• सुभाय् पोस्ट बिशेष
  • समाचार
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • बजार
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
आज:  | Fri, 26, Jun, 2026
  • सुभाय् पोस्ट बिशेष
    • Live Program
    • भिडियो
  • समाचार
    • उपत्यका
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • विचार
  • नेवाःख्यः
  • सम्पदा/संस्कृति
  • साहित्य
  • कला/मनोरंजन
  • खेलकुद
  • व्यक्तित्व
  • प्रविधि
  • मनका कुरा
  • भिडियो
होमपेज / उपत्यका

कामपा १८ वडा कार्यालय भवन उद्घाटन , सम्पदाको जिम्मा महानगरले लिने


सुभाय् संवाददाताFebruary 1, 2020 मा प्रकाशित (६ साल अघि) अनुमानित पढ्ने समय : १९ मिनेट

काठमाडौं / काठमाडौं महानगर पालिकाको नेतपा:च्वस्थित १८ वडा कार्यालयको पुनः निर्माण गरिएको भवनको उद्घाटन गरिएको छ ।
माघ १८ गते शनिबार प्रमुख अतिथि काठमाडौं( यें) महानगर पालिका मेयर विद्यासुन्दर शाक्यले एक कार्यक्रमकाबीच उक्त भवनको उद्घाटन गरेका थिए ।
काठमाडौं महानगर पालिका वसन्तपुर दरबार क्षेत्र संरक्षण कार्यक्रमको ४० लाखको लागतमा निर्माण गरिएको उक्त भवन को स्वरुप परम्परागत नेवार घरको शैली रहेको छ ।
भवन उद्घाटनको क्रममा कामपा १८ वडाका वडाअध्यक्ष न्हुछेकाजी महर्जनको सभापतित्वमा एक औपचारिक कार्यक्रम आयोजना गरिएको थियो ।
मेयर विद्यासुन्दर शाक्यको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने सांसद शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर विशेष अतिथि तथा छिमेकी वडा अध्यक्ष तथा सदस्यहरु अतिथिका रुपमा सहभागी भएका थिए भने धेरै गन्यमान्य ब्यक्तिहरु तथा वडावासीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
मन्तव्य राख्ने क्रममा मेयर शाक्यले सबैभन्दा पहिला नयाँ भवन उद्घाटन भएकोमा १८ वडा कार्यालयलाई शुभकामना व्यक्त गरे । उनले भने वडा कार्यालय र महानगर पालिका केन्द्रले समन्वय गरेर कार्य गर्दै आएको बताए ।
१८ वडाभित्रको भौतिक निर्माण कार्य यसैवर्षभित्र सकिने आशा व्यक्त गर्दै उनले भने  पानी र ढलका कारण सडक भत्काउन नपरे यसै बर्ष भौतिक निर्माण सम्पन्न हुनेमा ढुक्क हुन सकिन्छ ।
सम्पदाको संरक्षण संबर्द्धन गर्ने कार्यमा महानगर लागिपरेको र संबंधित ठाउँबाट सहयोगका निम्ति अनुरोध गरे आवस्यकता अनुसार सहयोग गर्ने पनि उनले बताए ।
उनले १८ वडामा रहेको ङत अजिमा नरदेबीको द्योछें पुनःनिर्माणको निम्ति महानगरले बजेट छुट्याइसकेको भएतापनि कार्य सुरु हुन समय लागेको बताउँदै उनले भने  किलागलको दीप्याखं(देवि नाच)को घर पुन:निर्माण गर्न पनि कार्य सुरु भइसकेको र त्यसमा पनि निर्माण कार्य गर्न महानगरले आवश्यकता अनुसार  आर्थिक सहयोग गर्ने बताए ।
वडा कार्यालय र केन्द्रले समन्वय गरी कार्य गर्दै आएको पनि उनले बताए । काठमाडौं महानगरभित्रका सम्पदा बहा:बहि ननी चोक आँखा:छें(परम्परागत वाद्य, सँगीत शिक्षालय) आदिको जिर्णोद्धार ,संरक्षण संवर्द्धन गर्नको निम्ति आवश्यक सहयोग महानगर पालिकाले गर्ने बताउँदै कतै छुटेका भए महानगर पालिकालाई जानकारी गराउन  आग्रह गरे ।

https://www.facebook.com/ratnadreams/videos/10213066505135562/
कार्यक्रममा विशेष अतिथि सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भने”हामी व्यवस्थित सहरमा बस्दै आएका आदिवासी हौं र यहाँको जीवनपद्धति ,धर्म संस्कृति गुठीसँग जोडिएको छ । गुठी बिधयेक बारे भएको आन्दोलन हामीले भुलेका छैनौं। तर अझैपनि यसलाई राम्रोसँग सम्बोधन भएको छैन।” उनलेे  आफूले सम्बन्धित निकायमा यसबारे आवाज उठाएको बताए । उनले भने “काठमाडौं उपत्यकाको गुठीको सवालमा स्थानीय सरकारलाई जिम्मा दिइयोस भन्ने मागका साथ सम्बन्धित मन्त्री र निकायसँग माग गरेको छु ।”  यसको निम्ति आफैलाई जिम्मा दिन पनि उनले आवाज राखेको बताए । उनले भने गुठीलाई व्यवस्थापकीय ढंगबाट लैजानुपर्छ ।
देशमा स्थानीय सरकार , प्रदेश सरकार र संघीय सरकार गरि तीन तहको सरकार रहेको र यसले जनताको माग अनुसार कार्य गर्दै जाने उनले दाबी समेत गरे ।
कार्यक्रममा उपस्थित सबैलाई वडा सदस्य हेमज्योती शाक्यले धन्यवाद ज्ञापन गरे ।
वडा अध्यक्ष न्हुछेकाजी महर्जनले वडामा विविध विकास निर्माण कार्यहरु भइरहेको र सम्पदा क्षेत्रको निर्माण संरक्षण संवर्द्धन गर्ने कार्य गर्दै आएको बताउँदै उनले भने
हालै निर्माण सम्पन्न भएको भवन वसन्तपुर दरबार संरक्षण कार्यक्रमले अनुमानित गरेको ४९ लाख बजेटमा ४० लाखको टेन्डरमा निर्माण भएको हो।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरुका साथै वडावासीहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो ।


सम्बन्धित पोस्ट
  • काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका
  • कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन
  • रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा
  • बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम
  • प्रतिक्रिया दिनुहोस

    • ताजा
    • समाचार
    • लोकप्रिय

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    महायोगी श्रीधर राणा रिम्पोछेद्वारा ‘महाकरुणासूत्रम्’ ग्रन्थ विमोचन, करुणाभावले मात्रै संसारमा शान्ति सम्भव

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    काठमाडौंमा आज ‘ वाक फर पिस’ टोली आइपुग्दै, यस्तो छ आजको तालिका

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    अस्ट्रेलियामा मनाइयो अन्तर्राष्ट्रिय सगरमाथा दिवस

    मानव अधिकार आयोगको सिफारिस: पूर्व प्रम कार्की, पूर्वमन्त्री गुरुङसहित दर्जनौँमाथि थप अनुसन्धान गर्न निर्देशन

    सुभाय् पोस्ट बिशेष

    कहाँ चुक्यो कपिलवस्तु ? विश्व सम्पदा सूचीमा सूचीकृत हुन सकेन

    रास्वपा काठमाडौंको नेतृत्वमा युवा नेता राजा शाक्य: ‘नेपाल भाषा’ र स्थानीय मुद्दाका खम्बा

    बाह्र वर्षपछि टक्सार फर्किएर व्यवसाय: बसाइँसराइ रोक्न उदाहरणीय कदम

    चर्या प्रवाह: एक सांस्कृतिक पहिचानको उत्सव

    चर्या नृत्यको शास्त्रीय गम्भीरता र वर्तमान व्यवसायीकरणको चुनौती

    सुभाय् मिडिया प्रा.लि.

    ताम्सिपाखा , देयको , पुष्पलाल पथ काठमाडौं -१८

    ईमेल: [email protected]

    कार्यालय फोन- ०१-२१५६४४

    स्थायी लेखा नम्बर- ६१२२८०१००

    सूचना विभाग दर्ता नम्बर: ४५८/०७४-७५

    सुभाय् मिडियाको लागि

    संचालक तथा सम्पादक महर्जन रत्न

    सम्पादक विजयकृष्ण श्रेष्ठ
    राजेन्द्र महर्जन

    सह-सम्पादक/ व्यवस्थापक रन्जु श्रेष्ठ

    समाचार प्रमुख रवि महर्जन

    फोटो सम्पादक नातिकाजी महर्जन

    © 2026: Subhay Post मा सार्बधिक सुरक्षित छ | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑