरत श्रेष्ठ ,नेवा: देय् दबू झापा जिल्ला अध्यक्ष दिनेश शाक्य , बिर्तामोड नगर पालिका वडा नं ४ का वडा अध्यक्ष कुलप्रसाद संग्रौला ,नेवा: मिसा दबू झापा जिल्ला अध्यक्ष तिलरुपा श्रेष्ठ ,देय् दबू नगर समितिका अध्यक्षहरु प्रकाश श्रेष्ठ , कृष्ण श्रेष्ठ विशेष अतिथिका रुपमा सहभागी भएका थिए । त्यसैगरी अभिभावकका रुपमा नेवा: पासामुनाका संस्थापक अध्यक्ष दिनेश मल्लले विशेष अतिथिको आसन ग्रहण गर्नुभएको थियो ।
११औं अधिवेशनबाट नेतृत्वमा आउनुभएका बिर्तामोडका युवा नेवा: अभियन्ता दिनेश श्रेष्ठले आफूलाई अग्रज तथा युवा सदस्यहरुले विश्वास गरेर यस संस्थाको अध्यक्ष चयन गरेकोमा सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । अध्यक्ष पद आफ्नो निम्ति चुनौती र अवसरको रुपमा रहेको भन्दै आफ्नो कार्यकालमा नेवा: जातिको उत्थान, भाषा संस्कृतिको  संरक्षण संवर्द्धन र विकास कार्यका निम्ति सक्दो प्रयास गर्ने बताए ।
कार्यक्रममा ७५ वर्ष नाघेका बिर्तामोडका १० जना नेवा: ज्यष्ठ नागरिकको सम्मान गरिएको थियो । त्यसैगरी पुच:को बिभिन्न कार्यक्रमहरुमा संयोजक भइ योगदान गर्नुहुने मिलन शाक्य र ईन्द्र सिंह श्रेष्ठलाई प्रसंशा पत्रसहित
सम्मान गरिएको थियो ।
संस्थाले आयोजना गरेको स्वास्थ्य सिविर कार्यक्रममा प्राविधिक सहयोग उपलब्ध गराउने बिर्तामोड आँखा अस्पताल तथा अष्ट डेन्टललाई पनि सम्मान गरिएको थियो ।
संस्थापक अध्यक्ष दिनेश मल्ल, भवनकालागि जग्गादाता तथा पूर्व अध्यक्ष श्याम ताम्राकर , तथा अभियन्ता देविभक्त श्रेष्ठले अधिवेशन कार्यक्रममा  शुभकामना मन्तव्य राख्नुभएको थियो ।
अधिवेशनबाट दिनेश श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको थियो । जस अनुसार उपाध्यक्षमा राजीव श्रेष्ठ , सचिवमा कमल श्रेष्ठ , सहसचिवमा मिलन शाक्य , कोषाध्यक्षमा समीर ताम्राकार , कोषाध्यक्षमा मयजु तारा श्रेष्ठ चुनिएका छन् भने कार्यकारी सदस्यहरुमा प्रभात मानन्धर , निलकुमार श्रेष्ठ , भोजकुमार मास्के, दिपेश वैद्य ,शर्मिला शाक्य, गीतादेवी श्रेष्ठ ,निरु खड्का श्रेष्ठ चुनिएका छन् । अधिवेशनमा निर्वाचन समिति संयोजकको भुमिकामा उदय श्रेष्ठ तथा  समिति सदस्यमा लोकचन्द्र श्रेष्ठ रहनुभएको थियो ।
झापा जिल्लाको भद्रपुरपछि पुरानो नेवा: संस्थाको रूपमा परिचित नेवा: पासामुना पुच:को स्थापना आजभन्दा २६ वर्ष अगाडि नेसं १११४ मा भएको थियोहाल      चयन भएको नयाँ कार्य समितिमा युुवाह रुको वर्चस्व रहेको छ ।यस नयाँ कार्य समितिले आफ्नो जातीय पहिचानको निम्ति महत्त्वपूर्ण कार्यहरू गर्नेछ भनी आशा गर्न सकिन्छ ।


सम्बन्धित पोस्ट
  • दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार
  • नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै
  • प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन
  • शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    कोटेश्वरको ऐतिहासिक कुटी विहारको पुनःनिर्मित भवन उद्घाटन

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    अमेरिकाको कोलोराडोमा भव्य रूपमा मनाइयो पाँचौँ पटक येँया:(इन्द्रजात्रा)

    सुभाय् पोस्ट बिशेष

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    शान्ति पदयात्री भिक्षु पन्यााकर महास्थविरको नेपालमा सम्मान गरिँदै

    ‘नेपालभाषा साहित्यया इतिहास’ सार्वजनिक

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑