• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 09, Oct, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज /  मुख्य समाचार

स्वयम्भूदेखि लुम्बिनीसम्म भिक्षुहरु शान्ति पदयात्रामा हिंड्ने


सुभाय् संवाददाता February 2, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : ० मिनेट

काठमाडौं / बौद्ध भिक्षुहरुद्वारा काठमाडौँको स्वयम्भूदेखि लुम्बिनी कपिलवस्तुसम्म शान्ति पैदल यात्रा गर्नुहुने  भएको छ ।
विश्व शान्तिको कामना गर्दै राष्ट्रिय तथा अन्तरराष्ट्रिय तहका ६० बौद्ध भिक्षुहरुले आगामी फागुन १ गतेदेखि ‘शान्ति पदयात्रा’ गर्ने कार्यक्रम रहेकोे  छ।
काठमाडौँको स्वयम्भूदेखि शुरु हुने उक्त पैदल यात्रा फागुन २० गते कनकमुनि बुद्धको जन्मभूमि निग्लिहवा पुगेर समापन गरिनेछ । आनन्दकुटी विहारको संयोजनमा हुने उक्त कार्यक्रममा दैनिक करिब ३० किलोमिटर हिँड्ने लक्ष्य लिइएको छ । यात्राका क्रममा स्कूलको खुला मैदान वा खुला चौरमा बास बस्दै यात्रालाई निरन्तरता दिइनेछ ।
कार्यक्रमका संयोजक भिक्षु पन्नामूर्ति महास्थवीरले विश्वमा अहंकार र महत्वाकाङ्क्षाले गर्दा द्वन्द्व, हिंसा र अशान्ति बढिरहेका बेलामा बुद्धको आदर्शलाई अनुसरण गर्न कार्यक्रम गर्न लागिएको जानकारी दिए । विश्वकल्याणका लागि बुद्धले सिकाएको अहिंसा, मैत्री र करुणाको आदर्श फैलाउन दुःखकष्ट गरेर भए पनि पैदल यात्रा गर्न लागिएको उनले बताए ।
काठमाडौँको पश्चिममा रहेको चन्द्रगिरि डाँडा, मकवानपुरको चित्लाङ, हेटौंडा, नारायणगढ, भूमही, रामग्राम, लुम्बिनी, निग्रोधाराम हुँदै टोली निग्लिहवा पुग्नेछ । यात्राका क्रममा ठाउँठाउँमा भिक्षा मागेर भोजनको व्यवस्था गराइनेछ जुन बौद्ध भिक्षु व्यवस्थापनको अभिन्न पक्ष हो ।
यात्रामा थाइल्याण्डका भिक्षु सोमछाई महास्थवीरको नेतृत्वमा २० भिक्षु सहभागी हुने कार्यक्रम छ । यात्रा अवधिमा स्थानीयवासीलाई बुद्ध शिक्षा र शान्तिका शिक्षा , ज्ञान, ध्यान, दर्शनका बारे जानकारी गराइनेछ । शान्ति यात्रा करिब ४०० किलोमिटर हुनेहुँदा यसक्रममा सिमेन्टका बुद्ध मूर्ति निर्माण गरेर केही स्कूल, हस्पिटल र विहार (गुम्बा) लाई निःशुल्क वितरण गरिने जनाइएको छ । रासस

सम्बन्धित पोस्ट
  • “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान
  • विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ
  • ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’
  • भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    दक्षिणी ध्रुवको बरफमा भेटियो ब्रह्माण्डको रहस्य, वैज्ञानिक फ्रान्सिस हाल्सनलाई नोबेल पुरस्कार

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    प्रा. प्रेमशान्ति तुलाधरया “नेपालभाषा साहित्यया इतिहास”पिदन

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    नेपालका बाढीपीडितका लागि करुणा र राहतसहित ‘Walk for Peace’ को टोली नेपाल आउँदै

    रास्वपा काठमाडौं जिल्ला समितिको पूर्ण बैठक, संगठन विभाग प्रमुखमा बस्नेत, कोषाध्यक्षमा रैला मनोनीत

    कांग्रेस महाधिवेशनमा प्रचण्ड, रवि र लिङ्देनका फरक–फरक सन्देश

    शंखरापुर–६ बाट पाँच महिनाभित्र ५०० जनालाई सीपमूलक तालिम, तालिमपछि रोजगारी र स्वरोजगारको लक्ष्य

    सुभाय् पोस्ट बिशेष

    “वाक फर पिस”शान्ति पदयात्री भिक्षु पन्याकर महास्थविरलाई नेपालमा भव्य स्वागत तथा सम्मान

    विपद्का बेला ब्रिटिश गोर्खाको सहयोग प्रशंसनीय : मन्त्री विराजभक्त श्रेष्ठ

    ३० वर्षपछि ‘मुनासः’ले फेरि आयोजना गर्‍यो ‘ख्यालः कासा’

    भोटेकोसीले छोडेको प्रश्न : विदुर अब कहाँबाट उठ्नेछ?

    भोटेकोसी–त्रिशूली बाढीपछि विदुरको पुनर्निर्माणमा नयाँ ढाँचा आवश्यक : मेयर श्रेष्ठ

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑