• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Sat, 05, Sep, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  सम्पदा/संस्कृति

अनागारिका संघवतिको आज थेरबाद परम्परा अनुसार अन्तिम संस्कार गरिने


सुभाय् संवाददाता February 2, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ३ मिनेट

काठमाडौं /धर्मकीर्ति विहारका आवासीय अनागारिका गुरुमां संघवतीको आज सोमबार थेरवाद परम्परा अनुसार अन्तिम संस्कार गरिने कुरा धर्मकीर्ती बिहारले जनाएको छ ।
उहाँको ८२ वर्षको उमेरमा २०७६ माघ १९ गते आइतवारका दिन विहान ४ बजे निधन भएको थियो । उहाँको पार्थीव शरीर १९ गते दिनभर धर्मकीर्ति विहारमैं अन्तिम दर्शनका लागि राखिएको थियोे । आज माघ २० गते सोमवारका दिन दिउँसो १२ बजे धर्मकीर्ति विहारको धम्मागार धम्महलभित्र परित्राण पाठ, पांसुकुल दान, पुण्यानुमोदन कार्यपछि १ बजे शबयात्रा गरिने छ । शवयात्रा काठमाडौंको क्षेत्रपाटी, धोबीचौर धल्को, लुुती हुँदै शोभाभगवतीस्थित कर्णदीपमा थेरवादी संस्कारअनुरुप दिउँसो २ बजे अन्तिम दाहसंस्कार गरिने कुराको जानकारी नेपाल अनागारिका संघका प्रमुख एवं धर्मकीर्ति विहारका प्रमुख अनागारिका गुरुमां धम्मवती गुरुमांले दिनुभएको छ ।
पाल्पा-तानसेनवासी पिता जगतमान वज्राचार्य तथा आमा विष्णुमाया वज्राचार्यको कोखबाट जन्मिनुभएका चन्द्रप्रभा वज्राचार्यले वि. सं. २०३९ माघ २५ गते कुशीनगरमा ऊ. चन्द्रणी महास्थविरको उपाध्यायत्व तथा भिक्षु अच्युतानन्द महास्थविरको आचार्यत्वमा अनागारिका गुरुमां संघवती नामले प्रव्रजित हुनुभएको थियो । त्रिपिटकाचार्य भिक्षु कुमार काश्यप महास्थविर, अनागारिका रत्नमञ्जरी तथा सासनधज धम्माचरिय अग्गमहा गन्थवाचक पण्डित अनागारिका गुरुमां धम्मवतीको शासनिक अनुशासन एवं छत्रछायाँमा प्रव्रजित जीवन यापन गरी अनागारिका संघवतीले धर्मकीर्ति विहारमा आवासीय रुपमा ३७ वर्षसम्म प्रव्रजित जीवन यापन गर्नुभएको ।
अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडन्यले एक शोक वक्तव्य निकाल्दै दिवंगत अनागारिका संघवतीको बुद्धशासनिक योगदान स्मरणसहित उहाँको सुगतिसहित निर्वाण कामना गरेको छ । साथै संघलाई अन्तिम संस्कार कार्यमा सहभागी हुन आह्वान गरेको छ ।
सुभाय् मिडिया परिवार दिवंंगत गुरुमांको  सुगतिसहित निर्वाणको कामना गर्दछ ।

सम्बन्धित पोस्ट
  • नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!
  • त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ
  • मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :
  • रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    जनकवि दुर्गालाल श्रेष्ठया सुगति कामना यासें साया: पिहांवल

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    राहत बिदुरमै थुप्रिएको, तुप्चेमा खाद्यान्न अभाव : सहयोगका लागि स्थानीय जनप्रतिनिधिको अपिल

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    संभावित जोखिमका र सतर्कता बारे विज्ञसँग छलफल !

    १२ भन्दा बढी देशले चाहेका छन् उद्धार अनुमति, सरकारले के गर्छ ?

    सुभाय् पोस्ट बिशेष

    नामैपिच्छेका ‘सेना’ र रङ्गैपिच्छेका ‘झाँकी’: अब पालो ‘ह्वाइट’ र ‘ब्ल्याक’ को!

    त्रिशूली बाढीपीडितलाई मुनि बिहारका भिक्षु तथा दाताबाट राहत वितरण, मृतात्माको सुगतिका लागि सूत्रपाठ

    मन रोयो बाढीग्रस्त क्षेत्र पुग्दा :

    रसुवा–भोटेकोशी बाढीपीडितको उद्धार र राहतमा काठमाडौं महानगरको सक्रियता, ४ करोड ५४ लाखभन्दा बढी सहयोग

    नागमती ड्याम : बागमती पुनर्जीवनको सपना, वातावरणीय बहस र काठमाडौंको भविष्य

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑